काठमाडौं,कार्तिक,१२- एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो । संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन […]
समाचार
आज दलहरुले समानुपातिकको नाम संशोधन गर्ने’
काठमाडौं,कार्तिक,१२- निर्वाचन आयोगमा दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पठाएको नामको संशोधन हुँदैछ । समानुपातिकतर्फ दलहरुले यसअघि नाम बुझाए पनि अन्तिम संशोधनका लागि आज समय दिइएकाले दलको प्रतिनिधिसँगै बसेर यो काम हुने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । त्यसपछि केही अरु प्रक्रियापछि १७ गते समानुपातिकतर्फको नाम सार्वजनिक गरिने कार्यतालिका रहेको ढकालले बताउनुभयो ।
शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द
काठमाडौं,कार्तिक,१२- सप्तरीको राजविराजबाट काठमाडौ आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ । दुर्घटनामा सप्तरीकै २० भन्दा बढीको मत्यु भएपछि सिङ्गो जिल्ला शोकमग्न भएको छ । दिपावली र छठ मनाएर काठमाडौं फर्किएकाहरुको सो दुर्घटनामा मृत्यु भएको हो । यसैबीच, बस दुर्घटनाको शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द हुने भएका छन् । […]
त्रिशूलीमा भएको बस दुर्घटना छानबिन गर्न समिति गठन
धादिङ,कात्तिक ११- सरकारले धादिङमा शनिबार भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक पनि रहनेछन्। मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै […]
खप्तड साँस्कृतिक परिवार टीकापुरको अध्यक्षमा जैशी चयन
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,११- खप्तड साँस्कृतिक परिवार टीकापुरको अध्यक्षमा भानुभक्त जैशी चयन भएका छन । आज साँझ सम्पन्न खप्तडको ८ औ वार्र्षिक साधारणसभाको बन्शत्रबाट जैशी अध्यक्षमा चयन भएका हुन । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बासुदेव अधिकारी, महिला उपाध्यक्षमा कोकिला साँउद, उपाध्यक्षमा युवराज साउद, सचिवमा टंक खत्री, कोषाध्यक्षमा धना साँउद, सह कोषाध्यक्षमा विनीता साउद र सह सचिवमा […]
त्रिशुली नदी बस दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ३१ पुग्यो
धादिङ,कार्त्तीक,११- आज विहान धादिङमा भएको बस दुर्घटना परी मृत्यु हुनेको सङख्या ३१ पुगेको छ। राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खसेको थियो। नदीमा खसेको बसलाई क्रेनको सहायताले नदी बाहिर ल्याएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख एसपी धुव्रराज राउतले जानकारी दिनुभयो । मृत्यु हुनेमा ११ पुरुष, ९ महिला, ६ बालक, ४ बालिका छन्। धादिङको गजुरी […]
दोलखामा एमालेका सय जना कार्यकर्ता कांग्रेसमा प्रवेश
दोलखा,कार्त्तीक,११- नेकपा एमाले दोलखा जिल्लाका एक सय जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दोलखा जिल्ला प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको हो । दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश […]
एमाले र माओवादी केन्द्रले ४५ जिल्लाको बाँडफाँड टुंगो लगायो
काठमाडौं,कार्त्तीक,१०- दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १८ क्षेत्रबाहेक बाँकीको भागबण्डा एमाले र माओवादी केन्द्रले मिलाएका छन् । दुई दलको कार्यदलले १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका हुन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटे पनि माओवादी अध्यक्ष […]
पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,१०- पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए । उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको […]
तोकिएकै मितिमा निर्वाचन हुने प्रथानमन्त्री देउवाको भनाई
काठमाडौं,कार्तिक, १०- प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै यसप्रति शंका नगर्न आग्रह गर्नु भएको छ ।पछिल्लो समय सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि बेग्लाबेग्लै मतपत्र छाप्नको लागि आदेश दिएसँगै निर्वाचन सर्छ कि भन्ने आंशकाहरु उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको संक्षिप्त कुराकानीमा […]








