नेपालगन्ज,जेठ,७– नेकपा एमाले वडा नं.१०मा जेठ ३१ गते हुने स्थानिय निकायको निर्बाचनको निम्ति वडा कमिटिको तर्फबाट प्रस्ताव गरीएका उम्मेदवारलाइ खादा ओढाएर सम्मान गरीएको छ । नेकपा एमाले चेतनानगर टोल कमिटिका अध्यक्ष सुनिता सिग्देलद्धारा जितेर विकास निर्माणमा अग्रसर रहन सुझाव दिदै सम्मान गरीएको थियो । नेकपा एमाले वडा नं.१०का प्रस्तावित उम्मेदवारहरु अध्यक्ष दमन कुमार श्रेष्ठ,महिला सदस्य […]
ब्यानर न्यूज
४३ जिल्लाका निर्वाचन कार्यलयहरु नियमित काममा
काठमाडौं,जेठ,७- दोस्रो चरणको निर्वाचन हुन बाँकी ४३ जिल्लाका मूख्य निर्वाचन कार्यालयहरुले नियमित काम गर्ने भएका छन् । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको कार्यक्रम अन्तरगत अधिकासँ जिल्लाका आयोगले दोस्रो तहको निर्वाचन कार्याक्रमका लागि काम सुरु गर्ने छन् । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउने […]
२० वर्षदेखि संकलित वन्यजन्तुका अङ्गप्रत्यङ्ग नष्ट गरिने
चितवन, जेठ,७- झन्डै २० वर्षयता सङ्कलित वन्यजन्तुका आखेटोपहार (अङ्गप्रत्यङ्ग) सोमबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि, पत्रकार, मध्यवर्तीका प्रतिनिधिलगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको हो। विसं २०५४ यता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन […]
सरकारद्धारा वार्षिक नीति तथा कार्यक्रम पारित
काठमाण्डाैं,जेठ, ७- सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईताबार विहान बसेको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै अपरान्ह ५ बजे राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरुलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको […]
आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने सरकारको तयारी
काठमाण्डाैं,जेठ , ६- सरकारले आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानकि व्यवस्थापछि पुर्ण बजेट कै तयारी गरिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार पुण्य रेग्मीले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि ११ खर्ब ५६ अर्व रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । निर्वाचन आयोगले दोस्रो […]
मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान बाजुरामा पनि सुरु
रमित बि.क, बाजुरा,जेष्ठ ६- नेपाल सरकाले सुर्ती तथा धुम्रपान नियन्त्रणका लागि नियमन गर्ने ऐन २०६८ निर्माण गरेको छ । जिल्लामा सुतीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन २०६८ सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान आज देखि सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख […]
निःशुल्क शारिरिक अपाङ्गता शिविर शनिवारबाट सुरु
रमित बि.क, बाजुरा, जेष्ठ ६- जिल्लामा रहेका अपाङ्गताहरका लाििग निशुल्क शारिरिक अपाङ्गता शिविर आज कोल्टीमा सुरु भएको छ । अपाङ्गता भएकाहरुलाई सहज रुपमा सेवा दिनकालागि शिविर संचालन गरिएको बताइएको छ । शिविरमा हात खुट्टा कमजोर,नचल्ने बाङ्गो भएका,हातखुट्टा नभएका,हिडडेल गर्नमा कठिनाई भएका पोलियो तथा पश्क्षघात,आगोले पोलेका फरक आकार लगायतका समस्या भएकाहरुलाई उपचार गरिने भएको छ । शिविरमा […]
सुनौला हजार दिन प्रभावकारी बन्दै
रमित बि.क, बाजुरा,जेष्ठ ६- गर्भवती महिला तथा दुई वर्षमुनिका बच्चालाई केन्द्रीत संचालन गरिएको गरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको पाइएको छ । कुपोषणले ग्रसित बाजुराका गर्भवती आमा तथा बालबाबालिकालाई स्वस्थ वनाउन विभिन्न चार चरणमा गरिने उक्त कार्यक्रमले महिला तथा बालबालिकाको ब्यबहार परिवर्तन हुंदै गएको बताइएको छ । सुनौला हजारदिन सम्बन्धी हाते पुस्तिकाले […]
सामाजिक कार्यकर्तालाई निर्वाचन शिक्षा अभिमुखीकरण
रमित बि.क, बाजुरा,जेष्ठ ,६- आसन्न स्थानिय तहको जेठ ३१ गते हुने निर्वाचनका लागि जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका सामाजिक परिचालकहरुलाइ निर्वाचन मतदाता शिक्षा सम्वन्धी अभिमुखीकरण तालिम दिइएको छ । बैशाख ३१ गते भएको तिन वटै प्रदेशमा मतदाताहरुले मत हाल्न नजानेर धेरै मत बदर भएकाले मत बदर न्युनिकरण गर्नका लागि सामाजिक परिचालकहरुलाई मतदाता शिक्षा सम्वन्धी […]
स्थानीय चुनावको नेतृत्वमा धमाधम छानिँदै महिला
काठमाडौं ,जेठ, ६- पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये झन्डै एक दर्जन स्थानमा विभिन्न दलका नेत्रीले प्रमुख पदमा जित हासिल गरेका छन् । उपप्रमुख पदमा भने अधिकांश स्थानमा महिला चुनिएका छन् ।माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणुको निर्वाचन क्षेत्र भरतपुर महानगरमा अन्तिम परिणाम आइनसके पनि देशभरका विभिन्न नगरपालिका र गाउँपालिकामा […]






