काठमाडौँ, कात्तिक,८- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित […]
समाचार
३७ क्षेत्रका लागि २६६ उम्मेदवारको नामावली आयोगद्वारा सार्वजनिक (हेर्नुस् अन्तिम सूची )
काठमाडौँ,कार्त्तीक,८- मंसिर १० गते पहिलो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आज उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम सूची आयोगले सार्वजनिक गरेको हो। पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा २६६ उम्मेदवार छन्। (हेर्नुस् अन्तिम सूची ) ताप्लेजुंग १ आईतराज मावोहाङ लिम्बु पुरुष राष्ट्रिय जनमुक्ति पार्टी […]
मुस्ताङबाट ५३ करोडको स्याउ बाहिरियो
मुस्ताङ,कार्त्तीक,८- यस वर्ष मुस्ताङबाट ५३ करोड रुपैयाँको स्याउ बाहिरिएको छ । कृषि विकास कार्यालयले यहाँको ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको जनाएको छ । सरकारले कृषि सामग्री अनुदान र उत्पादनका कार्यक्रम ल्याएपछि यस वर्ष १० प्रतिशतले स्याउ उत्पादन बढेको हो । पछिल्लो १० वर्षको अवधिको तथ्यांकअनुसार यो वर्ष स्याउ उत्पादन बढेको कार्यालयले […]
म्याग्दीमा १९ जाना उम्मेद्वारी दिएका मध्य ६ जनाले फिर्ता लिए
म्याग्दी,कार्त्तक,८ मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी लागि म्याग्दीमा उम्मेद्वारी दिएका १९ जना मध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा एक, प्रदेश क्षेत्र नम्बर १ मा ४ जना र प्रदेश क्षेत्र नम्बर २ मा १ जनाले गरि ६ जनाले उम्मेद्वारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिनुभयो । […]
एकै मञ्चमा गजल, कविता सम्पन्न हुने
केपि खनाल/ लम्कि,कार्त्तीक,८- लम्कीमा पहिलोपटक एकै मञ्चमा गजल र कविताको एकल वाचन एकै मञ्चमा सु-सम्पन्न हुने भएको छ । मोफसलमा बसेर साहित्यका लगभग सबै विधामा कलम चलाउने कवि काशिराम बजगाई र गजलकार दुर्गा जोशी उक्त कार्यक्रममा प्रमूख आकर्षक हुन् । कवितामा कवि बजगाई र गजलमा गजलकार दुर्गा जोशी रहने भएका छन् । राष्ट्रिय स्तरसम्म चर्चा […]
कन्चनपुरमा बस पल्टिदा २२ जना यात्रु घाईते
कञ्चनपुर, कात्तिक ८ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा बस पल्टिएको छ । डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक लालमणि जोशीले जानकारी […]
विदेश जान लागेका शर्मा पत्रकारिता जमेर दशक यात्रा पुरा गरे
खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ? म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । […]
महिला सहभागीता कागजमा सिमीत : ४ जिल्लमा ३ महिला उम्मेदवार
काठमाण्डौ,कार्त्तीक,८- आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश ७ का चार जिल्लाबाट ती जना महिला उम्मेदवार बनेका छन् । प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र र प्रदेशका ८ निर्वाचन क्षेत्रमा गरि ६३ जनाले उम्मेदवारी दिएकोमा ३ जनामात्र महिला छन् । बझाङमा मात्रै ३ जना महिलाको उम्मेदवारी परेको हो । बझाङमा राष्ट्रिय जनमोर्चाकी कल्पना […]
नगरको शैक्षिक सुधारमा उपमहानगरपालिकाको पहल
नेपालगञ्ज कार्तिक ८- नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पहलकदमी थालेको छ । शिक्षा सम्वद्ध अधिकारी, शिक्षक र अभिभावकको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले आज निजी विद्यालयहरुको संगठन प्याव्सन, एन प्याव्सन लगायत सम्वद्ध सरोकारवालासँग आवशयक परामर्श गर्नु भएको हो । निजी र सरकारी विद्यालयको […]
एमाले ,माओवादीको वामगठबन्धन नभई दामगठबन्धन हो : विप्लव
काठमाण्डौं,कार्त्तीक,८- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको वाम गठबन्धन भारत र अमेरिकाले रापेको विउ भएको आरोप लगाउनु भएको छ । आज काठमाडौंको टुँडिखेलमा एक सयौं अक्टोबर क्रान्ति दिवसको अवसरमा आयोजित बृहत्त आम सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘एमाले र माओवादी केन्द्रवीच […]










