काठमाण्डौं,चैत्र,१८- प्रधानमन्त्री केपी शर्मा ओली बारा जान लाग्नु भएको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीले प्रभावित पारे पछि प्रधानमन्त्रीले आफ्नो गृह जिल्ला झापामा हुने सबै कार्यक्रम स्थगित गरेर प्रदेश २ को हुरी प्रभावित जिल्ला जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार उहाँले झापाका सबै कार्यक्रमहरु स्थगित गरेर हुरी प्रभावित जिल्ला जान […]
समाचार
हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
काठमाण्डौं,चैत्र,१८- प्रदेश २ को मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार राति भएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गरिदिने भएको छ। आइतबार राति भएको हावाहुरीको वितण्डाले मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन्। सोमबार विहान प्रदेश सरकाकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै […]
उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई सभापती देउवाको निर्देशन
काठमाडौं,चैत,१८- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उहाँले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो । आजबिहान बिहान ट्वीट गर्दै देउवाले […]
आजदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाण्डौं,चैत्र,१८- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० […]
बारा-पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो : ४०० भन्दा बढी घाइते
बिरगंज,चैत्र,१८- अपडेट :……✍🏻 बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ […]
जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न
नेपालगञ्ज,चैत्र,१७- अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ । दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि […]
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ प्रतियोगिताको लागि रिङ्ग निर्माण पूरा
नेपालगन्ज,चैत्र,१७- नेपालगन्जमा सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समुद्घाटन बैशाख ५ गते हुने भएता पनि यहि चैत्र २९ गते हुने बक्सिङ खेलको लागि बक्सिङ्ग रिङ्गको तयारी पूरा भएको छ। बक्सिङ्ग खेलको लागि बाँकेको खजुरामा अबस्थित ज्ञानोदय नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा बक्सिङ रिङ्ग तयार पारिएको प्रचारप्रसार उपसमितिका संयोजक रोहित दाहालले जानकारी दिनु भयो। चैत्र २९ देखि सन्चालन […]
जानकी गाउँपालिकाको सरकारी मोटर साइकल बिद्यालय आउन जान प्रयोग
नेपालगन्ज,चैत्र,१७- बाँकेको जानकि गाउँपालिका वाड न-३ का वडाअध्यक्ष बिन्देश्वरी बर्माले प्रयोग गर्ने वडाको भे १ ब १०९४ नम्बर प्लेटको सरकारि मोटर साईकल दुरुपयोग भएको पाइएको छ। आफुले सरकारी प्रयोजनको लागि पर्योग गर्ने गाउँपालिकाको मोटर साईकल उनको छोराले बिद्यालय जानको लागि करिव ४/५ दिन अघि देखि प्रयोगमा ल्याईरहेको पाइएको छ। नेपालगन्जको होलिल्याण्ड माविमा अध्ययन गर्दै आएका […]
आठौं राष्ट्रिय खेलकुद मैदानको अवलोकन गर्न आउँछन भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन
बाँके,चैत्र,१६- बृहत् रुपमा वैशाख ५ देखि ११ गते सम्म नेपालगन्जमा सम्पन्न हुने आठौँ राष्ट्रिय खेलकुद स्थलको अवलोकन गर्न भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउँछन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको अवलोकन गर्न सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउने गरेका हुन् । रंगशालामा नआए खल्लो लाग्ने गरेको बताउँदै उनले […]
उडान नेपालले गर्यो नेपालगन्जमा प्रतिभा अभिमुखिकरण कार्यक्रम
नेपालगन्ज,चैत्र,१६- सामाजिक कार्य गर्ने मुख्य उद्देश्यको साथ कोहलपुरमा स्थापना भएको उडान नेपाल संस्थाको आयोजनमा नेपालगन्जमा अबस्थित सिएस ई एजुकेसनको हलमा प्रतिभा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा हाम्रो उद्देश्य’ भन्ने मुख्य उद्देश्यका साथ सन्चालन गरिएको कार्यक्रममा विभिन्न बिधाहरुलाई नेतृत्व गरि १६ जनाले आफ्नो प्रतिभा राखेका थिए। सहभागी १६ जना मध्ये कविता […]




