प्रधानमन्त्री दाहालद्वारा राजीनामा

काठमाण्डाैं,जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदवाट राजीनामा दिने घोषणा गर्नु भएको छ । आज सिंहदरबारवाट देशवासीका नाममा विशेष सम्वोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नु भएको हो । आधा घण्टा लामो सम्वोधनका क्रममा दाहालले नेपालको राजनीतिमा देखिएको नैतिकताको खडेरी टार्न र इमान राख्न आफूले राजीनामा गरेको बताउनु भयो । उहाँले वर्तमान सरकारले दोस्रो चरणको चुनाव […]

जेठ ३१ को निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग

नेपालगञ्ज ,जेष्ठ ,१० – जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग गरिएको छ । सम्वाद समूह बाँके अन्तगर्त महिला समूहको बैठकले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन स्थानीय परिवेश, समुदायलाई म्ध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्नु पर्ने सुझायका छन् । द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा क्रियाशिल समूहले निर्वाचनलाई […]

अवैध मधिरा बनाउने प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट

रमित बि.क. बाजुरा ,जेष्ठ ,१०- दोस्रो चरणको स्थानिय निर्वाचन हुन अब २१ दिन मात्र बाँकी रहेको छ । स्थानिय तह निर्वाचनको क्रममा मतदान स्थलहरुको निर्वाचन पूर्व स्थलगत अनुगमनका तथा निरिक्षण गर्ने माथिल्लो क्षेत्रको कोल्टीमा पुग्नुभएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने र प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीको नेतृत्वमा आज विहाना ८ बजे हिमाली गाउँपालिका वडा […]

प्रधानमन्त्रीको राजीनामा अझै अनिश्चित, सिंहदरबारबाटै दिन सक्ने

काठमाण्डाैं, जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पछि आज विहान ११ बजेका लागि बोलाइएको संसद बैठक भोलि ४ बजेसम्मका लागि सूचना टाँसी सरेको छ । संसद सुचारु नभए पछि सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालकोे तयारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री […]

राहत चामलका लागि सडक खन्दै सुत्केरी

बाजुरा,जेठ,१०- कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन्। उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ र आराम पनि त्यति नै गर्नुपर्छ। तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ। सुत्केरीको बेला सडकमा काम […]

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं,जेठ,१०- शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक […]

जाँदाजाँदै दाहाल सरकारले गर्याे यस्ताे निर्णय

काठमाण्डाैं,जेठ, ९- सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी […]

आर्थिक वर्ष २०७४-०७५ को ‘प्रिबजेट’ माथि छलफल अाज

काठमाडौं ,जेठ,९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको संसद बैठकमा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल सुरु हुँदैछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । सरकारका तर्फबाट पेस […]

विद्यार्थी यार्सा टिप्न गए, शिक्षक म्यादी प्रहरीमा

काठमाडौ,जेठ, ९- शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्। विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन ९वैशाख, जेठ, असार महिना बन्द हुने गरेका छन्। सोही मौका छोपेर शिक्षक म्यादी प्रहरीमा भर्ना भएका हुन्। […]

उपमहानगरपालिकाको पहलमा नगरका ढल,नाला सरसफाई गरिदै

नेपालगञ्ज,जेठ,८- वर्षेनी डुवानको समस्या झेल्दै आएको नेपालगञ्जलाई डुवानरहित बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले जेसीपी पनि प्रयोगमा ल्याएको छ । डुबानबाट नगरवासीको जनधनको क्षती हुन नदिन वर्षा अगावै जेसीपीमार्फत सतही ढल, नाला र नाली सरसफाईमा तिव्रता दिइएको हो । हरेक वडामा नाली सरसफाई गर्नुपर्ने आवश्यक्ता(बाध्यता) का वीच उपमहानगरपालिकाले केही दिन यता मुख्य ढल, नाला र जाम भएका नालीहरुमा […]