दाङको दंगीशरण गाउँपालिका १ मा एमालेको प्यानल नै विजयी

दाङ,असार,१५- दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् । विजयी चौधरीले ३ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक […]

एक साताभित्र मतगणना मतगणना गर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं,असार,१५- निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई एक साताभित्र मतगणना सक्ने गरी मतगणकको समूह बनाउन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणमा भएको ढिलाइबाट पाठ सिकेर सुरुमै मतगणकहरूको समूह धेरै बनाउन निर्देशन दिइएको हो । ‘मतपत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या धेरै राख्नेदेखि अन्य सुरक्षाका विधि अपनाउन निर्वाचन अधिकृतलाई भनिसकिएको छ,’ प्रवक्ता शर्माले […]

डडेलधुराको अजयमेरु-६ मा माओवादी विजयी

काठमाडौँ,असार,१५- डडेलधुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी उम्मेदवार दानबहादुर खड्काले ४ ८० मतसहित निर्वाचित हुनु भएको हो ।

बझाङका दुई मतदान केन्द्रमा भोलि निर्वाचन

बझाङ, असार,१५- नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रबार (भोलि) मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदानको कार्यक्रम तय गरेको हो । जयपृथ्वी नगरपालिका वडा […]

किशोरी बलत्कारमा संलग्न एक युवा पक्राउ

नरेश खड्का, दाङ, असार,१५- किशोरी बलत्कारमा संलग्न एक युवा तुलसीपुरबाट पक्राउ परेका छन् । तुलसीपुर–६ गु्रुमराह चोक निवासी २३ बर्षका विक्रम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । तुलसीपुर–६ गु्रुमराह चोक निवासी विक्रम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।गएको फागुन १३ गते शिबरात्रीको दिन वनगाउँ जंगलमा १८ बर्षिय किशोरीलाई बलात्कार प्रयास गर्ने क्रममा […]

माओवादीको आधारभूमि रोल्पामा खोल्यो काँग्रेसले खाता

नरेश खड्का, रोल्पा,असार,१५– रोल्पा जिल्लामा पनि कांग्रेसले खाता खोलेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत ल्याए । माओवादीका खुशलसिंह विकको १९९ मत ल्याएर तेस्रो भए । यसबाहेक काँग्रेसले […]

निर्वाचन विशेष अपडेट : तीनवटै प्रदेशमा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडौं, असार,१५- दोस्रो चरणअन्तर्गत तीनवटा प्रदेशमा भएको निर्वाचनको हालसम्म जारी मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। प्रदेश नम्बर १, ५ र ७ का ४२ स्थानमध्ये कांग्रेसले १९ स्थानमा अग्रता लिएको छ। पहिलो चरणमा पहिलो बनेको एमाले भने अहिलेको प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा छ। एमालेले १५ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ८ स्थानमा […]

बर्दिया र रोल्पामा मत गणना सुरु

काठमाण्डौ, असार,१५- बर्दिया र रोल्पा जिल्लामा मतगणना सुरु भएको छ। रोल्पाका माडी, त्रिवेणी, रुन्चीगढी गाउँपालिकामा गएरातिदेखि नै मत गणना सुरु भएको हो। त्यसैगरी, बर्दियामा पनि रातिदेखि नै मतगणना सुरु भएको छ। मधुवन, बाँसगढी, गेरुवा र ठाकुरबाबामा मत गणना सुरु भई माओवादी केन्द्रले अग्रता लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बढैयाताल, गुलरिया र राजापुर नगरपालिकामा अहिले […]

५ जिल्लामा चुनाव धाँधली भएको भन्दै एमालेद्वारा पुनःमतदानको माग

काठमाडौं, असार,१४- आज सम्पन्न दोस्रो तहको स्थानीय निर्वाचनमा सत्तारुढ पार्टीहरुद्वारा सत्ताको दुरुपयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। आज साँझ एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा त्यस्ता घटनाको भत्सर्ना गर्दै पुनः मतदान गराउन माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने […]

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न

काठमाडौं, असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर–१, ५ र ७ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।समग्रमा ७०.५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत […]