बझाङको काँडाबाट कांग्रेसको बिजयी शुरुवात

बझाङ,असार,१५- दोस्रो चरणको स्थानीय चुनावमा पहिलो परिणाम बझाङको काँडा गाउँपालिकाबाट शुरु भएको छ ।काँडा गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा ३९४ मतका साथ बिजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा बिजयी भएकी छन् । सदरमुकामबाट धेरै टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

रोल्पाको चर्चित थवाङ-५ मा माओवादी केन्द्र विजयी

रोल्पा,असार,१५- थबाङ-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।साविकको उवा गाविस रहेको यस वडामा माओवादी केन्ऽका गोबर्द्धन घर्ती पूरै प्यानलसहित अध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी कांग्रेसका रमेश रोकालाई १ सय २६ को फराकिलो अन्तरले पराजित गर्दै घर्ती विजयी भएका हुन् । उनले २८७ […]

बझाङको मस्टा गाउँपालिका बाट एमालेको बिजयी शुरुवात

काठमाडौं,असार, १५- एमालेले दोस्रो चरणको स्थानीय चुनावको बिजयी शुरुवात बझाङबाट गरेको छ ।बझाङको मस्टा गाउँपालिकामा एमाले र काँडा गाउँपालिकामा कांग्रेसले अध्यक्ष उपाध्यक्ष जितेर आ आफ्नो बिजयको खोलेका हुन् । बझाङको मस्टा गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहावदुर कठायत ७५४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा बिजयी भएकी छन् । गाउँपालिकाका […]

दाङको शान्तिनगर गाउँपालिका- १ मा माअोवादी केन्द्रको प्यानल विजयी

दाङ,असार १५- दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ। महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरूमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन्। कुल मतदाता एक हजार ७३८ रहेको यस वडामा एक हजार ३५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले […]

देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका- १ मा कांग्रेसको प्यानल विजयी

डडेल्धुरा,असार,१५- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। यस वडाको वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन्। उनले ९१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे। यस वडामा दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुला सदस्यमा हरिसिंह देउवा […]

देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईयो

रोशन घर्ती, दाङ,असार,१५- मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात असार १५ गतेका दिन आज दाङ सहित देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईएको छ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ । विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा […]

सोलुखुम्बुको लिखुपिके-२ मा माओवादी विजयी

सोलुखुम्बु,असार १५- सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका रमेशकुमार बस्नेत प्यानलसहित विजयी भएका हुन्।

दाङमा ६ स्थानीय तह मध्य चार तहमा माओवादी केन्द्रको अग्रता

रोशन घर्ती, दाङ,असार,१५- दाङमा मतगणना भैरहेका ६ स्थानीय तह मध्य चार तहमा माओवादी केन्द्रले अग्रता लिएको छ । शान्तिनगर,गढवा,राप्ती र राजपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने बंगलाचुली गाउँपालिकामा भने कांग्रेसले विजय हासिल गरेको छ । यस्तै दंगिशरण गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएका छन् । शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा २ सय ३८ र […]

स्थानीय तह निर्वाचन दोस्रो तहको मतगणना अपडेट

काठमाण्डौ,असार,१५- रोल्पाको माडी गाउँपालिका वडानम्बर १ मा माओवादी अध्यक्षका उम्मेदवार आमबहादुर घर्ती नेतृत्वको प्यानल विजयी भएको छ । यस्तै प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा एमालेका कुलबहादुर रोकाको प्यानल बिजयी भएको हो । रोकाको ४९३ मत, निकटतम प्रतिद्वन्द्वी माओवादीको ३०३ मत रहेको थियो । यसैविच नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार […]

दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी

रोशन घर्ति दाङ,असार,१५- दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा पदम बहादुर खत्री ३५४ मतका सहीत विजयी भएका हुन । त्यस्तै दलित महिला पिमा कामी र खुल्ला महिला सदस्य मादिका कुवर विजयी भएका छन । सदस्य सदस्यहरु देवा पौडेल,चन्द्र बहादुर घर्ति विजयी भएका छन ।