एक सय दलबाट आयव्यय विवरण पेश

काठमाडौँ, माघ, ७- निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् । साउनदेखि अहिलेसम्म आव २०७३/७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी […]

कार्यक्रम म्युजिक अन च्वाईसको गेट टुगेदर सम्पन्न

राम सोनाम/ बाँके,माघ,६- रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेगाहर्जमा प्रशारण हुने लोकप्रिय कार्यक्रम म्युजिक अन च्वाईसले आज आफ्ना श्रोतासँग भेटघाट गरेको छ । यस क्षेत्रमै लोकप्रियता हासिल गर्न सफल कार्यक्रम एमओसी रिलोडेडले आज छैटौ पटक श्रोता भेटघाट गर्न लागेको कार्यक्रम सञ्चालक समिरमान श्रेष्ठले जानकारी दिनुभयो । गेट टुगेदर कार्यक्रमका लागि बाँके, बर्दियासँगै नारायणगढ, काठमाडौं, सुर्खेत […]

‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ सम्पन्न

राम सोनाम/ बर्दिया,माघ,६- बर्दियाको बढैयातालमा तिन दिन सम्म सञ्चालन भएको ‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ आज सम्पन्न भएको छ । बिभिन्न १० बुँदे बढेयाताल घोषणपत्र जारी गर्दै मेला समापन भएको हो । पूर्व उदयपुर सुनसरी देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका थारु बुद्धिजीवि र साहित्यकार सहभागी मेलामा थारु लोक कथा समालोचनात्मक दृष्टी, थारु भाषा सरकारी कामकाजको […]

गायक सापकोटाको ज्यान भट्टीमा

सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,६- नेपाली गीत संगीत उद्योगमा पछिल्लो समय फरक फरक धारका गीतहरु आउने क्रम बढेको छ । यसैक्रममा गायक रमेश सापकोटाको नयाँ गीतको भिडियो भर्खरै सार्बजनिक भएको छ । चलनचल्तीका गीतसंगीत भन्दा अलिक फरक धारका गीत गाउन रुचाउने गायक सापकोटाको “छ मेरो जिन्दगी छ मेरो ज्यान भट्टीमा” बोलको गितलाई भारतका प्रशिद्ध गजलकार शेखर […]

कालिकादेबी महिला सामुदायिक उपाभोक्त समुहको साधारण सभा सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,माघ, ६- ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित कालिकादेबी महिला सामुदायिक उपाभोक्त समुहको १८ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ ओखलढुंगाका अध्यक्ष गोपालमान थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले ५५ हजार ६ सय ६९ रुपौयाको आयव्याय बिबरण पारित गरेको थियो । अन्तराष्ट्रिय युवाबर्षा आधारभुत बिद्यालयमा भएको कार्यक्रममा आगामी बर्ष […]

ओखलढुंगाको बरुणेश्वरलाइ पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरियो

सिर्जना बर्देवा/ ओखलढुंगा, माघ, ६- ओखलढुंगाको बरुणेश्वरलाइ पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । सरसर्फाइका सात सुचांङक पुरा गरेपछि साविकको बरुणेश्वर गाविस हालको मोलुङ गाउँपालिका २ नम्बर वडालाई आज एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । ‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ बरुणेश्वरलाई पूर्ण सरसफाई वडा […]

बागलुङे कलाकार प्रतिमा विश्वकर्मा र ताराकान्त वि.क.को चन्चले तिम्रो बानी बजारमा

काठमाण्डौं,माघ,६- निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा र उनको आफ्नै दाजु गायक ताराकान्त वि.क. को लय शब्द साथै चर्चित गायक तथा मोडल प्रकास सपुत र मुना रसाईलिको दमदार अभिनयमा रहेको लोक दोहोरी गित चन्चले तिम्रो बानी सारङगी संसार युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । छोटो समयमै दर्जनौँ गितमा स्वर भरिसकेकी गायिका […]

बाँकेको खजुरा मुसवेटवा बाबा मेला तथा दोस्रो खजुरा महोत्सवमा महानायक राजेश हमाल

डम्मर थापा मगर/ बाँके, माघ,५- बाँकेको खजुरामा आयोजित मुसवेटवा बाबा मेला तथा दोस्रो खजुरा महोत्सवमा आज महानायक राजेश हमाललाई हेर्न दर्शकको सङख्या उल्लेख्य बढेको देखियो । महानायक हमालले खजुराका दर्शकमाझ आफ्ना फिल्मका डायलग पस्कनु भएको थियो । त्यसैगरी हमालसगै मञ्चमा रहेका लोकगायक नवीन पौडेलले गीत गाएर दर्शकलाई नचाउनु भयो । गायक पौडेलको गीतमा महानायक राजेश […]

प्रदेश राजधानीको माग गर्दै नेपालगन्जमा र्याली

डम्मर थापा मगर/ बाँके,माघ,५- प्रदेश राजधानीको माग गर्दै आज नेपालगन्जमा ¥याली निकालिएको छ । विभिन्न पेशाकर्मीहरुको व्यवसायीक सञ्जाल पापड नेपालगन्जको नेतृत्वमा आज दबाब र्याली निकालिएकोे हो । उच्च अदालत बारको कार्यालयबाट शुरु भएको र्यालीले नगरको परिक्रमा गरेको पापडका अध्यक्ष बलबहादुर चन्दले बताउनुभयो । ¥यालीमा राजनीतिक दल, नागरिक समाज तथा सम्पुर्ण पेशाकर्मीहरुको सहभागिता रहको थियो । […]

प्रदेश प्रमुखले आज अपराह्न राष्ट्रपतिबाट शपथग्रहण लिने

काठमाडौं,माघ,५- सरकारले नियुक्त गरेका सातवटै प्रदेशका नवनियुक्त प्रमुखले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लाग्नु भएको हो । राष्ट्रपतिको कार्यालय अनुसार अपराह्न ४ बजे उनीहरुको नियुक्ति र शपथ ग्रहण सँगसँगै गर्ने तयारी भइरहेको जनाएको छ । सरकारले बुधबार मात्रै  प्रदेश […]