सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,१२- ओखलढुंगाको मोलुङ गाउँपालिका ७ स्थित पात्ले माबिलाई बिदेशी संस्थाले बिद्यालय भवन निमार्ण गरिदिएको छ । २०७२ सालको भुकम्पले बस्नै नमिल्नेगरी बिद्यालय भवन भत्किएपछि टिएलसीमा बस्दै आएका बिद्यार्थीहरुलाई अब भने सहज हुने भएको छ । नेपाल अस्टेलीयन फेन्डसीप एसोसीयसन नामक एक संस्थाले शिक्षा बिभागबाट स्वकृत लिई चार कोठे आरसीसी भबन निमार्ण गरिदिएको हो […]
समाचार
एमाले–माओवादी कम्युनिष्ट होइनन : सिपी गजुरेल
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,१२- नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमाले माओवादी केन्द्रबीचको बाम गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् । नेकपा क्रान्तिकारी माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]
विद्यानिलकण्ठ मावीको २७ औँ बार्षिकोउत्सव सम्पन्न
रोशन घर्ती/ घोराही,माघ,१२- आज घोराहीमा रहेको विद्यानिलकण्ठ मावीले २७ औँ बार्षिकोउत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । प्रबन्ध निर्देशक शरदकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं.१५ का अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयले अत्यन्तै राम्रो प्रगती गरेको र भविष्यमा पनि राम्रो गर्ने साथै विद्यालयमा अनुशासन विद्यार्थीहरु रहेको बताएका […]
एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्न सकिँदैन : प्रधानमन्त्री
काठमाडौं, माघ ११- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि अतिक्रमण सह्य नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छपकैया सीमा अतिक्रमणबारे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै उहाँले एक इन्च नेपाली भूमि कसैलाई नछाड्ने दृढता व्यक्त गर्नुभयो । दुबै संगठनका विद्यार्थी नेताहरुले वीरगञ्जको छपकैयामा देखिएको सीमा विवादको छानबीन गर्न र तत्काल समाधान गर्न प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो […]
राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने
काठमाडौं, माघ ११- राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि हिजो भएको मनोनयनदर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । उम्मेदवारी दर्ता भएका […]
ओखलढुंगाको उच्च हिमाली भेगमा हिमपात
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,११- ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । बुधबार बिहान भएको बर्षाका कारण हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजिबन प्रभाबित बनेको छ ।हिमपात पछि जिल्लामा एकाएक चिसो ह्वात्तै बढेको छ । चिसोले बिशेषगरी सर्बसाधरण नागरीकलाई प्रत्यक्ष असर पुर्याएको स्थानियले बताएका छन् । जिल्लाको खिजिकाती, खिजिफलाटे, पात्ले, श्रीचौर लगाएतका क्षेत्रमा […]
अागलागी नियन्त्रणका लागी पानी ट्याङकी निमार्ण गर्ने जिल्ला दैबिक प्रकोप उद्धार समितीको निर्णय
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,११- ओखलढुंगमा अगोलागीको घटना नियन्त्रणका लागी पानी ट्याङकी निमार्ण गरिने भएको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितीको बुधबार बसेको बैठकले सदरमुकाम स्थित कृष्ण मन्दिरको आसपासमा ट्याङकी निमार्ण गर्ने निर्णय भएको हो । ट्याङकी निमार्णपछि प्रत्यक स्थानमा पुग्ने पाईप समेत जडान गरिने सहमति भएको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताए । पाईपका […]
लिबियामा बम बिस्फोटमा परी २७ जनाको मृत्यु
एजेन्सी,माघ,१०- लिबियामा गराइएका श्रृंखलाबद्ध बम बिस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । पुर्वी लिबियास्थित बेंघाजी शहरमा एक मस्दिज नजिकै श्रृङ्खलाबद्ध कार बम विष्फोट हँदा २७ भन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एउटै स्थानमा भएको छुट्टाछ्ट्टै दुई विष्फोटमा कम्तीमा ३० जना घाइते भएको छन् । मृत्यु भएकामा अधिकांश सेना र सर्वसाधारण […]
राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली १५ गते सार्वजनिक हुने
काठमाडौ,माघ,१०- निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने कार्यसूचि रहेको जानकारी दिनु भएको हो । उहाँले सोही दिन निर्वाचन चिन्ह पनि प्रदान भएपछि निर्वाचन प्रचार अभियान पनि सुरु हुने स्पष्ट […]
राष्ट्रिय सभामा विवेकशील साझाले काँग्रेसलाई भोट हाल्ने
काठमाण्डौं,माघ,१०- भरपर्दो वैकल्पिक राजनीतिक शक्ति मानिएको विवेकशील साझा पार्टीले राष्ट्रिय सभामा नेपाली काँग्रेसलाई सघाउने भएको छ। प्रदेश तीनबाट विवेकशील साझाका तीन प्रदेश सांसद छन्। आफ्ना उम्मेदवारले जित्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै सो पार्टीले काँग्रेसलाई समर्थन गर्ने भएको हो। राष्ट्रिय सभा निर्वाचनमा प्रत्येक प्रदेश सदस्यको मतभार ४८ हुने व्यवस्था छ। यसअनुसार हेर्दा विवेकशील साझाको मतभार १४४ […]








