१०३ बर्षिय वृद्धद्धारा भोट खस्यो

अछाम,असार,१४- अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ मा एकसय ३ वर्षिया वृद्धाले भोट खसाल्नु भएको छ । कोकिला आधारभूत विद्यालय, चिउरी केन्द्रमा आज बिहान पहिलो भोट एकसय ३ वर्षिया पल्चुकुमारी शाहीले आफन्तको सहयोगमा भोट खसाल्नु भएको उहाँका भतिजा हिक्मत शाहीले जानकारी दिनुभएको छ ।

बिराटनगरका मतदान केन्द्रमा पूर्वमन्त्रीको भीड, कुन नेता कहाँ

बिराटनगर,असार,१४- मोरङलाई नेतै नेताहरुको जिल्लाभन्दा पनि फरक पर्दैन । आज बिराटनगर महानगरपालिका र मोरङ जिल्लाका अन्य स्थानीय तहका मतदान केन्द्रमा हेर्दा मोरङलाई बढी जनघनत्व भएको जिल्लामात्रै होइन, धेरै नेता भएको जिल्ला भने पनि हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट मोरङमा ८२९ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित मोरङमा १७ […]

अपडेट: प्युठानमा एमाले र जनमोर्चाको झडपका कारण मतदानमा ढिलाइ

काठमाडौं,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर १, ५ र ७ मा मतदान सुरु भएको छ। विहान ७ बजेदेखि धेरैजसो मतदान केन्द्रमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाको जनता प्रावि मतदान केन्द्रमा भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएपछि मतदान सुरु हुन सकेको छैन। दुई पक्षबीच […]

पुर्बी रुकुममा सुरक्षा योजना भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन

मेगराज खड्का रुकुम,असार,१४- प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ स्थानीय तहमा पहिलो चरणमा सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने रुकुमका ३ वटा स्थानीय तहमा दोस्रो चरणको निर्बाचन भोली असार १४ गते हुदैन । निर्बाचनका लागि सम्पुर्ण कर्मचारीहरु मतदान स्थलमा पुगिसकेको जिल्ला निर्बाचन कार्यालय रुकुमले जानकारी दिएको छ । सदरमुकाम खलंगा भन्दा दुर्गम क्षेत्रमा […]

चुनावमा एक लाख ६४ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं,असार,१४- दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । निर्वाचन स्वतन्त्र र […]

५ पटक चुनाव वहिष्कार गरेका थवाङी आज मताधिकार प्रयोग गर्दै

रोल्पा,असार, १४- सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् ।इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।

आज तिन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै

काठमाडौं, असार,१४– स्थानीय तहको दोस्रो चरणको निर्वाचन आज तीनओटा प्रदेशमा हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा आज निर्वाचन हुन लागेको हो ।  तीमध्ये १ महानगरपालिका, ७ उपमहानगपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा परी कुल २८७४ वडा समावेश छन् ।निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ […]

भोलि हुने निर्वाचनको सुरक्षाबारे आयोगमा उच्च तहको बैठक

काठमाडौं,असार,१३- भोलि हुने निर्वाचनको सुरक्षा अवस्थाबारे निर्वाचन आयोगमा उच्च सुरक्षा अधिकारीहरुको बैठक बसेको छ ।भोलि तीन वटा प्रदेशमा एक साथ निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाबारे सतर्कता अपनाउनको लागि निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, गृहसचिव, रक्षा सचिव, नेपाली प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख र राष्ट्रिय अनुशन्धान आयोगका प्रमुखहरुको बैठक […]

नेपाली काँग्रेसका उम्मेदवारहरुले विहानै मतदान गर्ने

बाँके,असार,१३- भोली हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा मतदान गर्नुहुने भएको छ । भोली विहान ७ बजे आफ्नो मतदान केन्द्रमा मतदान गर्ने नेपाली काँग्रेसले जनाएको छ । त्यस्तै उपमेयर पदका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी […]

दाङमा उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला प¥यो

दाङ,असार,१३- निर्वाचनको अघिल्लो दिन दाङका उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला परेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ । यसैगरि तुलसीपुर कै विपि चोक र अरनिको मैदानमा पनि बम भेटिएको प्रहरीले जनाएको छ । अरनिको मैदानमा वुधवार हुने निर्वाचनको लागि मतदान स्थल निर्धारण गरिएको छ […]