आहा!रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

पोखरा,चैत,१-मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।उपाधिसँगै […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं,चैत,१-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताए । यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास […]

क्षेत्रपाटि परिवार कल्याण केन्द्रमा निःशुल्क पुरुष बन्ध्याकरण सेवा पुनः सुरु

काठमाण्डौं,चैत,१-नेपालमा परिवार नियोजनको विकास र प्रवधर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो । संस्था क्षेत्रपाटि स्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो । बिहिबार सेवा लिन […]

नेपालको विश्व कप छनोट खेल सारियो

काठमाण्डौं,फागुन,२६-विश्व कप छनोट खेल फिफा र एएफसी ले कोरोना भाइरसका कारण जुन १-९ २०२० मा हुने खेल सारेको जनाएको छ।यहि मार्च २६ र ३१ तारिक दिन हुने खेल सारिएको हो । अब नेपालले चाईनिच ताईपे र अष्ट्रेलिया सॅंगको खेल जुन १ र ९ मा खेल्ने भएको छ ।फिफा र एएफसी दुबैले फुटबल खेलहरूमा संलग्न सबै […]

आहा रारा गोल्डकप-संकटालाई हराउँदै आर्मी अन्तिम चारमा

पोखरा,फागुन,२६-साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक […]

कतारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं,फागुन,२७-वैदेशिक रोजगार विभागले मंगलबार (आज)बाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ । ‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो । विभागले कतारबाट विदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको छ । श्रम स्वीकृति स्थगन […]

आज होली पर्व पहाडी भेगमा उल्लासका साथ मनाइँदै

काठमाडौं,फागुन,२६-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि […]

म्यानचेस्टर सिटीलाई लगातार तेस्रो पटक काराबाओ कपको उपाधि

काठमाडौं,फागुन,१९-इंङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा एस्टन भिल्लालाई २–१ ले हराउँदै सिटीले लगातार तेस्रो पटक काराबाओ कप जितेको हो । समग्रमा भने सिटीको यो सातौं लिग कपको उपाधि हो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जियो अगुएरो र रोड्री हर्नान्डेजले एक एक गोल […]

कोरोना भाइरस रोक्न सरकारले उच्च सतर्कता अपनाउने विमानस्थलमा प्रत्येक यात्रुको चेकजाँच गरिने

काठमाडौं,फागुन,१८- सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ । बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय […]

अमेरिकाले एमसीसी परिमार्जन नगरे अनुमोदन हुँदैन- प्रचण्ड

काठमाण्डौं,फागुन,१७-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही बुँदाहरु परिमार्जनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने बताउनुभयो । प्रेस संगठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डल परिमार्जन नभए एमसीसी पारित नहुने बताउनु भएको हो। उहाँले अमेरिकालाई एमसीसी परिमार्जन गर्न आग्रह गर्ने नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने बताउनुभयो […]