बाँकेमा पनि धुमधामका साथ मनाईयो प्रजातन्त्र दिवस

नेपालगन्ज , फागुन, ७ देशभर आज ६९ अौं प्रजातन्त्र दिवस सव्य तरिकाले मनाईएको छ। देशभर मनाउने क्रममा बाँकेमा पनि विभिन्न कार्यक्रम गरी भव्य अनि सव्य तरिकाले मनाइयो। आजै मुल समारोह समितिको अायोजनामा निर्वाचन स्थापना दिवस पनि मनाइएको छ। नेपालगन्जमा ६९ औं प्रजातन्त्र दिवसका अवसरमा निजामती कर्मचारी, बिद्यार्थी ,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरि,नेपाली सेनाको उपस्थिति रहेको […]

स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियू ओखलढुंगाको माग

ओखलढुंगा, फागुन,७- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी ओखलढुंगाले स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ । त्रिभुवन बिश्व बिद्यालय आफैले तोकेको स्वतन्त्र बिद्यार्थि युनियन स्ववियूको निर्बाचन मिती नजिक आईसक्दा पनि निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको हो । फागुन १४ गतेका लागि तय गरिएको स्ववियू […]

नेपालगन्जमा अनेरास्ववियुद्वारा महेन्द्र बहुमुखी क्याम्पस घेराउ

नेपालगन्ज,फाल्गुन,७- अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारिद्वारा संयुक्त रुपमा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ गरिएको छ। केन्द्रको निर्देशन अनुसार स्ववियु चुनावको कार्यतालिका तत्काल घोषणा गर्ने देशब्यापी आन्दोलनको कार्यतालिका अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सयुत रुपमा मंगलबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गेरका हुन। कार्यक्रममा अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पसका सचिब प्रकाश बि.क,अध्यक्ष हेमराज शाही ,अखिल […]

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

काठमाडौं, फागुन,७- सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए । प्रधानन्यायाधीश जबरा नियुक्त […]

उपाधिको लागि बुधबार होलिल्याण्ड मावी र एबिसी भिड्दै

नेपालगन्ज,फाल्गुन,७- नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि होलिल्याण्ड मावि र एबिसी मावि भिड्ने भएका छन् ।आइतबार सम्पन्न खेलमा होलिल्याण्ड सेमिफाइनलमा पुगेको थियो भने सोमबारको खेलमा एबिसी विजयी हुँदै फाइनलका लागि भिड्ने भएको हो । सोमवार आदर्श माविलाई ८ विकेटले पराजित गर्दै एबीसी फाईनलमा प्रवेश गरेको हो । टस जितेर […]

खजुरा मेयर रनिङ खेलकूद प्रतियोगितामा विभिन्न खेल सकियो

नेपालगन्ज, फागुन,६- बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिता अन्तरगत आज सोमवार विभिन्न खेलको अन्तिम नतिजा आएको छ । प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सचिवालय प्रमुख यमनारायण महतोका अनुसार छात्रछात्रा २०० मिटर, १५ सय मिटर दौड, रिले दौड, लङजम्प, ज्यापलिङ थ्रो लगायतका खेल सकिएका छन् । त्यस्तै भलिवल, कबड्डीको मंगलबार […]

सकियो खजुरा महोत्सव

नेपालगन्ज,फाल्गुन,६- बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा सन्चालन गरीएको उक्त महोत्सवलाई एक समारोहका विच समापन गरीएको हो । समापनको दिनमा चर्चित गायक अर्जुन कौशलले आफ्नो प्रस्तुती दिएका थिए […]

जम्मु कश्मिरमा फेरि भीडन्त : ४ भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली,फागुन,६- भारतको जम्मु कश्मिरमा भारतीय सुरक्षा फौज र पृथकतावादी समूहबीच फेरी भीडन्त भएको छ। भारतीय सञ्चारमाध्यमले  पुलआमामा  जैस ए मोहम्मद समूहविरूद्धको एकीकृत सैन्य अभ्यासका  क्रममा भएको भीडन्तमा एक अधिकृतसहित ४ सुरक्षाकर्मी मारिएको जनाएका छन्। गोली हानाहानमा परी एक सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ। घटनामा दुई भारतीय सुरक्षाकर्मी घाइते भएका छन्।यसअघि बिहीबार साँझ पुलआमामा सिआरपिएफको गाडीमाथि […]

मृगौला रोग सम्बन्धी बृहत अन्तक्रिया नेपालगंजमा हुने

नेपालगंज,फाल्गुन,६- बाँकेको नेपालगन्जमा फागुन ११ गते शनिबारको दिन मृगौला रोग सम्वन्धी वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम हुन लागेको छ ।नेपालमा मृगौला बचाउ अभियानका अभियन्ता तथा राष्ट्रिय किड्नी सेन्टरका निर्देशक बरिस्ठ मृगौला रोग विशेषज्ञ डा-ऋषि काफ्लेले नेपालगन्जको होटल सिद्धार्थ हस्पिटलिटीमा उक्त कार्यक्रम गर्न लागेका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको समन्वयमा तथा विभिन्न संघ […]

आइडियललाई ४५ रनले हराउँदै होलिल्याण्ड मावी विजयी

नेपालगन्ज,फाल्गुन,५- आईतबारवार सम्पन्न खेलमा आईडियल माविलाई ४५ रनले पराजित गर्दै होलील्याण्ड फाईनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिंग रोजेको होलील्याण्डले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । होलील्याण्डका सामन्त शाहीले ४८, अंकित थापामगरले २८, अनिमेश शाहीले २४ तथा फरदिन खानले २२ रन बनाएका थिए । आईडियलका मकबुल […]