काठमाडौं,माघ,१५- सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैया निकासा दिएको छ । कमवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैया भुक्तानी दिएको हो । आजको कारोबारमा खबर छ ।
समाचार
नेसनल टेड्रिङ खारेज हुने
काठमाडौं, माघ,१५- सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने भएको छ । घाटा चुलिएर सञ्चालन नै गर्न नसकिने अवस्थामा पुगेको संस्थानले जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिएको थियो । खारेज गर्नका लागि अर्थ मन्त्रालयको निजीकरण समितिले आइतबार आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो । समितिले पुस २४ गते निर्णय गरे पनि आपूर्तिले पत्र आइतबार प्राप्त गरेको […]
यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा
काठमाडौं,माघ,१५- वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको हो । सहमतिअनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुख पाउनेछ भने माओवादीलाई उपसभामुख दिइने भएको छ । प्रदेश ४ […]
निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र
सिन्धुपाल्चोक,माघ,१५- स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु बताउँछन् । आजको कारोबारमा खबर छ ।
कक्रोजको जन्मदिनमा मृगौला पिडित गायिकालाई ४० हजार सहयोग
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,माघ,१४- चर्चित नेपाली हास्य सिरिएल भद्रगोल का चर्चित कलाकार हरि निरौला(कक्रोज) को जन्मदिनको अवसरमा आईतबार भद्रगोल टिमले दुबै मृगौला फेल भएर काठ्मान्डौ टिचिङ्ग अस्पतालको सैयामा मृत्यु सङ्ग लडिरहेकी प्रतिभाकि धनी गायिका जलजला परियारलाई नगद रु.४० हजार सहयोग गरेको छ। सम्पुर्ण भद्रगोल टिम अस्पतालमै पुगेर पिडित जलजलाकी आमालाई रकम हस्तातान्तरन गरेको थियो।पिडित जलजला […]
आइपिएल खेल्ने पहिलो नेपाली सन्दिप लामीछाने
काठमाडौं, माघ,१४- विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्दिप लामिछाने खेल्ने भएका छन् । आइपिएल खेल्ने नेपाली खेलाडी मध्य सन्दिप पहिलो हुन् ।प्रतियोगिताका लागि हिजोदेखि जारी अक्सनमा १७ बर्षीय लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आज न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको हो । दुई बर्षअघि बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा […]
राष्ट्रियसभा चुनाव : उम्मेदवारको नामावली प्रकाशन आज गरिने
काठमाडौं,माघ,१४- राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका […]
ब्राजिलको नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु
काठमाडौं, माघ १४- ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् […]
प्रादेशीक महोत्सवको आज चौंथो दिन
बाँके,माघ,१४- बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज चौथो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने भएको छ । महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा आधुनीक गायीका अन्जु पन्त, लोकदोहोरी गायक वसन्त लम्साल, नृत्यांगाना खुस्वु खड्का लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । साथै आजबाट महोत्सवमा राहीमार्ट डान्सीङ स्टार प्रतियोगीता सुरु हुनेभएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ […]
राष्ट्रियसभा सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध चयन
काठमाडौं,माघ,१४- राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिनुभएको थियो । तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो । छानविन पश्चात आयोगले शनिबार थापाको […]






