जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

मिलन मगर/ फुकुओका,जापान,माघ,१३- जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । फुकुओकाको एक व्यवसायीक स्कूलमा पहिलो वर्षमा अध्ययनरत अर्घाखाँची सन्धीखर्क नगरपालिका ११ दिर्भमका २३ वर्षीय प्रकाश आचार्यको मुत्यु भएको हो । आचार्यलाई माघ १० गते अर्थात २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको “वी फर अल जापानका” अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । […]

खेलकुद सामग्री बितरण तथा सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,माघ,१३- “अन्तराष्ट्रीय जगतमा राष्ट्रीय पहिचानको लागि खेलकुद” भन्ने मुख्य नारा सहित नेपालगन्ज ब्याडमिन्टन क्लबद्वारा आयोजित खेलकुद सामग्री बितरण तथा सम्मान कार्यक्रम शनिबार नेपालगन्जको रङगशालामा सम्पन्न भएको छ। नेपालगन्ज ब्यडमिन्टन क्लबका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ११ जना महिला खेलाडी र १० जना पुरुष खेलाडी गरि २१ जना खेलाडिलाई टिसर्ट […]

सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं, माघ,१३- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गर्नु भएको छ । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा आज गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताउनुभयो । आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने […]

कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा : प्रचण्ड

चितवन, माघ १३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका पछिल्ला निर्णयले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा भएको बताउनु भएको छ । आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले कामचलाउ सरकारले दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा कांग्रेसलाई नै घाटा हुने टिप्पणी गर्नुभयो । उहाँले नयाँ […]

प्राज्ञिक विद्यार्थी परिषद नेपालको रक्तदान कार्यक्रम सम्पन्न

रोशन घर्ति/ घोराही,माघ,१३- प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही नगर समितीको आयोजनामा रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तसञ्चार केन्द्र घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नगर सचिव रोशन घर्तिको अध्यक्षता एंव रक्तसञ्चार केन्द्रका ईन्चार्ज दिलिप न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । कालिका केसी,मञ्जु पौडेल, गोविन्द न्यौपान, […]

धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

धनुषा, माघ १३- धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटासुमो आज बिहान २:३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

प्रादेशिक महोत्सवको आज तेस्रो दिन

बाँके,माघ,१३- बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज तेस्रो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने छ । महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा राष्ट्रिय लोक तथा दोहारी गायक राजन राज सिवाकोटी, सज्जन धामी , यस्तै हास्य कलाकार केदार घिमिरे ( माग्ने बुढा ) को विजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । आज शनीबार परेको हुनाले पनी दर्शकहरुको उल्खनीय […]

सात दिने आधारभुत उद्घोषण तालिम सम्पन्न

राम सोनाम/ बाँके,माघ,१२- भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जले सञ्चालन गरेको सात दिने आधारभुत उद्घोषण तालिम आज सम्पन्न भएको छ । युवाहरुमा बोल्ने क्षमताको बिकास गरी सफल उद्घोषक उत्पादन गर्ने उद्धेश्यले सो तालिम आयोजना गरिएको थियो । कार्यक्रमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि चिरञ्जीवी शर्माले तालिमबाट उद्घोषणको बारेमा जानकारी भएको बताए । उनले आगामि […]

राष्ट्रहितविपरीतका निर्णय नयाँ सरकारले खारेज गर्छ : ओली

पोखरा, माघ,१२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाउनु भएको छ ।सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको बताउनुभयो । भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहितविपरीतका निर्णयहरुलाई आगामी सरकारले […]

राज्यको ढुकुटी बढाएको कांग्रेसले खर्च गर्ने हैसियत राख्छ : विश्वप्रकाश

काठमाडौं,माघ,१२- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताउनु भएको छ । ६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्दै शर्माले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताउनुभयो । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भन्नुभयो ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ । कांग्रेसले कुनै […]