नेपालगन्जमा ईद धुमधामका साथ मनाउँदै

के-पी-घिमिरे/ नेपालगन्ज,असार,२- मुस्लिम धर्मावलम्बीको चाड ईद-उल-फित्र बाँकेको नेपालगन्जमा पनि अाज धुमधामका साथ मनाईएको छ। नेपालगन्ज बि-पी-चोक स्थित जामा मस्जिदमा हजारौंको सङ्ख्यामा जम्मा भई बिहान ९ बजे सामूहिक नमाज पढी ईद पर्वको खुसियाली साटासाट गरिएको छ । यस पर्वमा खुसियाली साटासाट गर्न नेकपाका बाँके जिल्लाका नेताहरु दामोदरप्रसाद अाचार्य, देबराज भार, रत्न खत्री, पदम प्रसाद धिताल, त्यसै गरी […]

रोनाल्डोको ह्याट्रिक पुरा : स्पेन र पोर्चुगल बराबरीमा रोकिए

काठमाण्डौं,असार,२- रसियामा जेठ ३१ गतेबाट शुरु भएको विश्वकप फुटबलमा ह्याट्रिक प्रहार गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन्। स्पेनविरुद्ध निर्धारित समयको खेलको अन्तिम समयमा डी बक्स बाहिरबाट फ्रिकिकबाट गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरेका हुन्। उनको ह्याट्रिकसँगै खेल ३-३ को बराबरीमा सकिएको छ। रोनाल्डोले खेलको तेस्रो मिनेमा नै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका […]

विश्वकप फुटबलमा उरुग्वेको विजयी सुरुवात

काठमाडौं, असार,१- रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ ।शुक्रबार भएको समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको ८९औं मिनेटमा जोस गिमेनेजले हेडगोल गरे । यसअघि, उरुग्वेले प्रहार गरेका दुई बललाई इजिप्टका गोलकिपरले विफल पारिदिएका थिए भने एउटा प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । इजिप्टले तीन […]

विश्वकपमा आज ३ खेल हुदै : रुससंग साउदी अरबीया ५-० ले पराजीत

काठमाडौँ,असार,१- हिजोबाट शुरु भएको विश्वकपमा बिभिन्न देशबीच आज ३ खेल हुँदैछ ।जसमा पहिलो खेल ईजिप्ट बिरुद्ध उरुग्बे, दोश्रो खेल मोरक्को बिरुद्ध इरान खेल्दैछ भने आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनले खेल्दैछ । नेपाली खेलप्रेमीहरुलाई आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनको खेल निकै चासोको बिषय हुनेछ । विश्वकप उद्घाटन खेलमा घरेलु टिम रुसले साउदी अरवलाई ५-० गोलअन्तरले पराजित […]

विश्वकप फुटबल आजबाट शुरु हुदै : पहिलो खेल रसिया र साउदी अरबीयाबीच हुने

रसिया,मस्को,जेठ,३१- विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट शुरु हुदैछ। विश्वकप फुटबलमा ३२ वटा वटा राष्ट्रहरूको टोलीले सहभागीता जनाउदैछन् ।रसियाको राजधानी मस्कोमा आज साँझ भव्य रुपमा विश्वकप समारोह उद्घाटन हुदैछ । उद्घाटन लगत्तै आयोजक रसिया र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल नेपाली समय अनुसार बेलुका ८:४५ हुनेछ ।रसियाका विभिन्न ११ शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् […]

नेपाल स्वास्थ्यकर्मी र कर्मचारी युनियनद्वारा फलफूल वितरण गरी जन्मोत्सव मनायो

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,३०- लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको प्रतिष्ठान स्तरको ट्रेड युनियन स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले अाफनो केन्द्रीय ९ अौं बार्षिक उत्सव नेपालगन्जमा रहेको नील सागर बृद्धाश्रममा गई त्यहाँका शिव पार्वती बुबा अामालाई फलफूल तथा अौषधि वितरण गरी मनाएको छ । मानवीय सोच, सामाजिक कार्य गर्ने उद्देश्यले बाँके […]

गुण्डाको राज नेपालमा धेरै दिन टिक्दैनः गृहमन्त्री थापा

काठमाडौं, जेठ ३०- गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाउनु भएको छ । क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिनुभयो । आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उहाँको प्रतिवद्धता थियो । व्यवसायीको जिउधन […]

स्व- अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार समाजसेवी रामलखन थारुलाई प्रदान

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२९- बाँके जिल्लाका समासेवी, व्यापारी , राजनीति व्यक्ति स्व- अच्युत राज सुवेदी स्मृति प्रतिभा पुरस्कार राप्ती सोनारी गाउँ पालिका ७ का रामलखन थारुलाई अाज एक कार्यक्रममा प्रदान गरिएको छ ।२०७२ बैशाख १२ गते अाएको महा भुकम्पमा घाइते भई उपचार गराउदै गर्दा २०७२ जेष्ठ २९ गते स्व- अच्युत राज सुवेदीको मृत्यु भएको थियो। उहाँको […]

ट्रम्प र किमबीच चारबुँदे सहमतिमापत्रमा हस्ताक्षर

काठमाडौं,जेठ,२९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्णपरमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने ऐतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरको सेन्तोसा टापुमा अवस्थित कापेला होटलमा दुई नेताबीच भएको वार्तापछि चारबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।सहमतिपत्रमा ‘संयुक्तराज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका […]

दिल्ली नेपालगन्ज हवाई उडानका लागि पुनः पहल

नेपालगञ्ज,जेठ,२९- दिल्ली नेपालगन्ज हवाई उडानका लागि आवश्यक पहल गरिदिन पुन :जोडदार माग गरिएको छ । नेपालगञज उपमहानगरपालिकाको विशेष पहलमा आज बसेको सर्वपक्षिय, सर्वदलीय वैठकले एकतर्फी हवाई मार्गलाई दुईतर्फी गर्नको लागि भारत सरकारसँग अनुमतिको लागि आवश्यक पहल गरिदिन माग गरेको हो । पुर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माको विशेष उपस्थितिमा बाँकेका मुख्य राजनीतिक दलका प्रमुख, ८ […]