काठमाडौं,माघ,२७- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा जीप दुर्घटना हुँदा तीन जना वेपत्ता भएका छन् । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बा १ झ ३१४० जीप आज बिहान पौने ३ बजेतिर त्रिशुलीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सहित ३ जना बेपत्ता भएको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता भएकामा सचिव यादव, यादवका छोरा […]
समाचार
राष्ट्रियसभामा तीन जना सिफारिस
काठमाडौं,माघ,२७- सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालकुमार बस्नेत (झापा), चा“दनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ८६ को उपधार २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा […]
चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन आज
काठमाडौं,माघ,२७- निर्माणकार्य सम्पन्न भएपछि चमेलिया जलविद्युत् आयोजनाको आज औपचारिक उद्घाटन गरिदै छ । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाट क्षमताको आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले आज बिहान साढे ११ बजेपछि दार्चुलामा निर्माण भएको आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री […]
सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्षद्वारा नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग
मिलन मगर/ फुकुओका,जापान,२६- सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिंह मडैले नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकाहरूलाई पोशाक, झोला र कापीकलम वितरण गर्नु भएको हो । बिहिबार रौलेश्वर मा. वि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री विद्यालयका […]
जापानको फुकुओकामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट हुने
फुकुओका,जापान,माघ,२६- तेन्जिन ल्याड्स क्यूसु जापानको आयोजनामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट २०१८ प्रतीयोगीता हुने भएको छ । जापानको फुकुओकामा बस्दै आएका नेपाली विद्यार्थीहरुको स्वस्थ जिवन र खेलकुद विकासमा गुणस्तर बनाउनको लागी खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतीयोगीतामा सहभागी हुन फुकुओकामा आवद्व नेपाली फुटबल क्लवहरुलाई आयोजकले अनुरोध गर्दै निमन्त्रणा पनी गरेको छ । (हार्दिक […]
नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं
फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]
विश्व अर्वान फोरममा उपप्रमुख थारु
नेपालगञ्ज,माघ,२५- मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारुसहित नेपालबाट ५ जनाको सहभागिता हुने भएको छ । यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासीफिकको आयोजनामा आजसाँझदेखि ४ दिनसम्म सो कार्यक्रम चल्ने छ । एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरि २५ हजारको सहभागिता […]
विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने
काठमाडौं, माघ,२५- आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ । नेपाली टोली यसअघि सन् […]
उत्तर कोरियाले सैन्य परेड गर्ने
काठमाडौं,माघ,२५- शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको […]
कलेजी यो घाईते भयो बोलको गित सार्बजनीक
रोशन घर्ति/ दाङ,माघ,२५- चर्चित गायक युवराज चौलागाईको अर्को नया गित सार्वजनिक भएको छ । “कलेजी यो घाईते भयो” बोलको गित विन्दवासीनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । यो गित प्रत्युस एल्बममा बनेको गित हो । युवराज चौलागाईको आवाज रहेको प्रस्तुत गितमा विपिन किरणको शब्द,लक्ष्मण शेषको संगित,सचिन सिङको एरेन्ज रहेको छ । भने अजय रेग्मीको […]









