काठमाडौं,फागुन,१७-चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपमा फैलिँदै गएको छ ।कोरोनाका कारण विश्वव्यापी रुपमा सेयर बजार र अर्थतन्त्रमा नराम्रो असर परेको छ । अमेरिकी विदेश विभागले इटालीसँग सतर्कता बढाएको जनाएको छ ।पछिल्लो समय इटालीमा पनि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने करिव सात सयजना कोरोनाबाट संक्रमित भएका […]
समाचार
विमल घर्ती मगरको ह्याट्रिकमा मछिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा
काठमाण्डौं,फाल्गुन,१३-मछिन्द्र फूटबल क्लबले भारतीय क्लब सन्डे एफसि कोलकत्तालाइ ६-१ गोल अन्तरले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा मंगलवार भएको यस प्रतियोगितामा मछिन्द्र क्लव सेमिफाइनलमा प्रबेस गर्ने चौथो टोलि बनेको छ। पहिलो हाफमा दुई गोल गरेको मछिन्द्रले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको २० औंमिनेटमा बिमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता […]
विमल घर्ति मगरको निर्णायक गोलमा मछिन्द्रलाई सताक्षी गोल्डकपको उपाधि
काठमाण्डौं,फाल्गुन,११-सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ। झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो । मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका […]
आज महाशिवरात्रि पर्व देशभर मनाईदै
काठमाडौं,फागुन,९-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने […]
के हो मुद्रण काण्ड (सेक्युरिटी प्रेस)? मन्त्री गोकुल बाँस्कोटा कसरी फसे विस्तृतमा
काठमाडौं,फागुन,८-नेपालमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) छैन। नोट, अन्तःशुल्क स्टिकर, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, रिचार्ज कार्ड, बैंकको चेकलगायतका सामग्री छाप्ने मेसिनलाई सुरक्षण मुद्रण छापाखाना भनिन्छ। यस्तो छापाखाना भएको कम्पनी हालसम्म उद्योग विभागमा दर्ता भएको छैन। नेपालमा केही स्तरीय छापाखानाले रिचार्ज कार्ड र बैंकको चेक भने छाप्छन्। तर, अझै पनि नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड २० […]
सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौं,फागुन,८-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्मका सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ । समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे छलफल […]
विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन
काठमाडौं,फागुन,८-प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो । लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारवाही गर्न पत्राचार गरेको हो । ‘एउटा अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत […]
सुशासनका लागि लडिरहेको छु, नजिक टाढाका भनेर छाड्दिनँ: प्रधानमन्त्री
काठमाण्डौं,फागुन,८-प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताउनुभएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएको बताउनुभयो । ‘सुशासन र सिस्टमका लागि […]
नैतिकताको आधारमा राजीनामा दिएँ – गोकुल बाँस्कोटा
काठमाडौं, फागुन,८-सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । बिहीबार ट्वीटरमार्फत् उनले आफ्नो राजीनामाबारे जानकारी गराएका हुन् । ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’–उनले ट्वीटमा लेखेका छन् । मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट […]
सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिमा छलफल
काठमाडौं, फागुन,८-संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदबारेको छलफल भइरहेको छ। बैठकमा समितिले आज यससम्बन्धी आठवटा बुँदामा छलफल गरिरहेको छ। बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थन नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। त्यस्तै, विभिन्न […]

