अन्तर्राष्ट्रिय उडान बन्द, मापदण्डका आधारमा चार्टर्ड र उद्धार उडान गर्न पाइने

काठमाडौं,बैशाख,२४-मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल गय रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको […]

राष्ट्रिय सभा उपनिर्वाचन:आज उम्मेदवारको मनोनयन हुँदै

काठमाडौं,बैशाख,२४-जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेदवारी दर्ताका लागि आज बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय जानु हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले […]

सुदूरपश्चिममा एकै दिन १२ जना संक्रमितको मृत्यु

कैलाली,बैशाख,२३-कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी एकै दिन १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु […]

नेपालमा एकैदिन ९ हजार ७० जना कोरोना संक्रमित,५४ जनाको मृत्यु

काठमाडौं,बैशाख,२३-नेपालका एकैदिन ९ हजार ७० जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको […]

नेपाल सुपर लिग : काठमाडौं रेजर्स संग विराटनगर एफसी ५-४ गोलले पराजित

काठमाडौं,बैशाख,२३-नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटी एफसीलाई हराउँदै काठमाडौं रेजर्स प्लेअफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । यस्तै स्टेफेन समीर र छिरिङ गुरुङले १-१ गोल गरे । विराटनगरका […]

धनगढी एफसी एनएसएल फुटबलको शीर्ष स्थानमा

काठमाडौं,बैशाख,२२-धनगढी एफसी राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौं चरणको पहिलो खेलमा पोखरा थण्डर्सलाई १/० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा पुगेको हो । खेलको ६८ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै धनगढीलाई जिताए ।जितसँगै धनगढी ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा पुगेको […]

आपतकाल लम्ब्याउने बारे सोच्दै जापान, टोकियो ओलम्पिक्स हुने नहुनेमा शंका

टोकियो जापान,बैशाख,२२-जापान सरकारले टोकियो सहित केही मुख्य शहरी क्षेत्रमा लगाएको आपतकाल लम्ब्याउने बारे विचार गरिरहेको छ । यसबारे विविध स्रोतहरुलाई उद्धृत गर्दै स्थानीय र अन्तरराष्ट्रिय पत्रपत्रिकाहरुले बुधवार समाचार छापेका छन्।यसो भएमा जुलाईको अन्त्यतिर गर्ने भनिएको टोकियो ओलम्पिक्स यस पटक पनि नहुने हो कि भन्ने शंका बढ्नेछ । अधिकारी टोकियो, ओसाका, क्योटो र ह्योगोमा लगाएको आपतकाल […]

प्रधानमन्त्री ओलीलाई देउवाको जवाफ : हामी सहयोग गर्न सक्दैनौं

काठमाडौं,बैशाख,२२-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ।आज प्रधानमन्त्री ओली पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुग्नु भएको थियो । उहाँले देउवासँग बैशाख २७ गते संसदमा हुन लागेको मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।त्यसको जवाफमा देउवाले अहिले कांग्रेसले सहयोग गर्न सक्ने अवस्था नरहेको बताउनु भएको […]

लुम्बिनी प्रदेशका सांसद डाँगीद्धारा राजीनामा

काठमाण्डौं,बैशाख,२२-लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ । डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताउनुभएको छ । यसअघि एमालेकै कपिलवस्तुबाट निर्वाचित दुर्गनारायण पाण्डेले पनि राजीनामा दिनुभएको […]

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं,वैशाख,२२-प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न जानुभएको हो । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल […]