गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं,पुष,१५-आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको […]

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो

बाँके,पुष,१५-बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्।  प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरूको मृत्यु भएको हो। क्वाटरभित्र निसासिएर कालीकोट खाडाचक्रका धनप्रसाद सहित उहाँकि आमा कोकिला भट्टराई, दिदी नन्दकली  र उनका ३ महिनाका छोरा इप्सनको मृत्यु भएको हो।  धनप्रसादकी […]

एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

काठमाडौं,पुष,१२-नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ […]

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन : तीन गल्ती स्वीकार्दै आत्मसमीक्षा

काठमाडौं,पुष,१२-नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक प्रतिवेदनमा समसामयीक विषयमा पार्टीको धारणा समेटिएको छ।प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।   अध्यक्ष दाहालले पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, […]

आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

  काठमाडौं,पुस,१०-इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँका […]

जोमसोम-कोरोला सडक स्तरोन्नतीको काम अन्तिम चरणमा

म्याग्दी,पुष,९-जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ।राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो । जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ ।   उक्त खण्डको […]

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा चल्दै

काठमाण्डौं,पुष,९-नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।    केहीबेरअघिबाट बैठक सुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिनुभयो । ‘पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो,’ नेता पोख्रेलले भन्नुभयो, ‘बैठकले राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक निर्णय लिने बताउनुभयो । माओवादी केन्द्रको राष्ट्रिय […]

एभिसी सेन्ट्रल जोन भलिबल: आज नेपालको दुई खेल

एजेन्सी,पुष,९-एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । श्रीलंकाविरुद्धको खेल ३-२ को सेटमा जितेको नेपाल आज सहज जित निकाल्ने योजनामा रहेको छ।उता पहिलो खेलमा हिजो बंलादेशसँग हारेको नेपालको पुरुष […]

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

जाजरकोट,पुष,९-सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिका जाजरकोटले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो।नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी […]

संसद अवरोध खुलाउन सभामुख र सरकारलाई राप्रपा अध्यक्षको ध्यानाकर्षण

काठमाडौं,पुष,७-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउनुभएको छ । अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाउनुभयो । ‘लामो समयदेखि अवरुद्ध हुँदा संसदको उपहास भएको छ, जनताको समस्याहरूको […]