धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

धनुषा, माघ १३- धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटासुमो आज बिहान २:३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

प्रादेशिक महोत्सवको आज तेस्रो दिन

बाँके,माघ,१३- बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज तेस्रो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने छ । महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा राष्ट्रिय लोक तथा दोहारी गायक राजन राज सिवाकोटी, सज्जन धामी , यस्तै हास्य कलाकार केदार घिमिरे ( माग्ने बुढा ) को विजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । आज शनीबार परेको हुनाले पनी दर्शकहरुको उल्खनीय […]

सात दिने आधारभुत उद्घोषण तालिम सम्पन्न

राम सोनाम/ बाँके,माघ,१२- भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जले सञ्चालन गरेको सात दिने आधारभुत उद्घोषण तालिम आज सम्पन्न भएको छ । युवाहरुमा बोल्ने क्षमताको बिकास गरी सफल उद्घोषक उत्पादन गर्ने उद्धेश्यले सो तालिम आयोजना गरिएको थियो । कार्यक्रमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि चिरञ्जीवी शर्माले तालिमबाट उद्घोषणको बारेमा जानकारी भएको बताए । उनले आगामि […]

राष्ट्रहितविपरीतका निर्णय नयाँ सरकारले खारेज गर्छ : ओली

पोखरा, माघ,१२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाउनु भएको छ ।सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको बताउनुभयो । भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहितविपरीतका निर्णयहरुलाई आगामी सरकारले […]

राज्यको ढुकुटी बढाएको कांग्रेसले खर्च गर्ने हैसियत राख्छ : विश्वप्रकाश

काठमाडौं,माघ,१२- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताउनु भएको छ । ६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्दै शर्माले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताउनुभयो । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भन्नुभयो ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ । कांग्रेसले कुनै […]

ओखलढुंगाको पात्ले माबिमा बिदेशी संस्था द्धारा चार कोठे भवन निर्माण

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,१२- ओखलढुंगाको मोलुङ गाउँपालिका ७ स्थित पात्ले माबिलाई बिदेशी संस्थाले बिद्यालय भवन निमार्ण गरिदिएको छ । २०७२ सालको भुकम्पले बस्नै नमिल्नेगरी बिद्यालय भवन भत्किएपछि टिएलसीमा बस्दै आएका बिद्यार्थीहरुलाई अब भने सहज हुने भएको छ । नेपाल अस्टेलीयन फेन्डसीप एसोसीयसन नामक एक संस्थाले शिक्षा बिभागबाट स्वकृत लिई चार कोठे आरसीसी भबन निमार्ण गरिदिएको हो […]

एमाले–माओवादी कम्युनिष्ट होइनन : सिपी गजुरेल

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,१२- नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमाले माओवादी केन्द्रबीचको बाम गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् ।  नेकपा क्रान्तिकारी माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]

विद्यानिलकण्ठ मावीको २७ औँ बार्षिकोउत्सव सम्पन्न

रोशन घर्ती/ घोराही,माघ,१२- आज घोराहीमा रहेको विद्यानिलकण्ठ मावीले २७ औँ बार्षिकोउत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । प्रबन्ध निर्देशक शरदकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं.१५ का अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयले अत्यन्तै राम्रो प्रगती गरेको र भविष्यमा पनि राम्रो गर्ने साथै विद्यालयमा अनुशासन विद्यार्थीहरु रहेको बताएका […]

एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं, माघ ११- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि अतिक्रमण सह्य नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छपकैया सीमा अतिक्रमणबारे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै उहाँले एक इन्च नेपाली भूमि कसैलाई नछाड्ने दृढता व्यक्त गर्नुभयो । दुबै संगठनका विद्यार्थी नेताहरुले वीरगञ्जको छपकैयामा देखिएको सीमा विवादको छानबीन गर्न र तत्काल समाधान गर्न प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो […]

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने

काठमाडौं, माघ ११- राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि हिजो भएको मनोनयनदर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । उम्मेदवारी दर्ता भएका […]