फुकुओका,चैत्र,२५- तमुधी समाजले जापानको फुकुओमा शनीबार आयोजना गरेको प्रथम भलिबल कपको उपाधि सुदूरपश्चिमेली समाज फुकुओका जापानले जितेको छ । उक्त प्रतियोगिताको विजयी टिमले २ लाख ऐन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । यस्तै प्रतीयोगीतामा उपविजेतामा चित्त बुझाउदै आयोजक टिम तमुधी क्युशु समाज फुकुओकाले १ लाख ऐन नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । ‘युवालाई खेलकुद, स्वास्थ्यलाई खेलकुद’ […]
समाचार
शितगंगा ४ का वडा अध्यक्ष दामोदर अधिकारी बिवादमा उपभोक्ताहरुद्धारा बाटो निर्माणमा अवरोध
अर्घाखाँची,चैत,२४- विकास निर्माणको वाहानमा बाटोघाटो निर्माण गर्ने सामुदायिक वन तथा अन्य प्राकृतिक असन्तुलन ल्याउन खोजेको स्थानियहरु तथा वन उपभोक्ताहरुले गुनासो गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ४ मा बाटोघाटोको सुविधा हुदाँहुँदै पनि अनावश्यक बाटो निर्माण गर्ने खोजेको र वन विनाश गर्न खोजेका वन उपभोक्ताहरुले आरोप लगाएका छन् । उनिहरुले यस्ता कार्यहरुमा स्थानिय जनप्रतिनिधिहरुको […]
जिभिएन माध्यामिक विद्यालयले मनायो २२ औँ वार्षिक उत्त्सव
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,चैत्र,२४- जिभिएन माध्यामिक विद्यालय नेपालगन्जले शनिबार आफ्नो २२ औँ वार्षिक उत्सव सब्य अनि भब्य तरिकाले मनाएको छ। जिभिएन स्कुल व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम विद्यालयले आफ्नै प्राङ्गनमा सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज नगर शिक्षा अधिकृत इश्वर पौडेल रहनु भएको थियो। त्यस्तै अतिथिहरु व्यवस्थापन समितिका […]
नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली
काठमाण्डौं,चैत,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताउनु भएको छ । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भएको हो । आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको […]
हैदराबादबाटै पाईपलाइन र वीरगञ्ज भन्सार जाँच चौकीको उद्घाटन
काठमाण्डू,चैत्र,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम प्रोडक्सन पाइपलाइन शिलन्यास गरेका छन्। संयुक्त वक्तव्य सार्वजनिक गर्न आज दिल्लीको हैदराबाद हाउसमा। आयोजित सम्मेलनमा दुबै प्रधानमन्त्रीले स्वीच थिचेर पाइपलाईन निर्माणको शिलन्यास गरेका हुन्। अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट […]
एमआरआइ काण्डमा वीपीका कर्मचारीले मागे पदाधिकारीको स्पष्ट धारणा
धरान,चैत्र,२३- भ्रष्टाचारको सिमा नाघेको भन्दै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । कर्मचारी कल्याण समाजले आज प्रतिष्ठानका पदाधिकारीलाई ध्यानाकर्षण गराउँदै भ्रष्टाचार र कर्मचारीसँग गरिएका सहमति र सम्झौता चैत्र मसान्त भित्र पालना गर्न ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय विभिन्न सञ्चार माध्यममा एमआरआई मेसिन खरिद, एमसिएच, कार्डियोलोजी र अंकोलोजी भवन […]
समाचारप्रति उपमहानगरपालिकाको ध्यानाकषर्ण
नेपालगञ्ज,चैत्र,२३- टेण्डर नखोलेरै ठेक्का दिइएको भन्ने आशयका सार्वजनिक समाचारप्रति नेपालगञ्ज उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ठेक्का प्रक्रिया विधिवत रुपमा भएको आधार प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले टेण्डर नै नखोलेर मिलेमतो गरेको भन्ने केहि सञ्चार माध्यममा प्रकाशीत तथा प्रशारित समाचारमा सत्यता नभएको भन्दै वास्तविकता सार्वजनिक […]
एनएमसीको सामाजीक कार्य बढ्दो
ज्ञानु संगम खड्का/ नेपालगञ्ज, चैत्र,२३- हाम्रो अभियान समाजिक उत्तरदायित्व भन्ने नाराका साथ आर्दश ग्रुप द्धारा सन्चालित नेपालगन्ज बहुमुखी क्याम्पस (एनएमसी) नेपालगन्जले शुक्रवार वृद्ध वृद्धा र अनाथ बालबालीकाहरुलाई सहयोग गरेको छ । क्यापसमा अध्यनरत विविएस प्रथम,दोस्रो र तेस्रो वर्षमा अध्यनरन्त विद्यार्थीहरु विभिन्न समुहमा विभाजित भई रकम सङ्कलन गरिएको शिक्षक थमन केसी.ले जानकारी दिनु भयो। विद्यार्थिहरुले ७१ […]
शिक्षक सेवा आयोगका अध्यक्ष गौतमलाई कार्बाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं,चैत्र,२२- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले चैत २१ गते बुधवार एक पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कार्बाही गर्न आदेशानुसार अनुरोध गरेको हो । शिक्षक सेवा आयोगका अध्यक्ष गौतमले सर्वोच्च अदालतमा झुठो प्रमाण पेश गर्दा हजारौं शिक्षक लाइसेन्स, शिक्षा […]
एमाले – माअाेवादी एकताका विषयमा सहमति जुट्न सकेन
काठमाडाै,चैत,२२- एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतासम्बन्धि प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्के लगत्तै टुङगो लगाइने भएको छ । एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको आज बसेको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषय टुङगो लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि […]










