काठमाण्डौं,असोज-२३- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले आज दिउँसो गोली हानेको थियो । उहाँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ । बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको […]
समाचार
माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु
रोशन घर्ति दाङ,असोज,२३- नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु भएको छ । गठबन्धनभित्र जारी औपचारिक तथा अनौपचारिक छलफलमा माओवादीलाई सरकारबाट हटाउने बारेमा छलफल भएपनि निर्णय अझै भइनसकेको काँग्रेस नेता रमेश लेखकले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भए पनि विशेष राजनीतिक परिस्थिति निर्माण भएका कारण निर्णय […]
प्रहरी डिआईजी सिलवालको राजीनामा स्वीकृत
काठमान्डौं,असोज,२३- नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृहमन्त्री जनार्दन शर्माले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो । राजीनामा दिएपछि पनि लामो समय स्वीकृत नगरी कारबाहीको तयारी गरेको भन्दै चर्को विरोध भएपछि असोज १९ को मिति राखेर गृह मन्त्री शर्माले सिलवालको राजीनामा स्वीकृत गर्नु भएको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजीनामा स्वीकृतिका […]
आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं,असोज,२३- आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनी मनाइदैँछ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा र्पुयाउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । […]
कांग्रेस र राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं,असोज,२३- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले केहि बेरमा प्रधानमन्त्री निवासमा बस्दैछ । बैठकमा कांग्रेसले सरकार पुनःगठनका विषयमा थप छलफल गर्ने काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । यस्तै बैठकमा दलहरुले मागेका सिट संख्या, तालमेल रणनीति, सरकार पुनःगठनलगायतका सबै विषयमा छलफल हुने नेता लेखकले बताउनुभयो । उहाका अनुसार राप्रपालाई सरकारमा ल्याउने गरि गृहकार्य भइरहेको छ । […]
हाम्रा कुन नेताको पढाइ कति, डबल डिग्री देखि अन्डर एसएलसी सम्मका मन्त्री
काठमाण्डौं,असोज,२३- एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको […]
राजपा का सहमहामन्त्री मिश्रद्वारा पार्टी परित्याग
बाँके,असोज,२३- राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र. न २ बाट सुर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बाहलवाला संसादलाई सिफारिस सुचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवाका रुपमा अघि सारेको छ । मिश्रलाई उम्मेदवार बनाउनु एमालेको बाध्यता होला त्यसले भुईचाले […]
जीप दुर्घटना : एक विदेशी पर्यटकको मृत्यु, ११ घाइते
लमजुङ, असोज २३- बेसीशहर–चामे सडक अन्र्तगत मनाङको तालबजारनजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको […]
विश्वकप फुटबलका लागि पोल्याण्ड छानियो
काठमाडौं, असोज २३- मोन्टेनेग्रोलाई हराँउदै पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ । युरोपेली समुह ई को खेलमा आइतबार राती मोन्टेनेग्रोलाई ४-२ ले हराँउदै पोल्याण्ड विश्वकपमा छानिएको हो । यही समुहका अन्य खेलहरुमा डेनमार्क र रोमानिया तथा काजखस्तान र अर्मेनियाले १-१ गोलको बराबरी खेलेका छन् । यो समुहबाट डेनमार्क प्ले अफ्मा छानिएको छ […]
झरना फेरि अर्को फिल्म बनाउदै
शिव पुन, दाङ,असोज,२२- नायिका एवं निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन् । झरनाले अब बनाउने फिल्मको नाम भागवत गीता रहेको छ ।आज चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा बोल्दै नायिका झरनाले अहिले फिल्मको वर्कसप भइरहेको र यो वर्षको अन्त्य तिरबाट फिल्म फ्लोरमा जाने जानकारी गराइन । कार्यक्रममा बोल्दै झरनाले ए […]










