बम विस्फोटबारे गृहमन्त्री बादलद्धारा संसदलाई जानकारी

काठमाण्डौं,जेष्ठ,१३- गृहमन्त्री राम बहादुर थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनु भएको छ । राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे आज सोमबार  संसदलाई जानकारी दिँदै उक्त कुरा बताउनु भएको हो ।  उहाँका अनुसार राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  विप्लव समूहको बन्द र आपराधिक गतिविधिले शैक्षिक संस्था […]

प्रचण्डद्धारा मिडिया काउन्सिल विधेयकको बचाउ : विप्लवको बन्द वार्ताकै लागि भएको भनाई

काठमाण्डौं,जेष्ठ,१३- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको बचाउ गर्नुभएको छ । १७ औं कृष्णसेन स्मृति दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक कुरा भएको भन्दै सरकारले ल्याएको विधेयकको बचाउ गर्नुभएको हो । उहाँले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको […]

प्रतिनिधिसभा बैठक : आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौं,जेष्ठ,१३- प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताउनुभयो । प्रतिव्यक्ति खर्चयोग्य आय […]

विप्लव समुह नेकपाको नेपाल बन्दको प्रभाव : कहाँ के के भयो (अपडेट)

काठमाण्डौं,जेष्ठ,१३- नेत्रविक्रम चन्द समूह ( नेकपाले ) आज सोमबार आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । […]

बम विस्फोट प्रती : कांग्रेसद्वारा दुःख प्रकट

काठमाण्डौं,जेष्ठ,१३- प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढ्दै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ । कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा […]

चलचित्र “कुम्भ करण “को टिमले आइतबार फुट्सल खेल खेलाउँदै

नेपालगन्ज,जेष्ठ,११- जेष्ठ १७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र “कुम्भ करण” टिमले फुटसल खेल खेलाउने भएको छ। राजधानी स्थित सेतोपुलमा रहेको फुटसल मैदानमा चलचित्र टिमले आइतबार(भोलि) फुटसल खेल खेलाउने भएको हो। टिमका अनुसार आइतबार दिउँसो १ बजेदेखि खेल सुरु हुनेछ। साथै खेलमा चलचित्र “कुम्भ करण”को टिम, पत्रकार ,होस्टेल टिम र कलेज टिमले सहभागिता जनाउन सक्ने […]

चलचित्र “कुम्भ करण” जेष्ठ १७ गते बाट देशभर एकसाथ प्रदर्शन हुँदै

नेपालगन्ज,जेष्ठ,११- आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्र “कुम्भ करण” जेष्ठ १७ गते (शुक्रबार) बाट देशभर एकसाथ प्रदर्शन हुनेभएको छ। दिपक वली निर्देशित उक्त चलचित्र एक ग्रामीण विद्यालयका शिक्षक-शिक्षिकाबिचमा हुने प्रेम सम्बन्ध, द्वन्द र सस्पेन्समा आधारित रहेको छ। चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी , अभय बराल संगै आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा […]

भारतीय जनता पार्टीले बनायो रेकर्ड : जिएसटीपछि पनि जित्ने विश्वकै पहिलो पार्टी

काठमाण्डौं,जेष्ठ,११- भारतको लोकसभा चुनावको हालसम्मको अवस्था हेर्दा भारतीय जनता पार्टी एक्लैले सुविधाजनक बहुमत ल्याउने अवस्था बन्दै गएको छ । लोकसभाको ५४२ सीटमा भाजपा सम्मिलिन एनडिए गठबन्धन ३४३ सीटमा अगाडि छ भने भाजपा ३०० सिटमा अगाडि छ । यो रुझान जितमा परिणत भयो भने विजेपीको लागि यो निकै ठूलो जित हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  […]

शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत एनएमसीमा वित्तीय साक्षरता

नेपालगन्ज,जेष्ठ ,१०- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिलल क्याम्पस (एनएमसी)मा शुक्रबार(आज) वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखेर बाहिरी अन्य व्यवहारिक ज्ञान अन्तर्गत बैंक सम्बन्धी व्यवहारिक आधारभूत शिक्षा दिने उद्देश्य अनुरुप कलेजले यस हप्ता शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रमको अयोजना गरेको हो। नेपाल बैंक लिमिटेडले सन्चालन गरेको वित्तिय साक्षरता तथा खोलौँ […]

खजुराका कृषकलाई दिइयो धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम

नेपालगन्ज,जेष्ठ ,०९- बाँकेको खजुरा गाउँपालिकाका कृषकहरुलाई धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको छ । धान बालिको सिजन शूरु हुन लाग्दा खजुराका किसानहरुलाई वीउमा आत्मनिर्भर बनाउन गाउँपालिकाको सहयोगमा आज तालिम सन्चालन गरिएको हो । खजुरा गाउँपालिका स्तरिय सहकारी सञ्जालको आयोजनामा भएको तालिममा वीउ उत्पादक सहकारी समितिका पदाधिकारी तथा सेयर सदस्य किसानहरुलाई समावेस गराइएको सञ्जालका अध्यक्ष […]