विश्वकपमा आज ३ खेल : जापानले कोलम्बिया संग खेल्ने

काठमाडौं,असार,५- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एचको खेलमा कोलम्बिया र जापान भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे पोल्याण्डले सेनेगलसंग खेल्नेछ । आज असार ४ गते हुने खेलहरुको समय तालीका साँझ ५:४५, कोलम्बिया र […]

प्रधानमन्त्री ओली छ दिने भ्रमणमा चीन प्रस्थान

काठमाण्डौं,असार,५- प्रधानमन्त्री केपी शर्मा ओली एक सय १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी छ दिने चीन भ्रमणमा निस्किनु भएको छ । आज मंगलबार प्रधानमन्त्री ओलीको टोली नेपाल–चीन साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी बिहान ९ बजे काठमाडौंबाट उडेर चिनियाँ समय अनुसार साँझ सवा ५ बजे चीनको राजधानी बेइजिङ उत्रिनुहुनेछ । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक […]

पानामामाथि बेल्जियमको शानदार जित

काठमाण्डौं,असार,५- विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । पानामालाई ३-० ले हराउँदै बेल्जियमले विश्वकप फुबटलमा शानदार सुरुवात गरेको हो । गएराति सोचीस्थित ओलम्पिक रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा बेल्जियमले लय समात्यो । ४७ औं मिनेटमा ड्राईज मर्टिन्सले गोल गर्दै टोलीलाई अग्रता दिए । […]

स्वीडेन संग दक्षिण कोरिया पराजीत : भोली जापानले कोलम्बियासँग खेल्ने

काठमाडौं,असार ४- रुसमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले खराब सुरुआत गरेको छ ।समूह ‘एफ’को कोरियाले सोमबार भएको आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० को हार व्यहोरेको हो । खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमा स्वीडेनले गोल गरेको थियो ।दक्षिण कोरियाका दुई खेलाडीले पहेंलोकार्ड पाए । कोरियाले गोलका लागि एउटा पनि प्रहार गर्न सकेन । दक्षिण कोरियाको हारसँगै […]

विश्वकप फुटबलमा तीन खेल: आज स्वीडेन र दक्षिण कोरिया भिड्ने

काठमाडौं,असार,४- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे नोभ्गोरोद रंगशालामा हुनेछ । राति पौने ९ बजे सोचीको ओलम्पिक रंगशालामा बेल्जियमले पानामासँग खेल्नेछ । एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायन जस्ता स्टार खेलाडीहरुले भरिएको बेल्जियमलाई रुस विश्वकपको […]

जर्मनी पहिलो खेलमै पराजित : ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

काठमाडौं, असार,४- विश्वकपको प्रमुख दावेदार मानीएको साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ  । उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले हराएको छ । समुह एफ को पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग १-० को हार बेहोरेको हो ।खेलमा मेक्सिकोलाई जिताउन हिर्भिङ जुजानोको ३५ औ मिनेटमा गरेको गोल […]

वडा नं १२ द्वारा दोस्रो वडा भेला सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज,असार,३- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ ले अाफनो दोस्रो भेला अाज सम्पन्न गरेको छ ।वडावासीहरुको उपस्थितिमा वडाका समस्याहरु, कुन टोललाई प्राथमिकतामा राखेर काम गर्ने , गत साल विनियोजन भएको रकम कहाँ खर्च गरियो भन्ने विषय बस्तुमा जोड दिएको वडा अध्यक्ष बुद्धि सागर सुवेदीले बताउनु भयो । कार्यक्रममा अध्यक्षता पनि स्वयं उहाँलेनै गर्नु भएको थियो […]

विश्वकप फुटबलमा आज तिन खेल : ब्राजिल र स्वीजरल्याण्डको खेल राती हुने

काठमाडौं,असार,३- विश्वकप फुटबलमा आज तिन खेल हुनेछन् । आज समूह ई र एफ का पहिलो चरणका खेलहरु हुन लागेका हुन् ।आजको पहिलो खेल नेपाली समयअनुसार साँझ ५:४५, बजे हुने  खेलमा कोस्टारिका र सर्बियाबिच हुनेछ । यसैगरी साँझ ८:४५, बजे हुने खेलमा यसपटक पनी विश्वकपको दावेदारको रुपमा मानीएको टिम जर्मनीले मेक्सिको संग दोस्रो खेल खेल्नेछ ।मेक्सिको पनी उत्तिकै […]

मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा : अर्जेन्टिना र अाइसल्याण्ड १-१ को बराबरीमा रोकियो

रुस,असार,२- रुसमा जारी विश्वकपमा कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ। खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलाई लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए।  […]

विश्वकप उपाधिको दाबेदार फ्रान्सको विजयी सुरुवात

काठमाडौं, असार,२- विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत आज शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोइन ग्रीजमन र पउल पोग्बाले १–१ गोल गरे । […]