छलफलको लागि पशुपति शमशेर र कमल थापालाई सर्वोच्चले बोलायो

काठमाडौ,भदौ,१६- सर्वोच्च अदालतले दल दर्ता सम्बन्धी विवादमा छलफल गर्नका लागि राप्रपा अध्यक्ष कमल थापाको पक्ष र पशुपति शमशेरको राप्रपा प्रजातान्त्रिक पक्षलाई बोलाएको छ । न्यायाधीश केदार प्रसाद चालिसेको एकल इजलासले दुबै पक्षलाई भदौ २६ गतेका लागि छलफलमा बोलाएको हो ।उक्त विवादमा आज सर्वोच्च अदालतमा सुनुवाई भएको थियो । शमशेरले निर्वाचन आयोगमा राप्रपा प्रजातान्त्रिक दर्ता गरेपछि […]

भदौ २२ गतेदेखि दसैंको अग्रिम टिकट बुकिङ खुल्ला गरिने

काठमाडाै,भदौ,१६- दसैंमा घर जाने यात्रुका लागि सरकारले भदौं २२ गतेदेखि लामो र मध्यम दूरीमा चल्ने सवारी साधनको अग्रिम टिकट बुकिङ सुविधा खुल्ला गर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात व्यवस्था विभाग महानगरीय ट्राफिक प्रहरी परिसर र उपभोक्तावादीबीच आज भएको छलफलमा केही सर्तहरु राखेर भदौं २० गतेदेखि अग्रिम टिकट काट्ने सुविधा खुल्ला गरिएको […]

आयोगद्वारा सातबुँदे आचारसंहिता जारी

काठमाडौं,भदौ,१६- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सातबुँदे आचारसंहिता जारी गरेको छ ।आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी सरुवा, बढुवा र नियुक्तिमा पूर्णरुपमा रोक लगाएको छ । यस्तै, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि आयोगले अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुन भनेको छ ।अगाडिको मिति राखेर सरुवा गरेको गुनासो आएको भन्दै आयोगले त्यस्तो भए तत्काल […]

महाकालीमा पुलको शिलान्यास

इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१६   प्रधानमन्त्री शेर वहादुर देउवाले विहिवार एक कार्यक्रमका वीच महाकाली नदीमा वन्न लागेको चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिका १२ ऐरी र ओदालीको सीमा पर्ने विपी नर्सरी महाकाली नदी किनारमा पुलको शिलान्यास गरिएको हो । निवार्चन आयोगले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वुधवार देखि […]

सामर्थ्य नेपालद्धारा आज कैलालीको चिसापानीमा वृहत सरसफाइ

रमित पाण्डे/ कैलाली,भदौ,१५- सामथ्र्य नेपालद्धारा आज कैलालीको चिसापानीमा वृहत सरसफाइ सामथ्र्य नेपालको आयोजनामा आज कैलालीको चिसापानीमा वृहत सरसफाई गरीएको छ । सरसफाई अभियानको लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापाले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उपमेयर थापाले युवाहरुले सामाजीक काममा अग्रसरता देखाएको प्रति खुसी व्यक्त गर्नुभयो । युवाहरुको यो काममा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । […]

प्रदेश नम्बर–२ मा काँग्रेसले सबै उम्मेदवारको टुंगो लगायो

काठमाडौं, भदौ,१५- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।प्रदेश नम्बर–२ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै तहमा उम्मेदवारको टुंगो लगाइएपनि  आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानीबाहिर भएकाले शुक्रबार (भोलि)मात्रै सबै नाम […]

आमालाई सुधार्ने भन्दै छोराले बाँधेर कुट्दा मृत्यु

चितवन,भदौ,१५- भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्षीय आशिष दरैले बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा […]

सल्यानमा टर्च बालेर सुत्केरीको उपचार

सल्यान,भदाै,१५- सल्यानको र्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको छ । विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ ।अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि […]

वेपत्ता परिवारलाई राज्यले उपेक्षा गरेको आरोप

नरेश खड्का/ दाङ,भदौ,१४- शसस्त्र युद्ध शुरुभएपछि राज्य पक्ष र विद्रोहि पक्षवाट वेपत्ता पारीएका परिवारले राज्यले आफुहरुलाई उपेक्षामा राखेको वताएकाछन । अन्तराष्ट्रिय वेपत्ता दिवसका अवसरमा नेपाल रेडक्रस शोसाईटी दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा वेपत्ता परिवारका सदस्यहरुले राज्यले वेपत्तापरिवारलाई वेपत्ताको यर्थात जानकारी गराउनुपर्ने माग गरेका छन् । उनिहरुले पैसामा मानिसको जीवनको मुल्य गरेर नहुने भन्दै परिवारलाई राहत […]

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुने

काठमाण्डाैं,भदौ,१४- सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेको अर्को मिति तय गरेको छ ।सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । आज बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरि दोश्रो चरणको […]