दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता

काठमाडौं,माघ,१४- जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि […]

मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सी

काठमाडाैं,माघ,१४- मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन् । एमालेबाट मुख्यमन्त्रीका आकांक्षी अधिकांश नेता प्रदेश सभा संसदीय दलको नेताका लागि निर्वाचनमा भिड्ने तयारीमा छन् । […]

खाने गाँस छैन, मदिरा जताततै

अछाम,माघ,१४- जिल्लाको विकट बस्तीमा बाटो, बिजुलीलगायत विकास पूर्वाधारले छोएको छैन । चामल, मकै, गहुँ, कोदोलगायत अन्न प्रयाप्त छैन । धेरैलाई साँझ खाएपछि बिहान खान समस्या छ । तर, हरेक घरमा मदिरा सेवन हुने गरेको छ । गाउँमा घरेलुका साथै विभिन्न ब्राण्डका मदिरा पनि भित्रने गरेको रामरोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । गाउँमा हुने सभा, […]

एक्लाएक्लै एकता वार्ता-ओलीको आँखा प्रधामन्त्रीमा, दाहालको अध्यक्षमा

काठमाडौं,माघ,१४- पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले–माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ–आफ्नै रणनीतिमा देखिएका छन् । शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि […]

प्रादेशिक महोत्सवमा दर्शकहरुको घुईचो

राम सुनाम/ बाँके,माघ,१३- नेपालगन्जमा प्रादेशिक महोत्सव जारी छ । आज महोत्सवको तेस्रो दिन दर्शकहरुको घुइचो लागेको थियो । कार्यक्रममा चर्चित गायक राजनराज सिवाकोटी, हास्य कलाकार केदार घिमिरे माग्ने बुढा, देउडा गायक सज्जन धामी लगायत स्थानिय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुति दिएका थिए । आज बिदाको दिन भएकाले पनि दर्शकहरुको उत्साहजनक उपस्थिती थियो । स्टलहरुमा व्यापार पनि उत्साहजनक […]

जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

मिलन मगर/ फुकुओका,जापान,माघ,१३- जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । फुकुओकाको एक व्यवसायीक स्कूलमा पहिलो वर्षमा अध्ययनरत अर्घाखाँची सन्धीखर्क नगरपालिका ११ दिर्भमका २३ वर्षीय प्रकाश आचार्यको मुत्यु भएको हो । आचार्यलाई माघ १० गते अर्थात २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको “वी फर अल जापानका” अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । […]

खेलकुद सामग्री बितरण तथा सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,माघ,१३- “अन्तराष्ट्रीय जगतमा राष्ट्रीय पहिचानको लागि खेलकुद” भन्ने मुख्य नारा सहित नेपालगन्ज ब्याडमिन्टन क्लबद्वारा आयोजित खेलकुद सामग्री बितरण तथा सम्मान कार्यक्रम शनिबार नेपालगन्जको रङगशालामा सम्पन्न भएको छ। नेपालगन्ज ब्यडमिन्टन क्लबका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ११ जना महिला खेलाडी र १० जना पुरुष खेलाडी गरि २१ जना खेलाडिलाई टिसर्ट […]

सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं, माघ,१३- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गर्नु भएको छ । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा आज गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताउनुभयो । आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने […]

कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा : प्रचण्ड

चितवन, माघ १३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका पछिल्ला निर्णयले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा भएको बताउनु भएको छ । आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले कामचलाउ सरकारले दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा कांग्रेसलाई नै घाटा हुने टिप्पणी गर्नुभयो । उहाँले नयाँ […]

प्राज्ञिक विद्यार्थी परिषद नेपालको रक्तदान कार्यक्रम सम्पन्न

रोशन घर्ति/ घोराही,माघ,१३- प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही नगर समितीको आयोजनामा रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तसञ्चार केन्द्र घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नगर सचिव रोशन घर्तिको अध्यक्षता एंव रक्तसञ्चार केन्द्रका ईन्चार्ज दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । कालिका केसी,मञ्जु पौडेल, गोविन्द न्यौपान, […]