नेपालगन्ज,फाल्गुन,१०- महाकालेश्वर भजन कृतन मण्ड्ली तथा सेवा समितिले करिव २२ वर्ष देखि निशुल्क धार्मिक कार्यक्रम गर्दै आएको छ। उक्त समितिले बिशेष गरि हिन्दु धर्मको संरक्षण तथा प्रबर्द्धनका लागि समाजमा धार्मिक कार्यक्रम गर्दै आईरहेको संस्थाका संयोजक भुवन ढकालले जानकारी दिए। साथै कुनै व्यक्ति, वर्ग,समुह संस्थालाई कुनै किसिमको धार्मिक कार्य गर्नु परेमा जो सुकैले पनि समितिको मोबाईल […]
समाचार
रहेनन लोकप्रिय युवा नेता सांसद वली
काठमाण्डौं,फागुन,१०- नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं ५ दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित सांसद उत्तर कुमार वलीको काठमाण्डौं स्थित मिडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहिवार राति १ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित सांसद वलीको पार्टीको केन्द्रीय स्तरसम्म राम्रो पकड भएको नेताका रुपमा चिनिन्थे ।उनी गत […]
नेपालकै ठुलो पाँचौ एजुकेसन फेर शुक्रवार देखि सन्चालन हुँदै
नेपालगन्ज , फाल्गुन,०९- नेपालकै ठुलो पाँचौ एजुकेसन फेर फाल्गुन १० गते शुक्रवार देखि सन्चालन हुँने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन […]
क्याम्पस स्तरीय फुटबल प्रतियोगिता शुक्रबार देखि हुदै
नेपालगन्ज, फागुन,१०- बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्याम्प स्तरीय फुटबल प्रतियोगिता भोलि देखि हुन लागेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा अध्य्यनरत बिज्ञान संकाय चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले उक्त खेलको आयोजना गर्न लागेका हुन । उक्त फुटबल खेल भोलिबाट सुरु भई १३ गते सकिने क्याम्पसमा अध्ययनरत तथा अनेरास्ववियु का नेता प्रकाशमान सिंहले बताए । उक्त […]
विष्णु अर्यालको आत्मघाती गोलले हरायो
नेपालगन्ज ,फाल्गुन,०९- नेपालगंजमा जारी प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता अन्तरगत विहिवारको खेलमा तैयारी कपडा व्यवसायी संघ र नेपालगंज इलोक्ट्रिकल एसोसियसन विजयी भएका छन् । पहिलो खेलमा तैयारी कपडा व्यवसायी संघले जुत्ता चप्पल व्यवसायी संघलाई २–१ गोेल अन्तरले पराजित गरेको थियो । तैयारी कपडा व्यवसायी संघ तर्फबाट प्रकाश शर्माले १ गरेका थिए । जुत्ता चप्पलका विष्णु […]
मेयर कप टि-२० अन्तर विद्यालय क्रीकेट प्रतियोगिताको उपाधी एबिसिलाई
नेपालगन्ज,फाल्गुन,९- नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी एबिसिले हात पारेको छ । बुधबार सम्पन्न उक्त प्रतियोगितामा होलिल्याण्ड मावी र एबिसिको प्रतिस्पर्धा रहेको थियो। प्रतिस्पर्धामा होलिल्याण्ड माविलाई ७ विकेटले पाखा लगाउदैं एविसिले उपाधी हात पार्न सफल भएको हो। एबिसी विजयी हुँदा होलिल्याण्ड मावी एविसिलाई ५१ हजार र रनर अफलाई २५ हजार पुरस्कार […]
अखाद्य चामल बेच्ने गर्ग फुड प्रोडक्ट्सलाई कारवाही गर्न व्यवसायीहरुको माग
नेपालगञ्ज, फाल्गुन,८- नेपालगञ्जको धम्बोझीस्थित गर्ग एग्री फुड प्रोडक्ट्सले मापदण्ड विपरित अखाद्य चामल विक्रि गरिरहँदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै खाद्य व्यवसायीहरु आक्रोशित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट उद्योगको इजाजत लिएपनि उद्योग नै सञ्चालन नगरी भारतको उच्च गुणस्तरको चामलको बोराको हुबहु नक्कल गरी उपभोक्तालाई झुक्याएर कमसल चामल उच्च दरमा विक्रि […]
बि गाउँमा तोकियो खजुरा गाउँपालिका केन्द्र
नेपालगन्ज, फाल्गुन,८- खजुरा गाउँपालिकाको चौथो गाउँसभाले खजुरा गाउँपालिकाको केन्द्रको टुंगो लगाएको छ ।खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा आज बुधवार बसेको गाउँपालिकाको चौथो सभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुंगो लगाइएको हो । वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने गरी दुईतिहाई सदस्यले सभाबाट पारित गरेका हुन् […]
नेपाल चिकित्सक संघ बाँकेले सप्ताहव्यापी कार्यक्रम गर्ने
नेपालगन्ज ,फाल्गुन,८- नेपाल चिकित्सक संघ बाँकेले चिकित्सक दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।प्रत्येक वर्ष जस्तै यश वर्षको चिकित्सक दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा(बिनोद कुमार कर्णले बताए । यहीँ फागुन १४ गते देखि फागुन २० गते सम्म कार्यक्रम गरिने उनले बताए । जस अन्तर्गत […]
नेपालकै ठूलो ५ औ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुन मात्र २ दिन बाँकि
नेपालगन्ज , फाल्गुन,८- नेपालकै ठुलो पाँचौ एजुकेसन फेर सम्पन्न हुन मात्र २ दिन बाँकी रहेको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० […]

