नेपाल ट्रेड युनियन महासंघ जिफन्टले दियो दक्षता विकास तालिम

नेपालगन्ज,जेष्ठ,१८- नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश नं ५ ले अाज जिफन्ट अन्तर्गतका नेता तथा कार्यकर्ताहरुलाई दक्षता विकास तालिम दिएको छ। नेपालगन्ज अौद्योगिक क्षेत्रको सभा हलमा दक्षता विकास तालिम जिफन्टसंग अाबद्द नेता तथा कार्यकर्ताहरुलाई उक्त तालिम दिइएको हो। नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ५ का संयोजक कमल गौतमको प्रमुख अतिथिमा […]

नेपाल चिकित्सक संघ बाँकेले “एनएम ए” पार्क बनाउने

नेपालगन्ज , जेष्ठ ,१८- नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर डा- धवल शमशेर राणा, नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया, भेरी प्रदेश अञ्चल […]

उडानले भोलि शनिबार हाजिरी जवाफ प्रतियोगिता गराउँदै

नेपालगन्ज,जेष्ठ ,१७- सामाजिक संस्था “उडान नेपाल”ले शनिबार भोलि हाजिरी जवाफ प्रतियोगिता गराउने भएको छ। “युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास,हाम्रो उदेश्य “भन्ने मुख्य नारा सहित स्थापित संस्था “उडान”ले नेपालगन्ज स्थित विनायक गेष्ट हाउसमा उक्त प्रतियोगिता गराउन लागेको हो। करिव बिहान १० बजे देखि सुरु हुने उक्त प्रतियोगिताको लागि २२ वटा समुहले आवेदन फाराम भरेको उडानका अध्यक्ष […]

नेपालगन्ज ग्यालरीको सहयोगमा इमराल्ड कलेजले गर्यो मोटिभेसन सेमिनार

नेपालगन्ज,जेष्ठ,१७- इमराल्ड कलेज कोहलपुरले एकदिने ओरिएनटेशन तथा मोटिभेशनल सेमिनार गरेको छ । निम्बल कलेजसंगको सहकार्य तथा नेपालगंज ग्यालरी , एसके मल्टिपल एकेडेमी र दर्पण इन्स्टिच्युटको सहयोगमा उक्त सेमिनार भएको हो । बाके र बर्दियाका गरी करिब १०० जना बिद्यार्थी उक्त सेमिनारमा उपस्थित थिए । एसईई र प्लस २ पछि कसरी आगामी कोर्स चयन गर्ने र […]

चितवनमा निर्माणधिन क्रिकेट रंगशाला : रोजिन थापा मगरको विचार

काठमाण्डौं,जेष्ठ,१७- चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाइएको अस्थायी बारमा यहि जेष्ठ १४ गते मंगलबारका दिन प्रकाश कँडेलको समुहले डोजर लगाएर भत्काएका पछि अहिले देश विदेशबाट चौतर्फी विरोध भैरहेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न प्रकाश कँडेल सहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका प्रकाश कँडेल नेपाल कम्युनिस्ट […]

चितवनमा निर्माणाधीन रंगशालामा डोजर चलाउने कडेँल पार्टी सदस्यबाट निलम्बन

काठमाण्डौं,जेष्ठ,१६- चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरेको छ। नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले आज वक्तव्य जारी गर्दै उनलाई सदस्यबाट निलम्वन गरी कारवाही गरिएको जानकारी दिनुभएको छ। अर्का सदस्य भैरव बस्ताकोटीलाई भने २ महिनाको लागि निलम्बन गरिएको छ। प्रकाश कडेँललाई प्रहरीले गयराति नै प्रक्राउ गरेको […]

राष्ट्रपतिद्धारा सांसदलाई ‘संविधानसभा पदक’ प्रदान

काठमाण्डौं,जेष्ठ,१६- सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । […]

मोदीको शपथ ग्रहण आज : प्रधानमन्त्री ओली भारत जाँदै

काठमाण्डौं,जेष्ठ,१६- भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण आज हुने भएको छ । उक्त शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) नयाँ दिल्ली प्रस्थान गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री ओली  आज दिउँसो १:३५ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जान लाग्नु भएको हो। ओली डिप्लोमेटिक इन्कलेभस्थित होटलताज प्यालेसमा बस्नुहुनेछ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन […]

जनज्योति क्याम्पस गुल्मीले गरायो चुनाव : अध्यक्षमा महेन्द्र कुँवर निर्वाचित

गुल्मी,जेष्ठ ,१६– गुल्मीको मदाने गाउँ पालिकामा रहेको जनज्योति क्याम्पसले बुधबार चुनाव गराएको छ। चुनावमा विद्यालय सञ्चालक समितिको अध्यक्षमा महेन्द्र कुँवर निर्वाचित हुनु भएको छ ।उक्त सञ्चालक समितिको चुनावमा सहमति जुट्न नसके पछि चुनाब गरिएको थियोे । अध्यक्ष पदमा दुई जना महेन्द्र कुवर र शेर बहादुर कुवरको प्यानल बनाएर उम्मेदवारी दिएका थिए । उहाँका प्रतिद्वन्द्वी शेर […]

स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता : श्रम र रोजगारीको लागि ७ अर्ब १४ करोड

काठमाण्डौं,जेष्ठ,१५- आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्वदेशमै रोजगारी सृजनालाई विशेष प्राथमिकता दिइएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम र रोजगारीका क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिनुभएको छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय स्तरमै रोजगारी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई स्थानीय स्तरमै रोजगारी दिने […]