काठमाण्डौं,चैत्र,८-विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका युवाहरुले चयन गरेका व्यवहार कसैका लागि पनि जीवन र मरणको कारक हुने बताएका हुन् । युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं […]
समाचार
कोरोना संकटको अवस्थामा वस्तुको कृतिम अभाव, कालाबजारी नियन्त्रणमा ध्यानदिन आग्रह (विज्ञप्तीसहित)
काठमाडौं,चैत्र,७-कोरोना भाइरसको सक्रमणको प्रमावले नागरिकमा परेको त्राशपूर्ण अवस्थामा उपभोग्य वस्तुको बिक्रि वितरण तथा गुणस्तरमा कृतिम समस्या खडागरी कालाबजारी हुनसक्नेतर्फ सरकारलाई सचेत गराउँदै पेसागत महासङ्घ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । हिजो एक विज्ञप्ती जारी गर्दै पेसागत महासङ्घ नेपालका महासचिव विष्णु लामिछानेले महासंघको धारणा बाहिर ल्याएका हुन । मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला कालोवजारी गर्ने, […]
कोरोना संक्रमण-जापान सहित ६ देशबाट हवाईजहाज नेपाल आउन रोक
काठमाण्डौं,चैत्र,७-कोरोना संक्रमण,रोकथाम तथा नियन्त्रण गर्न आजबाट नेपाल सरकारले इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानबाट हवाईजहाज नेपाल आउन रोक लगाएको छ।मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्। कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने निर्णय गरेको हो। […]
नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बन्द
काठमाडौं,चैत्र,६-नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् । सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् । विश्वव्यापी स्वास्थ्य महामारी कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले हिजो केही कडा […]
एसइई परीक्षा स्थगित
काठमाडौं,चैत,५-सरकारले अन्तिम घडीमा आएर एसइई परीक्षा रोक्ने निर्णय गरेको छ । बिहीबार (भोलि) बिहानदेखि सुरु हुने सबै तयारी भइसकेको अवस्थामा बुधबार साँझ परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुलाई कोरोनाको जोखिमबाट जोगाउने उद्देश्यले […]
२५ जना भन्दा बढी भेला हुन नपाइने,५५ देशबाट नेपाल आउन रोक
काठमाडौं,चैत,५-कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले पार्टी प्यालेस, साँस्कृतिक, मठमन्दिरका धार्मिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाउँदै २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँ बस्न नपाउने निर्णय गरेको हो । यस्तै, फिल्म हल, […]
कोरोना भाईरस लागेका ७९ हजार ८ सय ८४ जना निको भएर घर फर्किए
काठमाण्डाै,चैत्र,४-चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ । कोरोनाका कारण अहिलेसम्म […]
कोरोना भाइरसविरुद्ध खोपको पहिलो पटक मानवमा परीक्षण गरिँदै
काठमाडौं,चैत्र,३-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । संक्रमित नभएका ती स्वयंसेवीहरूले खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अमेरिकी सरकारले उपलब्ध […]
आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो
काठमाण्डौ,चैत्र,२-पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् । रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा […]
एप्पल कम्पनीले गर्यो विश्वभरका सबै स्टोर बन्द
काठमाडौं,चैत्र,२-विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले विश्वभरका आफ्ना स्टोरहरु बन्द गरेको जनाएको छ । कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् । अमेरिकी कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रबार मात्र खुला गरेको थियो । चीनमा रहेका स्टोरहरु भने करिब दुई महिना बन्द भई शुक्रबार मात्र खुलेका हुन् । कम्पनीले चीनभन्दा […]



