नेपालगन्ज, फागुन,६- बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिता अन्तरगत आज सोमवार विभिन्न खेलको अन्तिम नतिजा आएको छ । प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सचिवालय प्रमुख यमनारायण महतोका अनुसार छात्रछात्रा २०० मिटर, १५ सय मिटर दौड, रिले दौड, लङजम्प, ज्यापलिङ थ्रो लगायतका खेल सकिएका छन् । त्यस्तै भलिवल, कबड्डीको मंगलबार […]
समाचार
सकियो खजुरा महोत्सव
नेपालगन्ज,फाल्गुन,६- बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा सन्चालन गरीएको उक्त महोत्सवलाई एक समारोहका विच समापन गरीएको हो । समापनको दिनमा चर्चित गायक अर्जुन कौशलले आफ्नो प्रस्तुती दिएका थिए […]
जम्मु कश्मिरमा फेरि भीडन्त : ४ भारतीय सैनिकको मृत्यु
नयाँदिल्ली,फागुन,६- भारतको जम्मु कश्मिरमा भारतीय सुरक्षा फौज र पृथकतावादी समूहबीच फेरी भीडन्त भएको छ। भारतीय सञ्चारमाध्यमले पुलआमामा जैस ए मोहम्मद समूहविरूद्धको एकीकृत सैन्य अभ्यासका क्रममा भएको भीडन्तमा एक अधिकृतसहित ४ सुरक्षाकर्मी मारिएको जनाएका छन्। गोली हानाहानमा परी एक सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ। घटनामा दुई भारतीय सुरक्षाकर्मी घाइते भएका छन्।यसअघि बिहीबार साँझ पुलआमामा सिआरपिएफको गाडीमाथि […]
मृगौला रोग सम्बन्धी बृहत अन्तक्रिया नेपालगंजमा हुने
नेपालगंज,फाल्गुन,६- बाँकेको नेपालगन्जमा फागुन ११ गते शनिबारको दिन मृगौला रोग सम्वन्धी वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम हुन लागेको छ ।नेपालमा मृगौला बचाउ अभियानका अभियन्ता तथा राष्ट्रिय किड्नी सेन्टरका निर्देशक बरिस्ठ मृगौला रोग विशेषज्ञ डा-ऋषि काफ्लेले नेपालगन्जको होटल सिद्धार्थ हस्पिटलिटीमा उक्त कार्यक्रम गर्न लागेका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको समन्वयमा तथा विभिन्न संघ […]
आइडियललाई ४५ रनले हराउँदै होलिल्याण्ड मावी विजयी
नेपालगन्ज,फाल्गुन,५- आईतबारवार सम्पन्न खेलमा आईडियल माविलाई ४५ रनले पराजित गर्दै होलील्याण्ड फाईनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिंग रोजेको होलील्याण्डले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । होलील्याण्डका सामन्त शाहीले ४८, अंकित थापामगरले २८, अनिमेश शाहीले २४ तथा फरदिन खानले २२ रन बनाएका थिए । आईडियलका मकबुल […]
नेपालगन्जमा हुने ५ औ एजुकेसन फेरको पत्रकार सम्मेलन सम्पन्न
नेपालगन्ज,फाल्गुन,५- यही फागुन १० र ११ गते नेपालगन्जमा पाँचौ नेपाल हाईएर एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना हुने भएको छ । यसअघि चौथोसम्म काठमाडौंमा मात्र हुँदै आएको नेपालकै ठूलो शैक्षिक मेला पहिलो पटक मोफसलमा पनि हुन लागेको हो । नेपालमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सक्षम शिक्षण संस्थाका बारेमा जानकारी गराउँदै शिक्षाका लागि विदेशिने पुँजी रोक्न […]
चार हजार अबैध चल्ला सहित दुई जना प्रकाउ
नेपालगन्ज, फाल्गुन,५- अवैध भारतिय बोइलर कुखुराका चल्ला सहित बाँके प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरिक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोली कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । […]
खजुरा महोत्सवमा आज चर्चित गायक गोपाल नेपाल जिएम र गायिका अमृता लामिछाने आउँदै
नेपालगन्ज, फाल्गुन,५- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको ११ औ दिन आज पछिल्लो समयका चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम र गायिक अमृता लामिछाने आउने भएका छ। मौसम प्रतिकुलताको चुनौतिलाई पार गर्दै ११ औ दिन सम्म आएको महोत्सवमा दर्शकको आग्रहमा आयोजक टिमले गायक जिएम र गायिका लामिछानेलाई महोत्सवमा बोलाएको हो। गायक जिएमले आज […]
आइतबार नेपालगन्जको बहुमुखी क्याम्पस गजलमय बन्ने
नेपालगन्ज , फागुन,४- यहि फागुन ५ गते आइतबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज गजलमय बन्ने भएको छ । नेपाली साहित्य परिवारको आयोजनामा हुने गजल वाचन कार्यक्रममा देशका ८ गजलकारले आफ्ना गजल सुनाएर महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गड गजलमय बनाउने छन् । गजलकार नमिता बराल, भुवन भुपी, जिवन सरोवर, भरत प्रमोद दाहाल, डा. देवेन्द्र आचार्य, नवराज कुन्दर, कृष्ण […]
नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले गर्यो व्यवस्थापनको शिक्षामा उदाहरणीय कार्य
नेपालगन्ज, फाल्गुन,४- नेपालगन्जकै प्रतिष्ठित कलेज नेपालगन्ज मल्टिपल क्याम्पसमा स्नातक प्रथम वर्षाका विद्यार्थीलाई स्वागत र चौँथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाइ गरिएको छ। बिबिएस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थीहरु द्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसकै प्राङ्गणमा सम्पन्न भएको हो। बिबिएस तेस्रो वर्षमा अध्यनरत छात्र प्रकाश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी आदर्श माविका अध्यक्ष संजय […]
