आर्थिक वर्ष २०७४-०७५ को ‘प्रिबजेट’ माथि छलफल अाज

काठमाडौं ,जेठ,९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको संसद बैठकमा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल सुरु हुँदैछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । सरकारका तर्फबाट पेस […]

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन,जेठ,९- चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रत्ननगरबाट भरतपुर जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले आइतबार राति विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–११ बस्ने ३० वर्षीय उपनेश विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति नै कलेज अफ […]

चुनावमा होमियो मधेस, दलहरु चुनावी तयारीमा

जनकपुर,जेठ,९ – तराई मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्।  यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए। यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर […]

प्रधानमन्त्रीको राजीनामा भोलिसम्ममा

काठमाडौं,जेठ,९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको भद्र सहमतिलाई पालना गर्दै प्रधानमन्त्री दाहालले बुधबारभित्र राजीनामा दिने स्पष्ट पारेका हुन्। ‘सत्तारूढ कांग्रेससँग जे भद्र सहमति भएको थियो, त्यहीअनुसार अब हामी १० गतेभित्र छाड्छौं,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकमा भने। […]

विद्यार्थी यार्सा टिप्न गए, शिक्षक म्यादी प्रहरीमा

काठमाडौ,जेठ, ९- शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्। विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन ९वैशाख, जेठ, असार महिना बन्द हुने गरेका छन्। सोही मौका छोपेर शिक्षक म्यादी प्रहरीमा भर्ना भएका हुन्। […]

उपमहानगरपालिकाको पहलमा नगरका ढल,नाला सरसफाई गरिदै

नेपालगञ्ज,जेठ,८- वर्षेनी डुवानको समस्या झेल्दै आएको नेपालगञ्जलाई डुवानरहित बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले जेसीपी पनि प्रयोगमा ल्याएको छ । डुबानबाट नगरवासीको जनधनको क्षती हुन नदिन वर्षा अगावै जेसीपीमार्फत सतही ढल, नाला र नाली सरसफाईमा तिव्रता दिइएको हो । हरेक वडामा नाली सरसफाई गर्नुपर्ने आवश्यक्ता(बाध्यता) का वीच उपमहानगरपालिकाले केही दिन यता मुख्य ढल, नाला र जाम भएका नालीहरुमा […]

चौधरी ग्रुपका एम.डी. निर्वाण चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार

काठमाडौं,जेठ, ८- चौधरी ग्रुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई राजीव गान्धी फाउन्डेसनले ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार २०१७’ ले सम्मानित गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको विकासका लागि विशेष योगदान पु¥याए बापत चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो । निर्वाण चौधरीको नेतृत्वमा […]

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नेता महत

काठमाडौ,जेठ, ८- नेपाली काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ । बैशाख मसान्त भित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको आलोचना पनि गर्नुभयो । काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री दाहालले राजीनामा नदिएर मुलुकलाई अनिश्चयको भूमरीमा फसाउने काम गरेको आरोप पनि लगाउनु भयो ।

जेठ १५ गते पूर्ण आकारको बजेट आउछः अर्थमन्त्री

काठमाडौं,जेठ, ८- सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेको छ । उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते पूर्ण आकारको बजेट आउने बताउनु भएको हो । उहाँले निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने स्पष्ट पार्नु भयो । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेट बारे छलफल गर्न आयोजित […]

दोस्रो निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा

काठमाडौं,जेठ, ८ आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनकालागि दलहरुले आन्तरिक तयारी थालेका छन् । त्यसकालागि संसदमा रहेका शीर्ष दलहरु आन्तरिक गृहकार्यमा व्यस्त भएको जनाइएको छ । उनीहरु दोस्रो चरणमा हुने ४ सय ६१ स्थानीय तहकालागि उम्मेदवार छनौटमा जुडेका हुन् । पहिलो चरणको मत परिणामबाट पहिलो स्थानमा रहेको एमालेले दोस्रो चरणका लागि […]