१६५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौं, असार १८- स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी छ ।पछिल्लो विवरणअनुसार हालसम्म १६५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त विवरणअनुसार हालसम्म नेकपा एमालेले ७७, नेपाली कांग्रेसले ६१, नेकपा माओवादी केन्द्रले २३ स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चा २ र संघीय समाजवादी फोरम १ स्थानीय […]

नेपालगन्ज नगरपालिकाको ३,४र ५को मतपरिणाम सार्वजनिक मतगणना जारी

बाँके,असार,१७- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३,४ र ५ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रक अयुब सिद्धिकीले ५२४ मत प्राप्त गरी विजयी हुनु भएको छ । भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार अब्दुल ताफिक अन्सारीले ४५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा नम्बर ४ मा राप्रका सफिक […]

७६ स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं, असार,१७- स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ ।अहिलेसम्म ७६ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ३४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले २७ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १३ स्थानीय तहमा विजयी भएको छ ।यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी […]

दाङका व्यापारी र श्रेष्ठ सल्यानमा मृत अवस्थामा भेटिए

दाङ,असार,१६- केही दिनदेखी बेपत्ता दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिनुभएको छ । जेठ २६ गते साझ अपहरणमा परेका  व्यापारी श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटीमा रहेको झिम्पे टावर मुनी मृत अवस्थामा फेला पर्नु भएको हो । कुहीएको अवस्थामा शब फेला परेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीले अहिले सबलाईमा बोरामा […]

राजपुर गाउँपालिका २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

दाङ,असार,१६- राजपुर गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । शर्मा ५३८ मत प्राप्त गरी विजयी भएका हुन् । त्यसैगरी महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका हुन् । रासस

कोहलपुर नगरपालिका १ मा एमालेको पुरै प्यानल विजय

कोहलपुर,असार,१६- बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेको पुरै प्यानल विजय भएको छ । नेकपा एमालेबाट वडा अध्यक्षमा गोपिलाल खनाल ५ सय ९ मत ल्याएर विजय भएको छन् । त्यस्तै महिला सदस्यमा चेतना शाही ४ सय ६३, दलित महिला सदस्यमा दिलमाया सुनार ४ सय ७५, खुल्ला सदस्यमा ४ सय ६६ र खुल्ला सदस्यमा […]

गुल्मीको रेसुङ्गा नगरपालिकाका चारवटा वडामा कांग्रेसको प्यानलै विजयी

गुल्मी, असार १६- रेसुङ्गा नगरपालिकाका चारवटा वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । रेसुङ्गाको वडा नम्बर १, २, १३, र १४ मा कांग्रेसले प्यानलसहित विजय प्राप्त गरेको छ ।

सुदूरपश्चिम सेवा समाजद्वरा कलाकार तिमिल्सीनालाई क्वालालाम्पुरमा बिदाई

दिनेश खड्का खप्तडी, मलेसिया,असार, १५- सुदूर पश्चिम सेवा समाज मलेसीयाको निमन्त्रणामा मलेसीया नेपाल बाट आउनु भएका राष्ट्रिय कलाकार टंक प्रसाद तिमिल्सीनालाई क्वालालाम्पुर स्थित उग्रतारा होटलको सभाहलमा एक कार्यक्रमका बिच सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवशेन २०१७ को विशेष सांगितिक कार्यक्रम तथा मलेसीयाका बिभिन्न शहरहरुमा सम्पन्न भएको […]

बझाङको काँडाबाट कांग्रेसको बिजयी शुरुवात

बझाङ,असार,१५- दोस्रो चरणको स्थानीय चुनावमा पहिलो परिणाम बझाङको काँडा गाउँपालिकाबाट शुरु भएको छ ।काँडा गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा ३९४ मतका साथ बिजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा बिजयी भएकी छन् । सदरमुकामबाट धेरै टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

रोल्पाको चर्चित थवाङ-५ मा माओवादी केन्द्र विजयी

रोल्पा,असार,१५- थबाङ-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।साविकको उवा गाविस रहेको यस वडामा माओवादी केन्ऽका गोबर्द्धन घर्ती पूरै प्यानलसहित अध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी कांग्रेसका रमेश रोकालाई १ सय २६ को फराकिलो अन्तरले पराजित गर्दै घर्ती विजयी भएका हुन् । उनले २८७ […]