आइ एम इ गर भन्दै दुईवटी केटिको पैसा खाएर गायक गोपाल नेपाल जिएम भागे पछि

नेपालगन्ज,बैशाख,१४- चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएमले दुईवटी केटिले आइ एम इ गरेको पैसा खाएर भागेका छन। तर बास्तबिक रुपमा नभई भर्खरै मात्र बजारमा आएको बिल्कुलै मौलिक नयाँ गीत “आइ एम इ २ ” को म्युजिक भिडियोमा गायक जिएमलाई पैसा खाएर भागेको देख्न सकिन्छ। शुक्रबार गायक गोपाल नेपाल जिएम नामक युटुब च्यानलबाट उक्त […]

अजोड इन्स्योरेन्सको शाखा नेपालगन्जमा बिस्तार

नेपालगन्ज,बैशाख,१२- अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा बिस्तार भएको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले बिहिबार रिबन काटेर उद्घाटन गरेका थिए। ‘शान्तिको धुन सङ्गै सुरक्षाको सुरुवात, अजोड इन्स्योरेन्स सङ्ग हरेक कदमको सहयात्री’ भन्ने मुख्य उद्देश्यका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा सभापतित्वको भुमिका अजोड इन्स्योरेन्स नेपालगन्ज शाखाका सन्चालक सागर गुरुङ्गले गरेका […]

नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको ४ वर्ष पूरा,

काठमाण्डौं,बैशाख,१२- नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ ।४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । १८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको […]

पुरुष फुटबलको स्वर्ण पदक त्रिभुवन आर्मी क्लबलाई

बाँके, बैशाख,११- त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । नेपालगञ्ज रंगशालामा आर्मीलाई जित दिलाउन विकास तामाङले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ४५ औं मिनेटमा विकासले निर्णायक गोल गरे […]

राष्ट्रिय पौडिमा आर्मिकी गौरिका सिंहले जितिन ७ राष्ट्रिय कीर्तिमान सहित १२ स्वर्ण पदक

नेपालगन्ज,बैशाख,११- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंहले ७ राष्ट्रिय कीर्तिमानसहित १२ स्वर्ण पदक जितेकी छिन् । बुधबार सम्पन्न पौडीमा गौरिकाले अन्तिम दिन ३ राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण जित्दै व्यक्तिगत १२ स्वर्ण हात पारेकी हुन् । नेपालगञ्जमा बुधबार गौरिकाले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । गौरिकाले २ मिनेट […]

आइटम बमले सारा नेपाल हल्लाएपछि

नेपालगन्ज,बैशाख,११- अहिलेका चर्चित मोडल तथा डाइरेक्टर विवश चौधरी र सिता खड्काको मोडलिङगमा रहेको आइटम बमले सारा नेपाल हल्लाएको छ । नयाँ बर्ष अर्थात २०७६ साल बैशाख १ गते सार्वजनिक गर्ने भनिएको आइटम बमले केही समय पछि धकेलिएपनि आइटम बमले एकै दिनमा सारा नेपाल हल्लाउन सफल भएको छ । चर्चित मोडल विवशको मोडेल र सिताको जोडीले […]

कानुन संकायका बिद्यार्थीहरुले गरे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

नेपालगन्ज , बैशाख १०- नेपालगन्जमा मंगलबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातक तह कानुन संकाय प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुको अायोजनामा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।     मंगलबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेको खप्तड स्वामी अध्ययन सभाकक्षमा भएको उक्त […]

गोकुल सामुदायिक वनको कार्यसमितिमा प्यानलसहित बिजय बिजयी

बाँके,बैशाख,८- बाँकेको डुडुवा गाउँपालिका वडा नं.–३,४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो । निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले परािजत गरेका हुन । बडेलालले १६१ मत प्राप्त गर्नुभएको थियो भने […]

श्रीलंकामा आतंकवादी आक्रमणः मारिनेको संख्या १३७ पुग्यो

काठमाण्डौं,बैशाख,८- श्रीलंकामा गराइएको बम विष्फोटमा मारिनेको संख्या एक सय ३७ पुगेको छ । राजधानी कोलम्बोमा गराइएका श्रृंखलाबद्ध बम विस्फोटमा कम्तिमा १ सय ३७ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । श्रीलंकास्थित केही अनलाइन पत्रिकाहरुले भने मर्नेको संख्या १६० पुगेको दावी गरेका छन् ।  दुई सय जनाभन्दा बढी घाईते भएका छन् । तीन वटा चर्च […]

चिकित्सक तथा कर्मचारीहरुले गरे डा- ललितेन्दु जेनाको श्रद्धाञ्जली सभा

नेपालगन्ज ,बैशाख,०८- गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा. ललितेन्दु जेनाको आज(आइतबार) श्रद्धाञ्जली सभा गरिएको छ। शनिबार भारतको उडिसाको कटक भन्ने ठाउँमा गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा.जेनाको आइतबार(आज) एक कार्यक्रम गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले श्रद्धाञ्जली सभा गरेका हुन।   डा- ललितेन्दु जेनाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]