काठमाडौं,फागुन,८-सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । प्रधानमन्त्री रहेका ओलीसँग छलफल गर्न अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको […]
समाचार
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन: मन्त्री बाँस्कोटा
कन्चनपुर,फागुन,८-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।” जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको […]
सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पदमुक्त गरी अनुसन्धान गर्न कांग्रेसको माग
काठमाडौं,फागुन,८-सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लील संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनीक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा […]
पाँच दिनभित्र देश छाड्न अमेरिकी पत्रकारलाई चीनको आदेश
बेइजिङ,फागुन,७-बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ। पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताएको छ। अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार […]
समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिदैछ- प्रधानमन्त्री ओली
काठमाडौं,फागुन,७-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने काममा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज (बुधबार) सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैको सहयोगबाट मात्र सरकारको समृद्धिको लक्ष्य पूरा हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध […]
‘ए’ डिभिजन लिगमा आर्मीलाई हराउँदै मछिन्द्र च्याम्पियन
काठमाडौं,फागुन,३-मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । उपाधिसँगै मछिन्द्रले ५० […]
ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा, आज संसदमा सम्बोधन गर्दै
काठमाडौं,फागुन,२-केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।वि.स. २०७४ साल फागुन ३ गते केपी ओली संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । तत्कालिन एमालेका अध्यक्ष रहेका ओली तत्कालिन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए । सत्ता साझेदारीपछि एमाले र माओवादीबीच पार्टी एकिकरण भएको थियो । दुई तिहाइ समर्थनसहित गठन भएको […]
आज भ्यालेन्टाइन डे-विश्वभर एकआपसमा प्रेम साटासाट गरि मनाईदै
काठमाण्डु,फागुन,२-आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ । अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा […]
कोरोनाभाईरस संक्रमण- चीनको हुबे प्रान्तमा एकै दिन २४२ को मृत्यु
वुहान,फागुन,१-चीनको हुबेइ प्रान्तमा नयाँ कोरोनाभाइरस संक्रमण भएका २ सय ४२ जनाको बुधबार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। साथै उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ५० पुगेको छ भने बिरामीको संख्या झन्डै ६० हजार पुगिसकेको छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरस प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुनेको यो सर्वाधिक संख्या हो । […]
अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव छैन : अध्यक्ष दाहाल
काठमाडौं,फागुन,१-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा […]

