काठमाडौं, असार १८- स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी छ ।पछिल्लो विवरणअनुसार हालसम्म १६५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त विवरणअनुसार हालसम्म नेकपा एमालेले ७७, नेपाली कांग्रेसले ६१, नेकपा माओवादी केन्द्रले २३ स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चा २ र संघीय समाजवादी फोरम १ स्थानीय […]
मुख्य समाचार
चलचित्र कारखाना हेर्ने दर्शक निकै खुशि,
विवेन, काठमाण्डौ,असार,१८- नेपाली सिने क्षेत्रमा हरेक हप्ता एक न एक चलचित्र प्रदर्शन मा आइरहेका हुन्छन राम्रा आए दर्शक पाउँछन् नराम्रा आए केही दिन मै हराउछन । कुनै शुक्रवार १ त कुनै शुक्रवार २ देखि ३ वटा सम्म नेपाली चलचित्र एक आपस मा जुध्ने गरेका हुन्छन । यसैक्रम मा यसै शुक्रवार बाट प्रदर्शन मा आएका दुई […]
नेपालगन्ज नगरपालिकाको ३,४र ५को मतपरिणाम सार्वजनिक मतगणना जारी
बाँके,असार,१७- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३,४ र ५ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रक अयुब सिद्धिकीले ५२४ मत प्राप्त गरी विजयी हुनु भएको छ । भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार अब्दुल ताफिक अन्सारीले ४५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा नम्बर ४ मा राप्रका सफिक […]
७६ स्थानीय तहको नतिजा सार्वजनिक
काठमाडौं, असार,१७- स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ ।अहिलेसम्म ७६ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ३४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले २७ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १३ स्थानीय तहमा विजयी भएको छ ।यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी […]
दाङका व्यापारी र श्रेष्ठ सल्यानमा मृत अवस्थामा भेटिए
दाङ,असार,१६- केही दिनदेखी बेपत्ता दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिनुभएको छ । जेठ २६ गते साझ अपहरणमा परेका व्यापारी श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटीमा रहेको झिम्पे टावर मुनी मृत अवस्थामा फेला पर्नु भएको हो । कुहीएको अवस्थामा शब फेला परेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीले अहिले सबलाईमा बोरामा […]
राजपुर गाउँपालिका २ मा माओवादी केन्द्रको प्यानल नै विजयी
दाङ,असार,१६- राजपुर गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । शर्मा ५३८ मत प्राप्त गरी विजयी भएका हुन् । त्यसैगरी महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका हुन् । रासस
कोहलपुर नगरपालिका १ मा एमालेको पुरै प्यानल विजय
कोहलपुर,असार,१६- बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेको पुरै प्यानल विजय भएको छ । नेकपा एमालेबाट वडा अध्यक्षमा गोपिलाल खनाल ५ सय ९ मत ल्याएर विजय भएको छन् । त्यस्तै महिला सदस्यमा चेतना शाही ४ सय ६३, दलित महिला सदस्यमा दिलमाया सुनार ४ सय ७५, खुल्ला सदस्यमा ४ सय ६६ र खुल्ला सदस्यमा […]
सुनसरीको बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्र विजयी
सुनसरी, असार १६- सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।
गुल्मीको रेसुङ्गा नगरपालिकाका चारवटा वडामा कांग्रेसको प्यानलै विजयी
गुल्मी, असार १६- रेसुङ्गा नगरपालिकाका चारवटा वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । रेसुङ्गाको वडा नम्बर १, २, १३, र १४ मा कांग्रेसले प्यानलसहित विजय प्राप्त गरेको छ ।
सुदूरपश्चिम सेवा समाजद्वरा कलाकार तिमिल्सीनालाई क्वालालाम्पुरमा बिदाई
दिनेश खड्का खप्तडी, मलेसिया,असार, १५- सुदूर पश्चिम सेवा समाज मलेसीयाको निमन्त्रणामा मलेसीया नेपाल बाट आउनु भएका राष्ट्रिय कलाकार टंक प्रसाद तिमिल्सीनालाई क्वालालाम्पुर स्थित उग्रतारा होटलको सभाहलमा एक कार्यक्रमका बिच सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवशेन २०१७ को विशेष सांगितिक कार्यक्रम तथा मलेसीयाका बिभिन्न शहरहरुमा सम्पन्न भएको […]









