ओखलढुंगामा १० हजार ७ सय मतदाता थपिए

सिर्जना बर्देवा / ओखलढुंगा ,कात्तीक,२१- आउदो प्रदेशसभा र प्रतिनिधीसभाको चुनावमा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । फोटो सहितको मतदाता नामावलि संकलन तथा अधावधिक गरिएपछि मतदाताको संख्यामा वृद्धि भएको हो । स्थानिय तह निर्वानमा ९१ हजार ५ सय ८ जना मतदाताले आफनो मताधिकार सुरक्षित गरेका थिए । […]

नयाँ शक्ति पार्टी नेपाल बाँकेको चुनावी अभियान सुरु

डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- नयाँ शक्ति पार्टी नेपाल बाँकेले बृद्धबृद्धाहरुसंँग आर्शिवाद लिएर आजदेखि चुनावी अभियान सुरु गरेको छ । नेपालगन्ज स्थित रहेको निलसागर बृद्धआश्रममा रहेका ८७ बर्षीय बृद्धा रामचन्द्र खनाल र ७५ बर्षीय जुनकीरी शाहीसंग आर्शिवाद लिएर नयाँ शक्ति पार्टीले चुनावी अभियान सुरु गरेको छ । नयाँ शक्ति पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रत्यक्ष […]

राष्ट्रिय मानव अधिकार आयोगले नेपालगन्जमा अन्तरक्रिया गर्दै

डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आज नेपालगन्जमा अन्तरक्रिया गर्दैछ । निर्वाचन गतिविधि, वातावरणमैत्री विकासलगायतका बिषयमा पाठक नेतृत्वको टोलीले यहाँका सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतहरुसँग छलफल गर्न लागेको आयोगका निर्देशक मुरारी प्रसाद खरेलले जानकारी दिनुभयो । दिउँसो १ बजे आयोगकै कार्यालयमा छुट्टाछुट्टै छलफल कार्यक्रम आयोजना गरिएको […]

नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित

डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- भोलीका लागि तय गरिएको नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित बनेको छ । तयारी नपुगेको भन्दै मिति नै टुङ्गो नलागेर नगरसभा सारिएको हो ।  यसअघि भदौ २८ गतेका लागि तय गरिएको नगरसभा तयारी नपुगेको भन्दै कार्तिक २२ गते गर्ने भनेर बोर्ड बैठकले मिति टुङ्ग्याएको थियो । केही वडाहरुले वडा भेला सम्पन्न नगरेका […]

काँग्रेसलाई जिताउन काठमाण्डौंमा सक्रिय बन्दै अछामेली

अर्जुन शाह / काठमाडौ, कार्तिक,२१- आसन्न मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लाई लिएर गाउँ सहरमा सबै आ-आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागिपरिरहेका बेला अछाममा क्षेत्र :१ र २ सङगै प्रदेश सभाका उम्मेदवारलाई जिताउन अछाममा मतदाता नामावली भएका तर विभिन्न काम कार्यका लाई राजधानी काठमाडौ बसोबास गर्ने अछामेली यो पटकको निर्वाचनमा अछामको नाम वेचेर खाने […]

भु पु बिद्यार्थी सँघद्वारा सर्वोदय नि.मा.वि लाई शैक्षीक सामाग्री वितरण

तनहुँ,कार्त्तीक,२०- तनहूँ जिल्लाको देवघाट गाउपालिका वडा नं.२ मा रहेको श्री सर्वोदय नि मा.वि मा भु पु बिद्दार्थी सँघले शैक्षीक सामाग्री वितरण गरेको छ ।  जिल्लाको दुर्गम कछार क्षेत्र भनेर चिनीने ब्यागन मा रहेको श्री सर्वोदय नि मा बि मा शैक्षिक स्तर उन्नती गर्ने हेतुले शैक्षीक सामाग्री हस्तान्त्ररण गरेको हो । संघले स्कुललाई २ वटा कम्प्यूटर, खेलकुदका सामग्री संगै छात्र बृद्धि प्रदान गरेको छ । भु पु […]

सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु

सिन्धुली, कात्तिक,२०- कार्त्तीक महिनामा मात्र नेपालका विभिन्न ठाँउमा भएको गाडी दुर्घटनाले यात्रा गर्दा दुर्घटना हुने दरले जनत्रास फैली रहेको बेला फेरी दुर्घटना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । मृत्यु […]

एमाले र माओवादी केन्द्रबीच कुटाकुट, युवा संघका अध्यक्ष गम्भीर घाइते

  डोल्पा,कार्त्तीक,१९- डोल्पामा नेकपा एमाले र माओवादी केन्द्रबीच कुटाकुट भएको छ । चुनाव प्रचारमा रहेका एमाले नेताहरुलाई माओवादी केन्द्रका स्थानीय नेता-कार्यकर्ताहरुले चिर्पट प्रहार गर्दा डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा युवा संघ गाउँपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । शनिबार बेलुका अखिल क्रान्तीकारीका जिल्ला सदस्य टक्क शाहीले युवा संघ गाउँ कमिटिका अध्यक्ष रुद्र […]

नेपालको बंगलादेशमाथि १५ वर्षपछि पहिलो जित

काठमाण्डौं,कारत्तीक,१९- नेपाली यू–१९ क्रिकेट टोलीले बंगलादेश यू–१९ माथि १५ वर्षपछि पहिलो विजय हात पारेको छ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीका क्रममा तीन खेलको शृंखला खेल्न बंगलादेश गएको नेपाली यू–१९ टोलीले आज आइतबार ६ विकेटको एतिहासिक जित हात पारेको हो । नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकपको प्लेट सेमिफाइनलमा […]

अख्तियारले लियो : पूर्व मूख्यसचिव क्षेत्रीसंगै दुई सचिवको बयान

काठमाडौं, कात्तिक ,१९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग ऊर्जा सचिव हुँदा गरेको निर्णयका आधारमा बयान लिएको हो । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक […]