काठमाडौं,जेठ, १४- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिने, स्थानीय चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र थपिएका स्थानीय तहको संख्या कार्यान्वयन नगर्न सर्वोच्चको आदेशको सम्मान गर्ने तीन प्रमुख दलबीचको सहमतिपछि प्रमुख विपक्षी एमालेले संसद्को अवरोध फिर्ता लिएको छ । सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको सहमतिपछि शनिबार बसेको संसद् […]
ब्यानर न्यूज
लुक्लामा गोमा एयरको विमान दुर्घटनाः चालकको मृत्यु,दुई घाईते
काठमाडौं,जेठ,१३- सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य पनि घाइते छन् । काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका […]
सुदुरको काखमा बसेको अछामको इतिहास
के.पि खनाल क्षेत्र, अछाम, जेठ,१३- अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकासक्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको […]
नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस मनाउदै
बाँके,जेठ १३- नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस एक कार्यक्रम गरि मनाउन लागेको छ । संघले दिउसो १ बजे कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्ताकालयमा कार्यक्रम गर्ने जनाएको छ । संघले कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जिल्ला कर्यसमिती र क्षेत्रीय कार्यसमितीका पदाधिकारीहरुलाई अनिवार्य उपस्थितको लागि अनुरोध गरेको छ ।
काँग्रेसको कार्यसम्पादन समिति बैठक जारी
काठमाडौं,जेठ, १२- नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा छलफल भइरहेको छ । सरकार गठनका समयमा माओवादी केन्द्र र काँग्रेसबीच भएको सहमति अनुरुप अबको सरकारको नेतृत्व काँग्र्रेसले गर्ने भएकाले काँग्रेस अहिले सरकार गठनको कसरतमा जुटेको हो । पार्टी कार्यालय सानेपामा जारी […]
३ देशका विद्यार्थीहरुलाई जापानमा भव्य स्वागत
जापान, जेठ ११- जापानको फुकुओका शहरस्थित कित्ता क्यू सि मा स्थापना भएको निहोन् गोगाकु गाक्को कलेजले छोटो समयमा नै गुणस्तर शिक्षा दिदै विभिन्न देशहरु नेपाल, भेतनाम, सिरिलङका बाट यस वर्ष उच्च शिक्षा हाँसिल गर्न पुगेका विद्यार्थीहरुलाई आज एक अनौपचारिक कार्यक्रम गरि भव्य स्वागत गरेको छ । ब्रिटिश म्यगेजिन ओरेकलको भनाई अनुसार २५ वटा उत्तम शहर […]
प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य : नेपाली काँग्रेस
काठमाण्डौं,जेठ,११- प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएसंगै बिभिन्न राजनैतिक दलहरुले प्रतिक्रिया दिएका छन् । नेपाली काग्रेस, नेकपा एमाले र राजपा नेपाल लगायतका दलहरुले राजीनामा बारे पार्टिको धारणा ब्यक्त गरेका हुन् । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य रहेको भन्दै निरन्तर सहकार्यका लागि आफ्नो पार्टि तयार रहेको विज्ञप्ती मार्फत जनाउनुभएको छ । […]
प्रधानमन्त्री दाहालद्वारा राजीनामा
काठमाण्डाैं,जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदवाट राजीनामा दिने घोषणा गर्नु भएको छ । आज सिंहदरबारवाट देशवासीका नाममा विशेष सम्वोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नु भएको हो । आधा घण्टा लामो सम्वोधनका क्रममा दाहालले नेपालको राजनीतिमा देखिएको नैतिकताको खडेरी टार्न र इमान राख्न आफूले राजीनामा गरेको बताउनु भयो । उहाँले वर्तमान सरकारले दोस्रो चरणको चुनाव […]
जेठ ३१ को निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग
नेपालगञ्ज ,जेष्ठ ,१० – जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग गरिएको छ । सम्वाद समूह बाँके अन्तगर्त महिला समूहको बैठकले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन स्थानीय परिवेश, समुदायलाई म्ध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्नु पर्ने सुझायका छन् । द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा क्रियाशिल समूहले निर्वाचनलाई […]
अवैध मधिरा बनाउने प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट
रमित बि.क. बाजुरा ,जेष्ठ ,१०- दोस्रो चरणको स्थानिय निर्वाचन हुन अब २१ दिन मात्र बाँकी रहेको छ । स्थानिय तह निर्वाचनको क्रममा मतदान स्थलहरुको निर्वाचन पूर्व स्थलगत अनुगमनका तथा निरिक्षण गर्ने माथिल्लो क्षेत्रको कोल्टीमा पुग्नुभएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने र प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीको नेतृत्वमा आज विहाना ८ बजे हिमाली गाउँपालिका वडा […]









