आजको जेटीकप क्रिकेट खेलमा आरएमई,आर्दश नमुना र पानसदिप विजयी

पवन मुडभरी / बौनिया,कार्तिक,१८- कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको चौथो दिन आज तिन खेल सम्पन्न भएका छन । आज विहान ८ बजे भएको पहिलो खेलमा कालिका माध्यामिक विद्यालय नौनिया विरुद्ध आरएमई टिकापुर विच भएको खेलमा आरएमई टिकापुर ३४ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको कैलाली आरएमई टिकापुरले निर्धारित […]

तनहँ १ बाट जोशीको उम्मेदवारी निर्वाचन आयोगद्वारा खारेज

तनहँ,कार्त्तीक,१८- तनहुँ क्षेत्र नम्बर १ बाट गोविन्दराज जोशीले दिएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनीविरुद्ध कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिनुभएको थियो । आज शनिबार बसेको आयोगको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने भन्दै आयोगले जोशीको उम्मेदवारी खारेज गरेको हो। जोशीविरुद्ध उजुरी परेपछि तनुहँका […]

सरकारले व्यवस्थापिका संसद् भवनलाई नै संघीय संसद बनाउने

काठमाडौँ,कात्तिक,१८- सरकारले व्यवस्थापिका–संसद् भवनलाई नै संघीय संसद् भवन बनाउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ठूलो हल प्रतिनिधिसभा र सोही भवनको नुप्से हल राष्ट्रिय सभा बन्ने भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा भवनको डिजाइनबारे अध्ययन सम्पन्न भएको र भौतिक संरचना निर्माण सुरु गर्न लागिएको संसद् सचिवालयका प्रवक्ता डा. […]

कम्यूनिष्ट गठबन्धनले एकीकृत चुनावी अभियान गर्ने

काठमाडौं,कार्तिक,१८- पार्टी एकताको लक्ष्यसहित बृहत चुनावी गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले काठमाडौं उपत्यकामा संयुक्त चुनावी अभियान गर्ने भएका छन् । आजदेखि नै संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्न लागिएको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । महासचिव पोखरेलले चुनावमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने बताउनुभयो । काठमाडौं […]

दलहरु घरदैलो अभियानमा, गाउँ गाउँमा चुनावी रौनक

काठमाडौं,कार्तिक,१८- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । पहिलो चरणमा हुने निर्वाचनका लागि गत ५ गते मनोनयन दर्ता गरेका क्षेत्रमा दलहरुले घरदैलो अभियान तथा भेलालाई तीव्रता दिएका छन् भने दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरेका क्षेत्रमा पनि दलहरु प्रचारप्रसारमा जुटेका हुन् । […]

कम्युनिष्टको सरकार बनाउने दिवा सपना मात्रै हो : काँग्रेस नेता आर्चाय

बिराटनगर,कात्तिक,१८- नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताउनु भएको छ ।  नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो । बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने […]

एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागेको अध्यक्ष ओलीको आरोप

विराटनगर, कात्तिक १८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाउनु भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएउनु भएको हो । उहाँले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गर्नुभयो । कांग्रेसले कम्युनिष्टहरुको […]

उग्रतारा भगवती मन्दिरमा देहिजाँत सम्पन्न

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१८-   सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो । एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ […]

निर्वाचन सफल बनाउन सेना सतर्क

काठमाडौं,कार्तिक,१८- निर्वाचनका बेला नेपाली सेनाले भारतसँग सीमा जोडिएका केही संवेदनशीन जिल्लामा बढी सतर्कता अपनाउने भएको छ । नेपाल–भारत खुल्ला सीमाको केही कमजोर पक्षको फाइदा उठाउँदै अपराधिक मनोवृत्तिका व्यक्तिहरु नेपाल पस्न सक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचन सफल तुल्याउन सेनाले आफ्नो भित्री रणनीति तय गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको तेस्रो दिन शुक्रबार तिन खेल सम्पन्न

पवन मुडभरी / बौनिया,कार्तिक,१८- कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको तेस्रो दिन आज तिन खेल सम्पन्न भएका छन । मंसीर ०२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आज विहान ८ बजे भएको पहिलो खेलमा द सनराईज बौनिया ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको द सनराईज बौनियाले निर्धा्रित १५ ओभरमा […]