खेलकुदका लागी ३ अर्ब ९९ करोड बजेट विनियोजन

काठमाडौं,जेष्ठ,१५- संघिय सरकारले खेलकुद क्षेत्रमा आर्थिक वर्ष २०७६/०७७ का लागी ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।यसअघि आर्थिक वर्ष २०७५/०७६ मा युवा तथा खेलकुदमा २ अरब ४ करोड बजेट विनियोजन भएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट […]

कर्मचारीहरुको तलव बढ्यो : तलव साउन १ गते देखी लागु हुने

काठमाडौं,जेष्ठ,१५- कर्मचारीहरूको तलब वृद्धि भएको छ । सरकारले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गर्नु भएको हो । राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ […]

आर्थीक वर्षका लागी १५ खर्ब ३२ अर्बको बजेट सरकारद्धारा सार्वजनीक

काठमाण्डौं,जेष्ठ,१५- संघीय सरकारले आगामी वर्षका लागि आयव्ययको विवरण(बजेट) सार्वजनीक गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ […]

चलचित्र “कप्स”मा पृथक विषयवस्तु उठान गरिएको छ : निर्देशक सम्राट सापकोटा

नेपालगन्ज,जेष्ठ ,१५- आउने शुक्रबार जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’मा पृथक विषयवस्तुलाई उठान गरिएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । लामो समय अभिनयमा सक्रिय सापकोटाले चलचित्र `कप्स´प्रथम पटक निर्देशन गरेका हुन् ।आइतबार राजधानीमा चलचित्रको जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा `कप्स´मा एक कर्तव्यनिष्ठ नेपाल प्रहरीको कथालाई उतारिएको उनले जानकारी दिए। पछिल्लो समयमा हास्य […]

सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो सद्भावका प्रिया स्मृति ढकाल पुरस्कृत

नेपालगन्ज ,जेष्ठ ,१५- रेडियो सद्भावका समाचार प्रमुख प्रियास्मृति ढकाल सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क(सिआइएन) ले पहिलो पटक आफ्नो दशौं बार्षिकोत्सबमा प्रदान गरेको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट ढकाल आज पुरस्कृत हुनुभएको हो । राजधानीमा आज(बुधबार ) आयोजित सिआइएनको वार्षिकोत्सव समारोहमा सभामुख कृष्ण बहादुर महराले […]

वेस्टर्न वचत ऋण सहकारीले गर्यो आफ्ना सेयर सदस्य भेला

नेपालगन्ज,जेष्ठ ,१४- नेपालगन्जको चर्चित एवम् विश्वस्नियता कमाएको सहकारी “वेस्टर्न वचत ऋण सहकारी “ले मंगलबार नेपालगन्जमा आफ्ना सेयर सदस्यहरुको भेला कार्यक्रम सम्पन्न गरेको छ। बाँकेमा केही समय यता एक सहकारीका कर्मचारीहरुले आर्थिक रकम हिनामिना गरेको समाचार बाहिर आएपछि वेस्टर्न सहकारीले आफ्ना सेयर सदस्यहरुलाई जम्मा गरि वृहत् छलफल गरेको हो। छलफलका क्रममा वेस्टर्न वचत ऋण सहकारीका अध्यक्ष […]

खजुरामा आक्रमण गर्ने बाघको खोजि कार्य तिव्र

खजुरा,जेष्ठ ,१४- पाटेबाघको आक्रमणबाट घाइते भएका खजुरागाउँपालिका वडा नम्बर ३ धौलागिरीका ५० वर्षिय दिपबहादुर श्रीषको पछिल्लो स्वास्थ अवस्था बुझ्न गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति अस्पताल पुगेका छन । घाइतेलाई भेटेर स्वास्थलाभको कामना गर्दे आक्रमण गर्ने बाघको खोजि कार्यलाई तिव्र बनाइएको प्रतिक्रिया दिएका छन । पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० […]

टायर बाल्ने दुईजना बालक सुर्खेतमा पक्राउ :विप्लवद्वारा बालक प्रयोगको शंका

सुर्खेत,जेष्ठ ,१३- सडकमा टायर बाल्ने दुईजना बालकलाई प्रहरीले भेरेगंगा नगरपालिका १२ मसिनाबाट आज(सोमबार ) नियन्त्रणमा लिएको छ। ५/६ जनाको समुहमा भेरिगंगा नगरपालिका १२ स्थित मसिनाको बिच सडकमा टायर बालिरहेको अबस्थामा ती दुई बालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको हो। अन्य चाहिँ प्रहरीलाई देखेपछि भागेका थिए। बालबालिकालाई कस्ले यस्तो कार्य गर्न लागायो भन्ने कुराको अनुसन्धान […]

नेपालगन्जमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु : एक घाईते

नेपालगन्ज,जेष्ठ,१३- नेपालगन्जमा आज (सोमबार )दिउँसो साढे दुई बजेतिर  भएको स्कुटर दुर्घटनामा एकजनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलनीपुरुवा भन्ने ठाउँमा दिउँसो  भे ५ प ४३१४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार नेपालगन्ज २० का ४७ बर्षिय जाहेद अलि मनिहारको ज्यान गएको प्रहरीले जनाएको […]

आदर्श मावी नेपालगन्जमा गराइयो जुनियर रेडक्रस सर्कलको चुनाब

नेपालगन्ज,जेष्ठ ,१३- आदर्श माध्यामिक विद्यालय नेपालगन्जमा गत शुक्रबार जुनियर रेडक्रस सर्कलको चुनाब गराइएको छ। नेपालगन्जमै प्रतिष्ठित एवम् गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको आदर्श माविले हरेक वर्ष झैँ यस वर्ष पनि जुनियर रेडक्रस सर्कलको चुनाब गराएको हो। रेडक्रस बाँके उपशाखा सभापति श्याम बहादुर केसीको विशेष उपस्तिथिमा सम्पन्न गरिएको उक्त चुनाबको अध्यक्ष पदका लागि अतित अधिकारी र […]