डोटी,कार्त्तीक,२- डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिका २ खडेउली भन्ने स्थानमा बस दुर्घटनामा परि बडीकेदार गाउँपालिका—४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही गाउँका तीन बर्षीया बालिका रहेका छन् । तर उनको सनाखत […]
मुख्य समाचार
तिहारको मुखैमा भीमदत्तमा लुटपाट
इन्द्र कार्की / महेन्द्रनगर, ०२,कार्तिक मंगलवार राति एक अज्ञात समुहले हतियार देखाएर भीमदत्तनगर पालिका १ बाराकुन्डाको एक घरमा लुटपाट गरेको छ । मध्यरातको समयमा हतियार सहित आएका ४/५ जनाको समुहले लालमणी कुवँरको घरमा लुटपाट गरेको हो । वृद्ध कुवँरको घरमा बुहारी र नातीनतिनाहरु मात्रै भएको मौका पारी लुटपाट भएको हो । घरको एक कोठामा […]
आज धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदै
काठमाडौं, कात्तिक २- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (बिहीबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, […]
आज महाकवि देवकोटाको १०८औं जन्मजयन्ती मनाइँदै
काठमाडौं, कात्तिक २- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती (आज) स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खन्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]
आपसमा बस ठोकिदा दुईको मृत्यु
इन्द्र कार्की / महेन्द्रनगर, ०१, कार्तिक सात नं.प्रदेशका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सडक खण्ड अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घोरणीमा उग्रतारा यातायात र महाकाली यातायातको बस मंगलवार मध्याहन आपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । वसमा सवार यात्रुहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको वताइन्छ । मृत्यु हुनेमा बैतडी देहिमाण्डौ कि […]
नेपाल साँस्कृतिक संघ बाँकेले भोली देखी देउसी भैलो खेल्ने
बाँके,कार्त्तीक,१- नेपाल साँस्कृतिक संघ बाँकेले यस वर्ष पनी देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संघले यस वर्षको देउसी भैलो कार्यक्रम गत वर्षको भन्दा फरक हुने जनाएको छ । संघले भोली लक्ष्मी पूजाको दिन देखी कार्त्तीक ६ गते सम्म देउसी भैलो खेल्ने छ । गत वर्ष जस्तै यो साल पनी बाँकेको कोहलपुर, चप्डगौडी, मदनचोक, पिपलचौतारा, नेपालगंज, खजुरा […]
आज कुकुर तिहार
काठमाडौं,कार्तीक,१- आज कुकुर तिहार । सबै नेपालीको घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष […]
माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो
काठमाडौं, असोज ३१- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै राप्रपाका मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । उहाँले आज साँझ सत्तासाझेदार माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरुलाई ‘बिनाविभागीय’ बनाउनु भएको हो । माओवादी केन्द्रबाट सरकारमा सामेल सबै मन्त्री र राज्यमन्त्रीहरुको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री देउवाले हालै सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा […]
गृहमन्त्रीको वक्तव्य केटाकेटी पाराको : कांग्रेस नेता महत
काठमाडौं,असोज,३१- नेपाली कांग्रेसले सरकारले निर्वाचन सार्न लागेको आरोपको खण्डन गरेको छ। गृहमन्त्री जनार्दन शर्माको आरोपबारे संसदीय समितिको बैठकबाटै प्रतिक्रिया दिँदै कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले टिकट बाँडफाँटमा रहेको दलको नेतृत्वमा रहेको सरकारले चुनाव सार्न लागेको आरोप लगाएर गृहमन्त्रीले आफ्नो भित्री चाहनामात्र प्रकट गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो हामी निर्वाचनका लागि उम्मेदवार छान्न र […]
सरकारबाट नहट्ने माओवादीको निर्णय
काठमाडौं, असोज,३१- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले निर्वाचन सार्न षड्यन्त्र गरेको आरोप लगाउँदै सरकारबाट नहट्ने निर्णय गरेको छ । सरकारबाट हट्दा निर्वाचन नहुने जिकिर गर्दै माओवादी केन्द्रले सरकार नछाड्ने प्रस्ट गरेको हो । मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जनार्दन शर्माले आफूहरुलाई सरकारबाट हटाएर चुनाव नगर्ने षड्यन्त्र भएकाले सरकारबाट नहट्ने निर्णय लिइएको बताउनुभयो । निर्वाचन […]










