डडेल्धुरा,असार,१५- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। यस वडाको वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन्। उनले ९१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे। यस वडामा दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुला सदस्यमा हरिसिंह देउवा […]
समाचार
देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईयो
रोशन घर्ती, दाङ,असार,१५- मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात असार १५ गतेका दिन आज दाङ सहित देशभर १४ औं राष्ट्रिय धान दिवस मनाईएको छ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ । विक्रम संम्वत २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा […]
सोलुखुम्बुको लिखुपिके-२ मा माओवादी विजयी
सोलुखुम्बु,असार १५- सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका रमेशकुमार बस्नेत प्यानलसहित विजयी भएका हुन्।
दाङमा ६ स्थानीय तह मध्य चार तहमा माओवादी केन्द्रको अग्रता
रोशन घर्ती, दाङ,असार,१५- दाङमा मतगणना भैरहेका ६ स्थानीय तह मध्य चार तहमा माओवादी केन्द्रले अग्रता लिएको छ । शान्तिनगर,गढवा,राप्ती र राजपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने बंगलाचुली गाउँपालिकामा भने कांग्रेसले विजय हासिल गरेको छ । यस्तै दंगिशरण गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएका छन् । शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा २ सय ३८ र […]
स्थानीय तह निर्वाचन दोस्रो तहको मतगणना अपडेट
काठमाण्डौ,असार,१५- रोल्पाको माडी गाउँपालिका वडानम्बर १ मा माओवादी अध्यक्षका उम्मेदवार आमबहादुर घर्ती नेतृत्वको प्यानल विजयी भएको छ । यस्तै प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा एमालेका कुलबहादुर रोकाको प्यानल बिजयी भएको हो । रोकाको ४९३ मत, निकटतम प्रतिद्वन्द्वी माओवादीको ३०३ मत रहेको थियो । यसैविच नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार […]
दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी
रोशन घर्ति दाङ,असार,१५- दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा पदम बहादुर खत्री ३५४ मतका सहीत विजयी भएका हुन । त्यस्तै दलित महिला पिमा कामी र खुल्ला महिला सदस्य मादिका कुवर विजयी भएका छन । सदस्य सदस्यहरु देवा पौडेल,चन्द्र बहादुर घर्ति विजयी भएका छन ।
दाङको दंगीशरण गाउँपालिका १ मा एमालेको प्यानल नै विजयी
दाङ,असार,१५- दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् । विजयी चौधरीले ३ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक […]
एक साताभित्र मतगणना मतगणना गर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौं,असार,१५- निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई एक साताभित्र मतगणना सक्ने गरी मतगणकको समूह बनाउन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणमा भएको ढिलाइबाट पाठ सिकेर सुरुमै मतगणकहरूको समूह धेरै बनाउन निर्देशन दिइएको हो । ‘मतपत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या धेरै राख्नेदेखि अन्य सुरक्षाका विधि अपनाउन निर्वाचन अधिकृतलाई भनिसकिएको छ,’ प्रवक्ता शर्माले […]
डडेलधुराको अजयमेरु-६ मा माओवादी विजयी
काठमाडौँ,असार,१५- डडेलधुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी उम्मेदवार दानबहादुर खड्काले ४ ८० मतसहित निर्वाचित हुनु भएको हो ।
बझाङका दुई मतदान केन्द्रमा भोलि निर्वाचन
बझाङ, असार,१५- नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रबार (भोलि) मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदानको कार्यक्रम तय गरेको हो । जयपृथ्वी नगरपालिका वडा […]










