काठमाडौं, माघ,१४- विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्दिप लामिछाने खेल्ने भएका छन् । आइपिएल खेल्ने नेपाली खेलाडी मध्य सन्दिप पहिलो हुन् ।प्रतियोगिताका लागि हिजोदेखि जारी अक्सनमा १७ बर्षीय लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आज न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको हो । दुई बर्षअघि बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा […]
समाचार
राष्ट्रियसभा चुनाव : उम्मेदवारको नामावली प्रकाशन आज गरिने
काठमाडौं,माघ,१४- राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका […]
ब्राजिलको नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु
काठमाडौं, माघ १४- ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् […]
प्रादेशीक महोत्सवको आज चौंथो दिन
बाँके,माघ,१४- बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज चौथो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने भएको छ । महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा आधुनीक गायीका अन्जु पन्त, लोकदोहोरी गायक वसन्त लम्साल, नृत्यांगाना खुस्वु खड्का लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । साथै आजबाट महोत्सवमा राहीमार्ट डान्सीङ स्टार प्रतियोगीता सुरु हुनेभएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ […]
राष्ट्रियसभा सदस्यमा कांग्रेस उम्मेदवार निर्विरोध चयन
काठमाडौं,माघ,१४- राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिनुभएको थियो । तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो । छानविन पश्चात आयोगले शनिबार थापाको […]
दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता
काठमाडौं,माघ,१४- जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि […]
मुख्यमन्त्री बन्न नेताहरूको आन्तरिक रस्साकस्सी
काठमाडाैं,माघ,१४- मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ । संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन् । एमालेबाट मुख्यमन्त्रीका आकांक्षी अधिकांश नेता प्रदेश सभा संसदीय दलको नेताका लागि निर्वाचनमा भिड्ने तयारीमा छन् । […]
खाने गाँस छैन, मदिरा जताततै
अछाम,माघ,१४- जिल्लाको विकट बस्तीमा बाटो, बिजुलीलगायत विकास पूर्वाधारले छोएको छैन । चामल, मकै, गहुँ, कोदोलगायत अन्न प्रयाप्त छैन । धेरैलाई साँझ खाएपछि बिहान खान समस्या छ । तर, हरेक घरमा मदिरा सेवन हुने गरेको छ । गाउँमा घरेलुका साथै विभिन्न ब्राण्डका मदिरा पनि भित्रने गरेको रामरोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । गाउँमा हुने सभा, […]
एक्लाएक्लै एकता वार्ता-ओलीको आँखा प्रधामन्त्रीमा, दाहालको अध्यक्षमा
काठमाडौं,माघ,१४- पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले–माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ–आफ्नै रणनीतिमा देखिएका छन् । शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि […]
प्रादेशिक महोत्सवमा दर्शकहरुको घुईचो
राम सुनाम/ बाँके,माघ,१३- नेपालगन्जमा प्रादेशिक महोत्सव जारी छ । आज महोत्सवको तेस्रो दिन दर्शकहरुको घुइचो लागेको थियो । कार्यक्रममा चर्चित गायक राजनराज सिवाकोटी, हास्य कलाकार केदार घिमिरे माग्ने बुढा, देउडा गायक सज्जन धामी लगायत स्थानिय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुति दिएका थिए । आज बिदाको दिन भएकाले पनि दर्शकहरुको उत्साहजनक उपस्थिती थियो । स्टलहरुमा व्यापार पनि उत्साहजनक […]










