मिलन मगर/ फुकुओका,जापान,माघ,१७- नुवाकोट समाज क्युशुले मंगलबार जापानमा क्षेत्रीय कमिटी गठन गरेको छ । जापानमा नुवाकोटका बिभिन्न ठाँउबाट उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा कर्म भुमी बनाउदै आएका सबै नुवाकोट बासीलाई क्युशु क्षेत्रमा गोलाबद्ध गराउने उद्देश्यले नुवाकोट समाज क्युशु क्षेत्रिय कमिटी गठन गरेको हो । उक्त कमिटीले प्रकाश लामिछानेको नेतृत्वमा २३ सदस्य समिती गठन गरेको छ […]
समाचार
सहीदहरुको सम्झनामा कोहलपुरमा प्रभात र्याली
बाँके,माघ,१६- शहिदहरुको सम्झनामा कोहलपुरमा प्रभात फेरी र्यालीको आयोजना गरीएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभात फेरी र्यालीको आयोजना गरिएको हो । र्यालीको कोहलपुर चौराह बाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोण सभा गरिएको थियो । सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को […]
राष्ट्रियसभा निर्वाचन : नामावली प्रकाशन र चुनाव चिह्न आज प्रदान गरिने
काठमाडौं,माघ,१५- निर्वाचन आयोगले आज राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने भएको हो । आयोगले आज दिउँसो ३ देखि ४ बजेभित्र उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन […]
अध्यक्ष ओली र दाहालबीच भेटवार्ता
काठमाडौं, माघ,१५- नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सभा निर्वाचनमा बाम गठबन्धनलाई बढी सिटमा विजयी गराउनेबारेमा समीक्षा भएको हो । प्रदेश सभा गठन तयारी अन्तिम चरणमा पुगेको समयमा दुई नेताबीच राष्ट्रियसभा र प्रदेशसभाका […]
पशुपतिलाई लागुपदार्थ निषेधित क्षेत्र बनाइने
काठमाडौं, माघ,१५- विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि यो अभियान शुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, […]
उद्योग चलाउन सेनालाई डेढ अर्ब
काठमाडौं,माघ,१५- सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैया निकासा दिएको छ । कमवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैया भुक्तानी दिएको हो । आजको कारोबारमा खबर छ ।
नेसनल टेड्रिङ खारेज हुने
काठमाडौं, माघ,१५- सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने भएको छ । घाटा चुलिएर सञ्चालन नै गर्न नसकिने अवस्थामा पुगेको संस्थानले जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिएको थियो । खारेज गर्नका लागि अर्थ मन्त्रालयको निजीकरण समितिले आइतबार आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो । समितिले पुस २४ गते निर्णय गरे पनि आपूर्तिले पत्र आइतबार प्राप्त गरेको […]
यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा
काठमाडौं,माघ,१५- वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको हो । सहमतिअनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुख पाउनेछ भने माओवादीलाई उपसभामुख दिइने भएको छ । प्रदेश ४ […]
निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र
सिन्धुपाल्चोक,माघ,१५- स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु बताउँछन् । आजको कारोबारमा खबर छ ।
कक्रोजको जन्मदिनमा मृगौला पिडित गायिकालाई ४० हजार सहयोग
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,माघ,१४- चर्चित नेपाली हास्य सिरिएल भद्रगोल का चर्चित कलाकार हरि निरौला(कक्रोज) को जन्मदिनको अवसरमा आईतबार भद्रगोल टिमले दुबै मृगौला फेल भएर काठ्मान्डौ टिचिङ्ग अस्पतालको सैयामा मृत्यु सङ्ग लडिरहेकी प्रतिभाकि धनी गायिका जलजला परियारलाई नगद रु.४० हजार सहयोग गरेको छ। सम्पुर्ण भद्रगोल टिम अस्पतालमै पुगेर पिडित जलजलाकी आमालाई रकम हस्तातान्तरन गरेको थियो।पिडित जलजला […]





