निर्वाचन विशेष अपडेट : तीनवटै प्रदेशमा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडौं, असार,१५- दोस्रो चरणअन्तर्गत तीनवटा प्रदेशमा भएको निर्वाचनको हालसम्म जारी मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। प्रदेश नम्बर १, ५ र ७ का ४२ स्थानमध्ये कांग्रेसले १९ स्थानमा अग्रता लिएको छ। पहिलो चरणमा पहिलो बनेको एमाले भने अहिलेको प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा छ। एमालेले १५ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ८ स्थानमा […]

बर्दिया र रोल्पामा मत गणना सुरु

काठमाण्डौ, असार,१५- बर्दिया र रोल्पा जिल्लामा मतगणना सुरु भएको छ। रोल्पाका माडी, त्रिवेणी, रुन्चीगढी गाउँपालिकामा गएरातिदेखि नै मत गणना सुरु भएको हो। त्यसैगरी, बर्दियामा पनि रातिदेखि नै मतगणना सुरु भएको छ। मधुवन, बाँसगढी, गेरुवा र ठाकुरबाबामा मत गणना सुरु भई माओवादी केन्द्रले अग्रता लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बढैयाताल, गुलरिया र राजापुर नगरपालिकामा अहिले […]

५ जिल्लामा चुनाव धाँधली भएको भन्दै एमालेद्वारा पुनःमतदानको माग

काठमाडौं, असार,१४- आज सम्पन्न दोस्रो तहको स्थानीय निर्वाचनमा सत्तारुढ पार्टीहरुद्वारा सत्ताको दुरुपयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। आज साँझ एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा त्यस्ता घटनाको भत्सर्ना गर्दै पुनः मतदान गराउन माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने […]

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न

काठमाडौं, असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर–१, ५ र ७ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।समग्रमा ७०.५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत […]

प्रधानमन्त्री देउवाको सुरक्षाका लागि गएको जिप दुर्घटना, ९ प्रहरी घाइते

कैलाली,असार,१४- प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत् पर्ने कैलालीको फल्टुडेमा आज  दुर्घटनामा परेको छ । से १ ज १५०३ नम्बरको सो जिप सडकमै पल्टिँदा ९ प्रहरी घाइते भएकामा दुईजनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो । प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलधुरामा […]

मतदान स्थलमा काँग्रेस उम्मेदवार

बँके,असार,१४ – नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा पुगी मतदान गर्नुभएको छ । भने उपमेयरका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी उच्च माविमा विहानै ७ बजे नै मतदान गर्नुभएको छ । मेयर र उपमेयरका उम्मेदवारहरुले मतदान गरिसकेपछि नगरका सबै […]

लामो समय पछि मतदान गर्न पाउदा बर्दियाका मतदाताहरु निकै खुशि

डम्मर थापा मगर, बर्दिया,,असार,१४- स्थानिय तहको निर्वाचन देशका बिभिन्न स्थानमा निर्वाचन भएसंगै आज मतदाताहरुले बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ७ मा मतदान गरिरहेका छन् । लामो समयको प्रतिक्षा पछि भएको निर्वाचनमा मतदान गर्न पाउदा मतदाताहरु निकै खुशि देखिएका छन । आफुले आफ्नो ठाउ र आफ्नो प्रदेश को बिकास का लागी सहि उम्मेदवार चुन्न पाउदा र […]

झापामा मतदानका लागि लाइन बसेका ८२ वर्षीय वृद्धको मृत्यु

झापा,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार झापाका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। विहान ७ बजेदेखि नै मतदाताहरु मत हाल्न मतदान केन्द्रमा आएका थिए। झापाको दमकमा मत हाल्न लाइन बसेका ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ। विहान साढे ७ बजे दमक ९ को सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्न लाइनमा बसेका […]

बन्दले पर्साको जनजीवन प्रभावित

वीरगञ्ज,असार,१४- राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध […]

बुटवलमा बम पड्काएर मतदाता तर्साउने काम

बुटवल,असार,१४- बुटवलमा मध्यरातमा बम पड्काइएको छ । अज्ञात समूहले बुटवलका केहि स्थानमा बम पड्काएर मतदाता तर्साउने काम गरेको हो । तर निर्वाचनका बेला छिटफुट यस्ता घटना घट्न सक्ने भन्दै रुपन्देही प्रहरीले भने थप सुरक्षा सतर्कता अपनाएको छ । खास क्षति नभएपनि आज असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले बम आतंक सिर्जना गरिएको […]