नेपालगन्ज ग्यालरीको आयोजनामा बैशाख १० गते मोटिभेसन सेमिनार हुँदै

नेपालगन्ज,बैशाख,०८- नेपालगन्जमा एकदिने निशुल्क मोटिभेसन सेमिनार हुने भएको छ। कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौंको सहकार्यमा नेपालगन्जको चर्चित फेसबुक ग्रुप” नेपालगन्ज ग्यालरी”ले बैशाख १० गते मंगलबारको दिन चर्चित मोटिभेसनल स्पिकर डा. इन्द्र कुमार श्रेष्ठद्वारा उक्त मोटिभेसनल सेमिनार गर्न लागेको नेपालगन्ज ग्यालरीका समिरमान श्रेष्ठले बताउनु भयो। नेपालगन्ज स्थित सिद्धार्थ कटेजको हलमा सम्पन्न हुने उक्त सेमिनार विशेष गरि ११/१२ […]

आर्चरी : छनोट चरण सम्पन्न

नेपालगन्ज,बैशाख,०६- आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अििशम शेरचन, प्रहरीका तिलक पुनसंगै […]

२४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन आर्मीको टिमले जित्यो तीन स्वर्ण

नेपालगन्ज,बैशाख,०६- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन विभागीय टिम आर्मीले तीन स्वर्ण जितेको छ । शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो । ४५ केजी महिला तौल समुहमा आर्मीकी रिता गुरुङले ९५ केजी भार ग्रहण गरिन् । […]

सहभोजपछि नरैनापुरका दलितहरु उत्साहित

नरैनापुर(बाँके),बैशाख,०६- बांकेको नरैनापुर गाउँपालिकाले सहभोज गरेपछि वडा नम्बर ३ बालापुरका दलितहरु उत्साहित भएका छन् । सहभोज गरिएको पर्सिपल्ट शुक्रबार बालापुरका दलितहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई गाउँमै बोलाएर खाजा खुवाएका छन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह सहितको टोलीलाई उनीहरुले खाजा खुवाएका हुन् । गाउँपालिकाले छुवाछुत […]

बिहानी एफसीका डिफेण्डर खेलाडी रमेश जिसीको बिदाई

फुकुओका,जापान,बैशाख,५- बिहानी एफसीले आज बिहिबार आफ्नो डिफेण्डर खेलाडी रमेश जि सी लाई बिदाई गरेको छ । जापानको फुकुओकामा सन् २०१८ मा स्थापना भएको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई महत्वपुर्ण भुमिका निर्वाह गरेका डिफेण्डर खेलाडी रमेश जि सीको क्लवले बिदाई गरेको हो । बिहानी एफसिमा आबद्ध हुँदै आएका रमेशले फुकुओकामा हुने टुर्नामेण्ट मध्य ४ वटा टुर्नामेन्टमा […]

स्वस्तिकाको हत्यारालाई कारबाहीको माग गर्दै आफन्त पक्ष निरन्तर आन्दोलनमा

नेपालगन्ज,बैशाख,०३- नयाँ वर्षको दिन नेपालगन्ज -१० भृकुटीनगर निवासी १९ वर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्युको विषयलाई लिएर मृतक पक्षधरहरु मंगलबार पनि आन्दोलनमा उत्रिएका छन।   राँझामा रहेका पिडित माइती पक्षरुले प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै दोषीलाई कानुनी कारबाही गर्न दबाब दिदै कारबाही नगरिए सशक्त कदम चाल्ने चेतावनी पनि दिएका छन् । निष्पक्ष छानबिन गरी दोषीलाई […]

मेयर राणाले गरे नेपालगन्जमा कागजको झोला बनाउने उद्योगको उद्घघाटन

नेपालगन्ज, बैशाख,३- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा सञ्चालनमा ल्याएको कागजको झोला बनाउने कम्पनी माझी प्रोडक्सनलाई अाज एक कार्यक्रम गरी नेपालगन्ज उपमहानगरपालिका का मेयर डा- धवल शमशेर राणाले उद्घघाटन गरेका छन् । नेपालगन्ज शहरलाई पलाष्टिक मुक्त बनाउने अभियानमा उपमहानगरपालिका लागिरहदा स्थानीय व्यापारी कुमार अधिकारीको टीमले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।जसमा सहकार्य मदन भट्ट , […]

नायक हरिहरले गरे एक्सिसको शाखा विस्तार

काठमाडौं,बैशाख,०२- शिक्षा क्षेत्रमा काम गर्दै आएको एक्सप्रेस इन्ट्री एजुकेशनल इन्फर्मेशन सर्भिस (एक्सिस) ले आफ्नो शाखा पुतली सडकमा विस्तार गरेको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैै आएको सो संस्थाले नयाँ वर्षको अवसरमा आइतबार एक औपचारिक कार्यक्रमका बीच शाखा विस्तार गरेको हो । चलचित्रका नायक तथा युवा ज्योतिष हरिहर अधिकारीले नयाँ शाखाको उद्घाटन गरेका […]

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

बुटवल ,बैशाख,०२- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा […]

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत साईक्लिङ प्रतियोगितामा आर्मी च्याम्पियन

नेपालगन्ज,बैशाख,०२- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्टी पुरुष साइक्लिङ दौडमा आर्मीका ओकेश राज बज्राचार्यले स्वर्ण जितेका छन् । निर्धारित दुरी १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पुरा गर्र्दै उनी च्याम्पियन बनेका हुन् । आर्मीकै हिमाल टमाटा दोस्रो बने । उनले निर्धारित दुरी १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा पुरा गरे । गण्डकी प्रदेशका हिक्मत […]