राष्ट्रसंघ मानवअधिकार परिषद्मा सर्वाधिक मत ल्याएर नेपाल विजयी

काठमाण्डौं,असोज,३१- संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित भएको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी १६६ मत ल्याएर विजयी भएको हो। परिषद्को सदस्यमा एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित कतार, पाकिस्तान र अफगानिस्तान विजयी भएका छन्। नेपाल १६६, कतार १५५, पाकिस्तान १५१ र अफगानिस्तान १३० मत ल्याएर विजयी भएका हुन्। […]

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौं, असोज ३१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी हुनुभएको हो । उहाँले ११ सय ९७ मत प्राप्त गर्नुभयो । गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल १७८८ […]

आजबाट तिहार सुरु

काठमाडौं, असोज ३१- नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस […]

राजनीतिक दलहरुलाई शान्तिपूर्णरुपमा निर्वाचन गराउन राष्ट्रपतिको आग्रह

काठमाडौं, असोज ३०- राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । दीपावली तथा छठ पर्वका अवसरमा सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन […]

राष्ट्रपतिद्वारा गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं, असोज ३०- राष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रिय सूचना आयोगले आज राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसले नेपालमा पनि शासन प्रणालीलाई पारदर्शी बनाउने र सुशासन कायम गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । उनले सरकारका प्रत्येक काम–कारबाहीबारे जानकारी पाउने अधिकार हरेक […]

फेवातालमा छ वटा प्याराग्लाइडर खसे

कास्की,असोज,३०- कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका छवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो । दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि […]

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

काठमाडौं, असोज ३०- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ ।दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल […]

समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै

दाङ,असोज,३१- आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै रहेको छ । राती १२ बजेसम्म बन्दसूची पेश भएको र जम्मा ४९ दलले मात्रै सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राती १२ बजेसम्म पनि प्रतिक्षा गरेको तर ५५ दलले टोकन […]

सी जिनपिङसँग अहिले डोनाल्ड ट्रम्पसँग भन्दा बढी शक्ति छ

काठमाण्डौं,असोज,३०- अमेरिकी राष्ट्रपतिहरूमा चिनियाँ समकक्षीबारे धक मानेर व्याख्या गर्ने बानी छ । चाकरी शैलीमा रिचार्ड निक्सनले भनेका थिए, ‘माओत्से तुङले ‘संसार परिवर्तन गरे ।’ जिम्मी कार्टरका लागि देङ सियाओ पिङ विशेषणयुक्त व्यक्तित्व थिए, ‘स्मार्ट, कडा, बौद्धिक, मिजासिलो, साहसी, रूपवान्, आत्मविश्वासी, मैत्रीपूर्ण ।’ बिल क्लिन्टनले तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनलाई ‘दूरदर्शी’ र ‘असाधारण बौद्धिकता’ भएको व्यक्तिका […]

संस्थागत निर्णयविनै आयोगमा एमालेको बन्दसूची

 काठमाडौं,असोज,३०- एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । शीर्ष नेताहरुको […]