अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” सार्वजनिक(भिडियो सहित)

इटहरी,जेष्ठ ,२४- अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको उक्त गीतमा गायक दिनेश राइको आवाज, दिपेन्द्र राइको संगीत तथा शब्द स्वयं अशोक चाम्लिङकै रहेको छ भने गीतलाई मनोज मोतेले एरेन्ज गरेका हुन। उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया […]

शहरी विकास मन्त्री र कानुन संकायका विद्यार्थी विच इद मिलन तथा भेटघाट कार्यक्रम

बाँके,जेष्ठ,२४-  त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कानुन संकायमा अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले बिहिबार माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसंग ईद मिलन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको वेष्टन बिजनेस ग्रुपको हलमा भेटघाट गरेका थिए । भेटघाट तथा ईद मिलन कार्यक्रममा कानुन संकाय […]

लायन्स क्लब अफ नेपालगन्जद्वारा उज्यालो सहकारीमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज , जेष्ठ , २४- लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा निशुल्क स्वास्थ्य शिविर गरेको छ। सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाज(शुक्रबार ) नेपालगन्जको सेतु बि-क- चोक नजिकै रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाका पदाधिकारी तथा बचतकर्ताहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । लायन्स क्लबका कार्यसमितिका पदाधिकारी […]

बाँकेको सुर्योदय माविमा संचालित बालिका शिक्षा प्रभावकारी बन्दै

नेपालगन्ज,जेष्ठ ,२४- बाँकेको बैजनाथ गाउँपालिका स्थित सुर्योदय माबि मा सञ्चालित वालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसअन्तर्गत कक्षा ८,९ र १० मा अध्ययनरत वालिका, वालिकाका अभिभावक र सम्बन्धित गाउँपालिकाका सरोकारवालाहरुसंग मंगलवार अन्तरक्रिया गरिएको छ । रुम टु रिड् र पढनको लागि कोठा नामक संस्थाले उक्त बिद्यालयमा अध्ययनरत वालिकाहरुलाई जीवन उपयोगी सीप शिक्षा तालिम […]

कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते

कैलाली,जेठ,२४- कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने  ४५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका  वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु […]

नेपालगंजमा पनि अब बाजा नेपाल

नेपालगन्ज,जेष्ठ ,२३- काठमाडौँको बाजा नेपाल र नेपालगंजको उडान नेपालबीच गत जेष्ठ १२ गते नेपालगंजमा पनि बाजा तथा संगीत सम्बन्धि उधमशिलता बिकाश गर्ने सम्झौता भएको छ । काठमाडौँको सामाखुसीमा रहेको बाजा नेपाल पिछडिएका बाजा बजाउन जान्ने संगीतकर्मीहरुलाइ रोजगार बनाउने लक्ष्य लिएको संस्था हो । यसैगरी उडान नेपाल युबाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकाश नारा बोकेको संस्था हो […]

सामाजिक तथा धार्मिक सदभाव भएको गाउँपालिका बनाउन चाहन्छु : कक्षपति

खजुरा ,जेष्ठ,२३- बाँकेको खजुरामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । विभिन्न धार्मिक तथा सामाजिक अगुवाहरुको सहभागितमा सम्पन्न कार्यक्रमा धार्मिक सदभावका कारण समाजमा आत्मियता बढेको भन्दै चर्चा गरिएको थियो । मोल्बी आकिल अलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का सभासद बाबुराम गौतमले सबै धर्मले सदभाव कायम गर्न सहयोग पुगेको बताए । […]

लायन्स क्लब अफ नेपालगन्जले गर्यो निशुल्क स्वास्थ शिविर तथा आर्थिक सहयोग

नेपालगन्ज, जेष्ठ ,२२- सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले बुधबार नेपालगन्जमा रहेको नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनःस्थापना केन्द्रमा रहेका वृद्ध वृद्धा, असहाय , अशक्तहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै अार्थिक रकम पनि सहयोग गरेको छ । बिहान ८ बजे उक्त केन्द्रमा लायन्स क्लबका कार्यसमितिका पदाधिकारी तथा प्राविधिक कर्मचारीहरुको […]

होप इन्टरनेशनल स्कुल र “स्कुल व्वाईज” युटुब च्यानल टिमले गरे सरसफाई कार्यक्रम

नेपालगन्ज,जेष्ठ ,२२- होप इन्टरनेशनल एकेडेमीको आयोजनामा बुधबार नेपालगन्जमा सरसफाई तथा प्रभात फेरि गरिएको छ। ४५ औ अन्तरास्ट्रिय वातावरण दिवसको अवसरमा होप इन्टरनेशनल एकेडेमीमा अध्यनरत कक्षा ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरुको सहभागीतामा उक्त सरसफाई कार्यक्रम गरिएको हो। नेपालगन्जका सेतु बिक चोक, धम्बोझी चोक, कारकाँदो चोक लगायत होप इन्टरनेशनल वरिपरिको स्थानहरुमा विद्यार्थीहरुले सरसफाई गरेका थिए। होपकी […]

नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने

नेपालगंज,जेष्ठ,२१- विश्व वातावरण दिवशको अवसर पारेर नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने भएको छ ।  नेपालगंज साईकल क्लवको आयोजनामा जेष्ठ २२ गते अर्थात भोली (बुधबार)विश्व वातावरण दिवशका दिन साईकल र्यालीको आयोजना गर्न लागिएको नेपालगंज साईकल क्लवले जनाएको हो । मानीसलाई स्वच्छ वातावरणमा बाच्न साईकलले महत्वपुर्ण भिमिका खेल्ने गर्दछ । साईकलको प्रयोगले वातावरणमा ध्वनी प्रदुषण नहुने र स्वच्छ वातावरणका लागि फाईदा गर्ने […]