राष्ट्रिय महत्वको कुनै पनि निर्णय अब याे सरकारले गर्दैनः प्रधानमन्त्री देउवा

काठमाण्डाैं,मंसिर,२९- मधेस आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाएको थियो । प्रधानमन्त्री देउवाले आज आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले गर्ने बताउनु भएको छ । उहाँले सरकार काम चलाउ भएकाले राष्ट्रिय […]

अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नैः ईश्वर पोखरेल

काठमाण्डौं,मंसिर,२९- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री र एकतापछि पार्टीको अध्यक्ष पनि केपी ओली नै बन्ने दाबी गर्नु भएको छ । उहाँले पार्टी एकता प्रक्रिया र सरकार गठन पनि सँगसँगै अघि बढ्ने बताउनुभयो । ‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै दुविधा छैन,’ आज रिपोर्टर्स क्लबमा बोल्दै पोखरेलले […]

ओली र प्रचण्डबीच भेटवार्ता : राजनीतिक परिस्थितिका बारेमा छलफल

काठमाण्डौं,मंसिर,२९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । निर्वाचनपछि ओली र प्रचण्डबीच पहिलो पटक औपचारिक भेटवार्ता भएको हो। वाम गठबन्धनका शीर्ष नेता समेत रहेका ओली र प्रचण्डको काठमाडौँ जारी रहेको भेटवार्ताको स्थान भने खुलाइएको छैन। चुनावी परिणामपछि भएको पहिलो भेटमा दुई पार्टी बीचको एकता, नयाँ […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं,मंसिर,२८- राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परीणामत्रबारे जानकारी गराउनु भएको थियो । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कोशेढुंगाका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण र ठूलो जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । साथै अब मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरेको […]

प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव

काठमाडौं,मंसिर,२८- नेपाली कांग्रेसका नेता महेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न आफूहरु तयार रहेको बताउनु भएको छ। तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने उहाँको दाबी छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले भन्नुभयो परिवर्तनका एजेण्डालाई कार्यान्वयन गर्न माओवादीले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ […]

जे जे भन्छौ तिमी मलाई गीतबाट चर्चित अधिकारी

रोशन घर्ति दाङ,मंसिर,२८ मोडल रमेश अधिकारी चर्चित नाम हो । निजगढ बारा घर भएको उहाँको अहिलेको यात्रा काठमाण्डौँमा रहेको छ । सुगम पोखरेलको स्वरमा रहेको जे जे भन्छौ तिमी मलाई….बोलको गितमा अभिनय गरेपछि उहाँको चर्चा चुलिएको हो । यस्तै दर्जनौ गितमा अभिनय गरीसक्नु भएको छ । लोक,आधुनिक पप सबै प्रकार गितमा अभिनय गर्नुभएको उहाँको अभिनय […]

म्यानमारलाई १३ रनमै अलआउट गर्दै नेपाल सेमिफाईनलमा

काठमाडौं, मंसिर २८- नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताकोरुपमा नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थाइल्यान्डमा जारी प्रतियोगिताअन्तर्गत् आज दिउँसो सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५१ रनको लक्ष्य दिएको थियो । विस्फोटक ब्याटिङ गरेको […]

उपयोगी फर्सी

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,२८- फर्सी गाउँघर सहरवजार मा सर्वसुलभ रुपमा पाईने तरकारी हो । मुख्य गरी तरकारीको रुपमा खाइने फर्सी गर्मी र चिसो मौसममा खाइन्छ । पोषणको दृष्टिकोणले पोषिलो फर्सिमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । हरियो भन्दा पहेलो रंगको पाकेको फर्सीमा भिटामिन तथा खनिज तत्वहरुको मात्रा वढि हुन्छ । फर्सी का विभिन्न परिकारहरु वनाएर खान […]

कसैले तोड्न नसकेको एउटा किल्ला

डडेलधुरा,मंसिर,२८- बहुदल आगमनपछि सुरुवातमा ताप्लेजुङ, झापा, भोजपुर लगायतका पूर्वी पहाडी जिल्ला एमालेको किल्लाको रुपमा चिनिन्थे। पूर्वका मोरङ, सोलु, पश्चिमका लमजुङ, तनहुँ, डोटी, डडेलधुरा लगायतका जिल्लालाई कांग्रेसको किल्लाका रुपमा लिइन्थ्यो। अनि, रोल्पा–रुकुम–गोरखा लगायतका जिल्लाचाहिँ तत्कालिन संयुक्त जनमोर्चाको गढका रुपमा चिनिएका जिल्ला थिए। २०४८ को निर्वाचनमा दुबै सिट जितेर माओवादीले रोल्पालाई आफ्नो किल्ला प्रमाणित गर्‍यो। तर तीन […]

समानुपातिक तर्फको ६० जिल्लाको मतगणना सकियो

काठमाडौं,मंसिर,२८- मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, नेकपा एमालेले २६ […]