काठमाण्डौं,जेष्ठ,२- मकालु एयरको जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज अाज विहानै देखि सम्पर्कविहिन भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले दिएको जानकारीअनुसार सिमिकोट एयरपोर्टबाट ७.७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।अहिले घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ । दुर्घटनामा परी दुवै जनाको मृत्यु […]
समाचार
इसिडि शिक्षक पनि न्याय माग्दै सिंहदरवारमा
काठमाडौं,जेष्ठ,१- अस्थायी शिक्षक, विद्यालय कर्मचारी पछि प्रारम्भिक बाल विकास(इसिडि)मा कार्यरत शिक्षक पनि न्यायका लागि सिंहदरवार धाएका छन् ।शिक्षा ऐनको आठौं संशोधनले इसिडीलाई विद्यालय तहमा समायोजन गरेपनि मासिक ६ हजारमा काम गर्न बाध्य देशभरका इसिडीका शिक्षकहरु न्याय माग्दै सिंहदरवार पुगेका हुन् । उनीहरु दुई महिनाको तलव खर्च बोकेर न्यायका लागि सिंहदरवार आएका हुन् । सयौंका संख्यामा […]
वडा कप रात्रीकालिन कबड्डीको उपाधी खजुरालाई
नेपालगञ्ज,जेठ,१- नेपालगन्जमा जारी खुल्ला वडा स्तरीय वडा कप रात्रीकालिन कबड्डी प्रतियोगिताको उपाधी खजुरा गाउपालिका वडा न ८ ले जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयद्धारा २६ गतेदेखि सञ्चालित खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगिताको फाईनलमा वडा न ४ को महेन्द्र स्पोर्टस क्लवलाई हराउँदै खजुराले उपाधीमा कव्जा जमाएको हो । सोमबार अवेर राती सम्पन्न […]
निशुल्क स्वास्थ्य शिविरमा ७ सयको स्वास्थ्य परिक्षण
सिर्जना बर्देवा/ ओखलढुंगा, बैशाख, ३१- जिल्ला स्वास्थ्य कार्यालय र चम्पादेवी गाउँपालिका वडा नं. ७ ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । वडा कार्यालय, फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो […]
बसको ठक्करबाट ७ बर्षिय बालकको मृत्यु
के-पी-घिमिरे/ नेपालगन्ज, बैशाख,३१- बाँके जिल्लाको बैजनाथ गाउँ पालिका ६ जि गाउँ चोकमा नगर बसले ठक्कर दिदा पैदल यात्री जिल्ला बर्दिया गुलरिया नगर पालिका १२ बस्ने पैदल यात्री वर्ष ७ का बिक्की चौधरीको मृत्यु भएको छ । आज दिउसो १२:३० बजे निज चौधरीलाई ना-५ ख ५२८६ न- को नगर बसले ठक्कर दिई निजलाइ तत्काल नेपालगन्ज मेडिकल […]
सामाजिक विकास मन्त्रीले गरे स्वास्थ्य र शिक्षा क्षेत्रको छड्के निरीक्षण
के -पी – घिमिरे/ बाँके,बैशाख,३०- प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज बाकेको नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताल , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला शिक्षा कार्यालयको निरीक्षण गर्नु भएको छ । हिजो राती नेपालगन्जमा मन्त्रालयका टोलीसित आउनु भएको मन्त्री वरालले कहिँ कसैलाई जानकारी नदिइ एक्कासी पहिला भेरी अञ्चल अस्पतालको […]
बाँकेका स्वास्थ्यकर्मीहरुले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र
के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,३०- प्रदेश नं ५ का सामाजिक विकास मन्त्री स्वास्थ्य र शिक्षाक्षेत्रको निरीक्षणमा अाएको बेलामा बाँके जिल्लामा रहेका बाम घटक नजिकका संघ/संगठनहरुले सामाजिक विकास मन्त्री सुर्दशन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालगन्ज स्थित किचन होटेलमा अाफना ४ बुदे माग राख्दै अखिल नेपाल प्रगतिशिल जन स्वास्थ्य कर्मी महा संघका अध्यक्ष कबिराम बुढाथोकी र नेपाल […]
चितवनको भाटभटेनीमा विप्लव कार्यकर्ताद्वारा ग्रिनेड बम विस्फोट
चितवन, वैशाख,३०- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् । आइतबार विहान ३:४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँले बम विस्फोट गराउनेको पहिचान भइसकेको र खोजी कार्य तिव्र पारिएको बताउनुभयो । […]
प्रधानमन्त्री ओलीद्वारा संसदमा सम्बोधन
काठमाडौँ,बैशाख,३०- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिनुभएको छ । मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै उनले जनकपुरमा मोदीको नागरिक अभिनन्दनको क्रममा अभिव्यक्त भएका केही कुराहरु राष्ट्रिय र कुटनीतिक मर्यादाको कसीमा कमजोर रहेको बताउनुभयो […]
विश्वकप फुटबलको पहिलो खेलमा नेपाल विजयी
काठमाडौं, वैशाख २९- रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको सडक बालबालिकाको विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा केन्यालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरे । प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको […]









