काठमाडौं,साउन,२३- आज श्रावण शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य, पृथ्वी र चन्द्रमा समान रेखामा परेर चन्द्रमामा पृथ्वीको छायाँ पर्न जाने खगोलीय प्रक्रिया नै चन्द्रग्रहण हो । आज राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ […]
मुख्य समाचार
धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड
कैलाली,साउन,२२- धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार […]
पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित
काठमाडौं,साउन,२२- राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण बजार, पसल, यातायात, शैक्षिक संस्था उद्योग कलकारखानाहरु ठप्प रहेका छन् […]
फेरि अघि बढ्यो संविधान संशोधनको मुद्दा
काठमाडौं,साउन,२२- सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई–मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ। सत्तापक्षले प्रतिपक्ष, आन्दोलनरत राजपासँग संशोधनका एजेन्डा थपघट गराउन अनौपचारिक छलफल चलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संशोधनका बुँदा लिखित रूपमा राखेर अनौपचारिक छलफल अघि बढाएका छन्। […]
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी
भरतपुर,साउन,२१- भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन ।निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी हुन । विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् […]
भरतपुर १९ मा रेणुको अग्रता,ज्ञवाली ३६७ ले पछाडी
भतरपुर,साउन,२१- भतरपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः भएको मतदानमा नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्। (आज) शनिवार बिहानसम्म गणना भएको दुई हजार मत मध्ये दाहालले १ हजार ५६ मत ल्याएकी छिन् भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ६ सय ८९ मत प्राप्त गरेका छन् । दाहालले ३ सय ६७ ले अगाडी […]
डोटीमा जीप दुर्घट्ना ९ जनाको घट्नास्थलमै मृत्यु :७ जना घाइते
डोटी,साउन २१- डोटीमा शुक्रबार राती यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ । डोटी सदरमुकाम दीपायलबाट चमरा चौतारा जादै गरेको जीप डोटीको बोगटान गाउपालिका वडा नम्बर ६ गगुडाको धार भन्ने स्थानमा दुर्घट्नाग्रस्त हुदा ९ जनाको घट्नास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार से १ ज ४९१ नम्बरको […]
” पर्दैन म संग आफ्नै झोला छ “भन्ने नाराका साथ प्लाष्टिकको झोला निषेध कार्यक्रम नेपालगंजबाट शुरु
डम्मर थापा मगर, नेपालगन्ज,साउन,२०- नेसनल भोलिन्टियर कार्यक्रम अन्तर्गत आज बि.पि. चोकमा हिमालय क्लाइमेट इनिटेटिभका मेम्बरहरुले नृत्य प्रदर्सन गरेका छन । प्लाष्टिकको झोला निषेध गर्ने उदेश्य लिएर हिमालय क्लाईमेट इनिटेटिभको आयोजनामा उक्त कार्यक्रमको आयोजना भयको थियो । ” पर्दैन म संग आफ्नै झोला छ “ भन्ने नाराका साथ हामी बन्द गर्छौ भन्ने संकल्प लियर ५० जना […]
जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन
मिलन मगर, फुकुओका,जापान,साउन,२०- जापानको क्युसु क्षेत्रमा रहेको फुकुओकामा आज नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको छ। यूवा नेपाली बिद्यार्थीहरुलाई मध्यनजर गर्दै “क्युशु मा रहेको सबै नेपाली बिद्यार्थीहरु एक हौं । “ भन्ने उद्देश्यले नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको हो । यो क्युसु क्षेत्रमा मात्र रहेका आप्रवासी नेपाली दाजुभाई दिदिबहिनी र विद्यार्थीहरुको समस्याको लागी मात्र […]
एमालेले मधेस र पहाडका जनतालाई लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको प्रधानमन्त्रीको आरोप
जनकपुर, साउन,२०- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको हठका कारण संविधान सशोधन प्रस्ताव पारित हुन ढिलाइ भएको बताउनु भएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाउनुभयो । उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने […]










