काठमाडौं, भदौ,२०- खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले आगामी पुससम्म मेलम्चीको खानेपानी आयोजनाको पानी काठमाडौंमा ल्याइने बताउनु भएको छ ।काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकारले नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दाबी गर्नुभयो । यसअघि आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइसकिने बताइएको भए पनि विभिन्न कारणले काममा केही ढिलाई भएको भन्दै मन्त्री यादवले […]
समाचार
पञ्चेश्वरका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदै
काठमाडौं,भदौं,२०- बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदैछ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’लाई अन्तिम रूप दिन गठन गरिएको विज्ञ समूहको दोस्रो बैठक आज नयाँ दिल्लीमा बस्दैछ । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समितिले गठन गरेको विज्ञहरूको दोस्रो बैठक आज र भोलि बस्नेछ । विज्ञहरूको पहिलो बैठक भदौ पहिलो हप्ता काठमाडौंमा […]
उम्मेदवारको टुङगो लगाउन प्रमुख दलहरु आन्तरिक गृहकार्यमा
काठमाडौं,भदौं,२०- प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय आउन एकदिन मात्रै बाँकी रहदा दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा लगायतका दलहरु निर्वाचनलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । प्रदेश नम्बर २ को निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिदै गएपनि […]
इन्द्रजात्रा पर्व आज मनाइदै
काठमाडौं, भदौ २०- उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ ।विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको छ […]
चर्चित मोडल थापा बने प्रदेशी , आफ्नो माया गाउमा बिरामी
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २०- चर्चित मोडल बुद्धबिर थापा प्रदेशी बनेका छन् । नेपालीहरुको महान पर्ब बिजयदशमी नजिकी रहदा सबै प्रदेशी घर फर्किने क्रम बढि रहेको छ तर थापा भने आफ्नो जन्म भुमीलाई छाडेर प्रदेशी भएका हुन् । बिजयादशमीको अबसरमा गितसंगीत बजारमा आउने क्रम जारी रहेको छ यसै क्रममा थापाको अभिनयमा “प्रदेशीको जुनी” बोलको गित […]
८८ किलो सुनसहित गाडी चालक पक्राउ
काठमाडौं,भदौं ,१९- केरुङबाट काठमाडौँ ल्याउँदै गरेको ८८ किलो सुन बरामद गरिएको छ । महानगरिय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्दका अनुसार क्षेत्रपाटीबाट बरामद गरिएको उक्त सुन अहिलेसम्मकै बढी हो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको अतिरिक्त महानिरिक्षक प्रमुख चन्दले जानकारी दिनुभयो । टाटाको स्ट्रोङ नामक गाडीमा सुना भेटिएको हो […]
प्रतिनिधि र प्रदेशसभासम्बन्धी विधेयक संसदबाट पारित
काठमाडौं, भदौ १९- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक व्यवस्थापिका–संसदबाट बहुमतले पारित भएको छ । संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि आज विधेयक पारित गरिएको हो । यसअघि, राज्य व्यवस्था समितिले विधेयक पारित गरी सोमबारै संसदमा पेस गरेको थियो ।विधेयकअनुसार भ्रष्टाचार र फौजदारी अभियोगमा दन्डित व्यक्तिहरुले आजीवन निर्वाचनमा भाग […]
अबको सामर्थ्य नेपालको यात्रा काठमाडौं
धर्म जोशी/ काठमाडौ ,भदौ,१९- देशभर युवालाई सामाजिकरुपमा सिर्जनशिल बनाउने उदेश्यले देशभर गठन हुदै आइआइरहेको युवाहरूको समुह सामर्थ्य नेपालले अब आफ्नो गठनलाई काठमाडौ केन्द्रमा राखेको छ । पश्चिममा व्यापक सामाजिक क्रियाकलाप गराउदै आइरहेको यो संस्था बिशुद्वरुपमा गैर राजनीति भएको सामर्थ्य नेपालका केन्द्रिय अध्यक्ष अर्जुन भुसालले जानकारी दिनुभएको छ । त्यस्तै काठमाडौको यात्रामा हुदा अब पश्चिमका हरेक […]
सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल
मिलन मगर/ फुकुओक जापान भादौ,१९- सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापानको फुकुओका आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् । बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे […]
सुदुरपश्चिम सेवा समाज मलेसियाद्वारा गौरा पर्व मनाईयो
मलेसिया,भदौ,१९- सुदुरपश्चिम सेवा समाज मलेसिया द्वारा आयोजित गौरा पर्व आईतबार एक कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।समाजका अध्यक्ष देब पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मलेसियामा गठित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत सुदुरपश्चिमेलिहरुको बाक्लो उपस्थितर हेको थियो। मलेसियाको राजधानी क्वालालम्पुरमा स्थित उग्रतारा रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा स्थानिय कलाकारहरुले कार्यक्रम अवधिभर आफ्नो सुदुरपश्चिममा गुनगुनाउने लोक देउडा ठाडि […]








