काठमाडौँ,भदौ,१४- प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाउनुभएको हो ।सो आयोग गत साउन १५ गते गठन भएको थियो ।
समाचार
प्रदेश नं २ मा स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र निर्धारण
काठमाडौँ,भदौ,१४- निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी […]
जोर्नी खिइने समस्या
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१४ उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । यो समस्या विशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या […]
भ्रष्टाचारी नेता अनुकूल कानून बनाउन प्रधानमन्त्रीको लबिङ
काठमाडौं,भदौं,१४- प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको सशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको श्रोतको दाबी छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई […]
दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय
काठमाडौं,भदौं,१४- प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक-दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका […]
क्षेप्यास्त्र प्रहार लगत्तै उत्तर कोरियाको सीमानजिकै ८ ओटा बम खसाईयो
एजेन्सी,भादौ,३०- उत्तर कोरियाले जापानी आकाश हुँदै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले सीमाक्षेत्रमा ८ ओटा बम खसाएको छ । उत्तर कोरियाले मंगलबार बिहान ६ बजे मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको घण्टाभरमै दक्षिणले सो बम खसाएको हो। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले चार ओटा एफ–१५के लडाकु विमानबाट ८ ओटा एमके ८४ बम खसाइएको जनाएको छ […]
सामर्थ्य नेपालद्वारा नेपालगन्जको बागेश्वरी मन्दिरमा सरसफाई
बाँके,भदौ ,१३- सामथ्र्य नेपाल नेपालगन्ज शाखाको आयोजनामा आज वृहत सरसफाई गरीएको छ । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिषरमा आज बृह्त सरसफाई गरीएको हो । यहि भदौ ९ गते नेपालगन्जमा शाखा गठन गरीएपछि शाखाले पहिलो कार्यक्रम अर्न्तगत सो कार्यक्रम गरेको हो । सरसफाई अभियानको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थामामगरले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उपमेयर थापाले […]
फाष्ट ट्रयाकको जिम्मा नेपाली सेनालाई
काठमाडौँ,भदौ,१३- नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ […]
उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढ्छ : घिसिङ
काठमाडौं, भदौ,१३- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनैपनि हालतमा विचलित नहुने स्पस्ट पार्नु भएको छ । राससंग कुरागर्दै उहाँले ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । ऊर्जामन्त्री शाही, […]
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्यो
काठमाडौं, भदौ १३/ उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । आज बिहान उत्तर कोरियाले जापानको जमिन माथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् […]










