शिक्षामा दलीय राजनितीकको अन्त्य हुनु्पर्ने

रोशन घर्ति दाङ,भदौ,२४- विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराएर युवा वर्गलाई राष्ट्र र राष्ट्रियताप्रति सजक बनाउनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनकालागि युवाहरु सचेत हुनुपर्ने ,शिक्षामा भएको दलीय राजनितीकको अन्त्य हुनु्पर्ने बताएका थिए । त्यसका लागि जिल्लाका प्रत्येक […]

ओखलढुंगा हुदै सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० चल्ला नष्ट

सिर्जना बर्देवा / ओखलढुंगा,भाद्र २३- अवैध रुपमा राजधानीबाट सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० वटा चल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । आज बिहान गोरुमारे प्रहरी बिटले पक्राउ गरेको गिरिराज जातको उक्त चल्ला जिल्ला पशु सेवा कार्यालयका प्राविधिकहरुको रोहबरमा नष्ट गरिएको हो । क्वारेन्टाइन परिक्षण बिना र खरिद गरेको बिल समेत नरहेको चल्ला […]

विमानस्थल सञ्चालनका लागि दबाव समिती गठन

इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२३        सुदूरपश्चिमका बरिष्ठ पत्रकार खेम भण्डारीले मझगाउँ विमानस्थल पुनःसञ्चालनका लागि नागरिक स्तर वाट अभियान सूरु गरेका छन् । उक्त अभियानलाई अगाडि वढाउन विहिवार उद्योग बाणिज्य संघ कञ्चनपूरमा दवाब समिती गठन गरिएको छ । भण्डारीले विमानस्थल पुनःसञ्चालनमा ऐक्यवद्धता जनाउन फेसवुक पेज वनाई उक्त अभियान सूरु गरेका हुन । उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्लामा रहेका […]

प्रदेशी बनेका चर्चित मोडल थापाको हात काटियो

सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २३/ प्रदेश गएका चर्चित मोडल बुद्धबिर थापाको हात काटिएको छ । प्रदेशी भुमीमा दु.ख गरिरहेका थापाको हात काम गर्दा गर्र्दै काटिएको हो । आफुले काम गरिरहेको ठाउमा आफ्नो पारिश्रमीक माग्दा मालीक बाट प्रहार भएको हतियार बाट उनको हात काटिएको हो । बिजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा बजारमा गितसंगीत धमाधम आईरहेका छन् […]

हलमा दुई रुपैयाँ

इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२३    असिम शाह निर्देशक रहेको चलचित्र “द्ई रुपैयाँ” आज शुक्रबार देखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । दुई युवक  दार्‍ही र जुरेलीको मित्रताको कथा हो— चलचित्र ‘दुई रुपैयाँ’ । दुई रुपैयाँ’मा दार्‍ही र जुरेलीको भूमिकामा क्रमशस् आसिफ शाह र निश्चल बस्नेत छन् भने अन्य कलाकारहरुमा आशिफ शाह, बुद्धि तामाङ, रवीन्द्र झा, राजन […]

उत्तर कोरियासँग खेलाँची नगर्न पुटिनको अमेरिकालाई सल्लाह

काठमाडौँ, भदौ २२- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग खेलाँची नगर्न अमेरिकालाई सल्लाह दिएका छन्। भ्लादिभोस्तोकमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले उत्तर कोरिया मामिलामा कूटनीतिक समाधान सम्भव रहेको बताएका हुन्। ‘सैन्य दबाब बढाउनु प्रत्युत्पादक हुन्छ। यसले कहीँ पु¥याउँदैन किनभने उत्तर कोरिया जानीबुझी अरुलाई उत्तेजित पार्न खोजिरहेको छ। त्यसैले उत्तर कोरिया उनीहरुको प्रतिक्रिया पर्खिरहेको छ,’ […]

उत्तर कोरियाली जनताले मनाए ‘आणविक परीक्षण सफलताको उत्सव

प्योङ्याङ, भदौ २२- उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार (आज)उत्तर कोरियाको राजधानी प्योङ्याङमा उत्सव मनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ । उत्तर कोरियाको राजधानी सहरमा दशौँ […]

पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयक माथी छलफल

काठमाडौं,भदौ २२- व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ । समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ । बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई […]

बाँकेमा रक्तदाता समाजको प्रथम अधिबेशन सम्पन्न

बाँके,भाद्र,२२- नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । बिहिबार भएको अधिबेशनले पदमा बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा आशीष कुमार गुप्ता, सचिबमा आलम खान,सहसचिवमा गुरुदिन यादव, कोषाध्यक्षमा रईस शाही,सदस्यहरुमा पवन जैसवाल,असलम भाट,राकेश मिश्रा,सरिता ज्ञवाली,गोपीनाथ बैश्य,भागीरथ बम रहनु भएको छ भने प्रमोद डिजे र […]

चर्चित मोडल थापाले गरे अब माया नलगाउने बाचा

सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- चर्चित मोडल बुद्धबिर थापाले अव माया नलगाउने बाचा गरेका छन् । पछिल्लो समयमा माया लगाएर टाढा हुने प्रबृति बढेको कारण माया नलगाउने भएका हुन् । थापाले अभिनय गरेका म्युजिक भिडियोहरु एकै दिनमा ३ वटा सम्म सार्बजनिक हुने गरेको छ । यसै क्रममा उनको अभिनयमा अव माया लाउदिन बोलको म्युजिक भिडियो […]