काठमाडौं,असार,८- रसियामा जारी विश्वकप फुटबलमा उपाधी दाबेदार मानिएको ब्राजिलले पहिलो जित दर्ता गरेको छ । निर्धारित ९० मिनेटको समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । ब्राजिलका लागि कौटिन्हो र नेइमारले १-१ गोल गरे । यसअघी गोलरक्षक केइलर नाभासले उत्कृष्ट प्रदर्शन गरेपछि कोष्टारिकाले ब्राजिललाई ९० मिनेट सम्म […]
समाचार
जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने
फुकुओका,जापान,असार,८- जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको हो । फुटसल प्रतीयोगीता यहि असाढ २३ गते शनीबार अर्थात जुलाई ७ तारिख (दोयोबि) का दिन फुकुओकाको हिगासी कु मात्सुईयामा बिहान १० बजेबाट शुरु हुने आयोजक टिमका सदस्य सन्जीव राना मगरले बिहानीलाई जानकारी दिनुभएको छ […]
विश्वकपमा आज तीन खेल : अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै
काठमाडौं,असार,८- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । पाँचौं समूहको पहिलो खेलमा ब्राजिल र कोस्टारिका भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे नाइजेरियाले आइसल्याण्ड संग चौथो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने १२ बजे पाँचौ समूहको खेलमा सर्बियाले स्विट्जरल्याण्ड संग […]
अर्जेन्टिनाको लज्जास्पद हार : क्रोएसिया संग ३ शुन्यले पराजीत
काठमाडौ,असार,८- विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो । क्रोएसियालाई सनसनीपूर्ण विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल […]
विश्वकप फुटबलमा आज तीन खेल : डेनमार्कले अस्ट्रेलिया संग खेल्ने
काठमाडौं,असार,७- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । तेस्रो समूहको पहिलो खेलमा डेनमार्क र अस्ट्रेलिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे फ्रान्स र पेरु संग तेस्रो समूहको खेल खेल्नेछ । यस्तै अर्को खेलमा राति पौने १२ बजे चौथो समूहको […]
विश्वकपमा आज तीन खेल : पोर्चुगलले मोरस्को संग भिड्ने
काठमाडौं,असार,५- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । दोस्रो समूहको पहिलो खेलमा पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे उरुग्वेले साउदी अरेबिया संग पहिलो समूहको खेल खेल्नेछ । यस्तै अर्को खेलमा राति पौने १२ बजे […]
चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाण्डौं,असार,६- चीनको ६ दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङसंग भेटवार्ता सुरु भएको छ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । त्यसअघि, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणकाक्रममा […]
जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने
नेपालगंज,असार,६- बाँकेको जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने भएको छ । आज बुधबारका दिन नेपालगंज उपमहानगपालीका र जयसपुर स्वास्थ्य चौकीको आयोजनामा नेपालगंज उपमहानगपालीका वडा नं. १६ जयसपुरमा शिविर संचालन गर्न लागेको हो । समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निशुल्क उपचार गर्दै पुर्नस्थापना गर्ने उद्देश्यका साथ शिविर संचालन गर्न लागिएको हो । शिविर बिहान […]
पशु कल्याण निर्देशिका कार्यान्वयनमा जोड
नेपालगञ्ज,असार,५- पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा सम्वन्धी नेपालगञ्जमा मंगलबार एक दिने परिचयात्मक कार्यक्रम गरिएको छ । दिगो अश्व कल्याणका लागि मानव आचरण रुपान्तरण र कार्यपद्धति सुधार परियोजना अन्तरर्गत आज (मंगलबार) विहान अश्व प्रजातिका पशुहरु घोडा, खच्चड र गधाको अधिकारका क्षेत्रमा लक्षित कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा.बेद […]
विश्वकपमा जापानको शानदार जित : जितसँगै जापानको ३ अंक
काठमाडौं, असार, ५- जापानले विश्वकप फुटबलमा शानदार विजयी सुरुआत गरेको छ ।आज मंगलबार भएको समूह ‘एच’को खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गर्यो । खेलको छैटौं मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको थियो । सिन्जी कागावाले पेनाल्टीमार्फत् गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । कोलम्बियाका कार्लोस सान्चेजले ‘डी बक्स’भित्र हातले बल रोकेपछि चौथो मिनेटमा रातोकार्ड […]
