नेपालमा एकैदिन १८ जनाको मृत्यु, थप ४५ सय २४ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख,१४-नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । सोही अवधिमा १४ हजार ६ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणमा ४३ […]

कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी

कैलाली,बैशाख,१४-कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएपछि कञ्चनपुर र कैलालीमा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन्। कोरोना संक्रमण र त्यसका कारण मृत्यु बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी […]

नेपाल सुपर लिग:धनगढी एफसीसंग काठमाडौं रेजर्स ३-० ले पराजित

काठमाडौं,बैशाख,१४-फरवार्ड ओलावाले ओलाडिफो आफिज एक्लैले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित हासिल गरेको छ। काठमाडौको दशरथ रगंशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले पराजित गरेको हो।धनगढी पहिलो खेलमा विरानगर सिटी एफसीसँग ३-० ले पराजित भएको थियो । खेलको १९औं मिनेटमा गोलरक्षक तथा कप्तान विकेश कुथुबाट आत्मघाति गोल […]

नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा

काठमाडौं,बैशाख,१४-चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गर्नु भएको छ। उहाँले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र प्रदीप ज्ञवाली समेत सहभागी रहेको एक भिडियो कन्फ्रेन्समा उहाँले सो प्रतिबद्धता जनाउनु भएको थियो । नेपाल, अफगानिस्तान, […]

भारतमा कोरोना संक्रमितको मृत्यु दर बढ्दो:पार्कहरु शवदाह गृह निर्माण हुँदै

भारत,बैशाख,१४-भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ।शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह निर्माण गर्न थालिएको छ । कोरोना संक्रमणको घातक दोस्रो छालले सबैभन्दा बढी मार खेपिरहेको दिल्लीमा पार्किंङ स्थल, पार्क वा खाली मैदान, दाहसंस्कारको बढ्दो आवश्यकताका लागि खोजी भईरहेको अधिकारीहरुले जनाएका […]

बाँकेमा संक्रमण भयावह,पोजिटिभिटी दर ७५ प्रतिशत

काठमाडौं,बैशाख,१३-बाँके जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिएको छ। संक्रमितको ठूलो हिस्सा सिकिस्त हुँदा अस्पतालका बेड भरिभराउ भएका छन्।जिल्लामा हाल २ हजार ४०८ सक्रिय संक्रमित छन्। शनिबारमात्रै ४५४ जनाको परीक्षण हुँदा ३४३ जनामा संक्रमण पुष्टि भएको थियो। भेरी अस्पताल नेपालगञ्जमा रहेका २०३ संक्रमितमध्ये ६८ जना सिकिस्त रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ। यस्तै […]

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द

काठमाडौ,बैशाख,१२-बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् । कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ । बिरामीलाई […]

भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

काठमाडौं,बैशाख,१२-भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना-संक्रमित थपिएका छन्।भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको […]

गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न

काठमाडौं,बैशाख,१२-नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र […]

नेपाल सुपर लिग : आज दुई खेल हुने

काठमाडौं,बैशाख,१२-पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र धनगढीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको […]