कांग्रेसलाई कमजोर ठाने वाम सरकारको आयु १८ महिना मात्रः चन्द्र भण्डारी

बुटवल,मंसिर,२७- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु निकै छोटो हुने चेतावनी दिनुभएको छ । निर्वाचन परिणामबाट कांग्रेस आत्तिनुनपर्ने समेत उहाँले बताउनुभयो ।बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ । अब […]

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल

  काठमाडौं,मंसिर,२७- देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने […]

रेशम चौधरीको प्रमाणपत्र सुरक्षित : प्रमुख आयुक्त

काठमाडौं, मंसिर,२७- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समानुपातिकमा बन्दसूचीका नामहरुलाई कुनैपनि हालतमा हेरफेर गर्न नपाइने बताउनु भएको छ । बुधबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको कार्यक्रममा उहाँले आयोगमा बुझाइएको बन्दसूचीअनुसार पहिलो, दोस्रो र तेस्रोमा रहेका नामहरुलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत र दोस्रो चरणमा ६८ दशमलव २ प्रतिशत मत खसेको […]

चुनावी प्रचार प्रसारका क्रममा गरेका वाचाहरु पुरा गर्ने रावलको प्रतिबद्धता

पवन मुडभरी/ कैलाली,मंसिर,२७- नेकपा एमालेका नेता एवम कैलाली क्षेत्र नं २ प्रतिनीधि सभावाट नवनिर्वाचित प्रतिनीधि सभा सदस्य झपट रावलले चुनावी प्रचार प्रसारका क्रममा आफुले गरेका वाचाहरु पुरा गर्ने प्रतिबद्धता जनउनुभएको छ । कैलालीको पवेशद्धार चिसापानीमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै रावलले यो जित आफ्नो मात्र नभएर यस क्षेत्रका जनताको भएको भन्नुभयो । आफुलाई अमुल्य मत […]

स्टेज क्विन भुमिकाको अर्को गित बजारमा

रोशन घर्ति दाङ,मंसिर,२७- स्टेज क्विन भुमिका गिरी थोरै गित बजारमा सार्वजनिक गराएर गितलाई हिट गराउने गायीका हुन । स्टेजको कार्यक्रममा नि कै व्यस्त रहने उनको अर्को गित बजारमा सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रका लागि एउटा चम्किला ताराको रुपमा चिनिने गायक रामजी खाँँड र पछिल्लो पुस्ताकी बहुचर्चित गायिका भूमिका गिरीको लोकदोहोरी गीत “सरर […]

“बेहोसीमै छु”बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,मंसिर,२७- गायिका खिमा सापकोटाको “बेहोसीमै छु” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा गायिका खिमा सापकोटा र कुलेन्द्र विश्वकर्माको स्वर रहेको छ । खिमा सापकोटाको शब्द, एल्बी सुवासको लयमा रहेको उक्त गितमा खिमा सापकोटा, दुर्गेश थापा, करण श्रेष्ठ र हरिभक्त श्रेष्ठले अभिनय रहेको छ। सुन्दर खड्काले निर्देशन र अमिल ओलीले सम्पादन गरेको […]

सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं, मंसिर, २७- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित निकालेको हो । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ […]

सुनसरी ३ मा कांग्रेस नेता गच्छदार विजयी

सुनसरी, मंसिर,२७- प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ । गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मार्नु भएको हो । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गर्नुभयो । गच्छदार […]

इँटा भत्किएर किच्दा एकजनाको मृत्यु,आठजना घाइते

चितवन,मंसिर,२७- चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर रोल्पा घर भएका ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु […]

चुनावमा हारेका नेता समेत सांसद बन्न सक्ने

काठमाडौं,मंसिर,२७- प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने ढोका संविधानले बन्द गरेको छैन । उनीहरु राष्ट्रियसभाको सांसद बन्न सक्छन् । तर, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मन्त्री वा उपप्रधानमन्त्री बन्न सक्छन् कि सक्दैनन् ? यसबारे संविधानले के भन्छ ? चुनाब हारेका व्यक्तिलाई मन्त्री बन्ने सुविधा […]